Badapatra Online

बडापत्र न्युज

बडापत्र न्युज

253 Posts
तिनपाटनको लाम्पानटारमा आँखा उपचार केन्द्र स्थापना

तिनपाटनको लाम्पानटारमा आँखा उपचार केन्द्र स्थापना

सिन्धुली । सिन्धुलीको तिनपाटन गाउँपालिकामा ग्रामिण आँखा उपचार केन्द्रको स्थापना गरिएको छ । तिलगंगा आँखा अस्पताल, भिजन हिमालयन फाउण्डेशन नेपालसंगको सहकार्यमा गाउँपालिकाले प्राथमिक स्वास्थ्य केन्द्र लाम्पानटारमा आँखा उपचार केन्द्र स्थापना गरेको हो । उक्त केन्द्रको गाउँपालिकाका अध्यक्ष कर्ण थापामगरले एक कार्यक्रमका विच उद्घाटन गर्नुभएको हो । आँखा उपचार केन्द्रको स्थापना संगै तिलगंगा आँखा अस्पताल, भिजन हिमालयन फाउण्डेशन नेपालले आँखा उपचारका लागि आवश्यक पर्ने, उपकरण, औषधी, चस्मा लगायतका सामाग्री सहयोग गरेका छन् । आगामी तिन वर्षसम्म आँखा उपचारका लागि तिलगंगा आँखा अस्पताल, भिजन हिमालयन फाउण्डेशन नेपाल सहयोग गर्ने छन भने त्यसका लागि आवश्यक पर्ने दक्ष प्राविधिक तथा औषधी र उपकरणमा समेत…
Read More
ऊर्जामन्त्री खड्काले बनाएको टीओडी जाँच गर्ने समितिले काम गर्न नपाउने

ऊर्जामन्त्री खड्काले बनाएको टीओडी जाँच गर्ने समितिले काम गर्न नपाउने

काठमाडौं । सर्वोच्च अदालतले ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले डेडिकेटेड फिडर तथा ट्रंकलाइन विवादमा टाइम्स अफ डे मिटरिङ (टीओडी) अध्ययनका लागि गठित समितिलाई काम कारवाही अघि नबढाउन अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश शारंगा सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले तत्काल काम कारवाही अघि नबढाउन समितिलाई अन्तरिम आदेश जारी गरेको हो। सर्वोच्चले अन्तरिम आदेश जारी गरेसँगै समितिले कामकारवाही अघि बढाउन नपाउने भएको हो। अधिवक्ता खडानन्द कँडेलले गत मंसिर १३ गते ऊर्जामन्त्रीले कानुन विपरीत गएर समिति बनाएको भन्दै खारेजीको माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए। उक्त रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले अर्को आदेश नभएसम्म काम अघि नबढाउन समितिलाई भनेको हो। सरकारले…
Read More
सगरमाथा संवाद कार्यक्रममा विदेशी पाहुनासहित ३५० जना सहभागी हुने

सगरमाथा संवाद कार्यक्रममा विदेशी पाहुनासहित ३५० जना सहभागी हुने

काठमाडौं : सरकारले आयोजना गर्ने सगरमाथा संवादमा विदेशी पाहुनासहित कम्तीमा ३५० जना सहभागी हुने भएका छन्। प्रधानमन्त्री कार्यालयले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा उक्त जानकारी गराइएको हो। परराष्ट्रसचिव अमृतबहादुर राईले विभिन्न देशका विदेशमन्त्रीसहित विशेषज्ञहरूलाई निमन्त्रणा दिइएको बताए। उनका अनुसार १५० देखि १७५ जनासम्म विदेशी पाहुना सगरमाथा संवाद कार्यक्रममा सहभागी हुनेछन्। कार्यक्रममा हामीले विभिन्न देशका परराष्ट्रमन्त्री , वनमन्त्री, जलवायु परिवर्तन विज्ञ र विशेषज्ञहरूलाई निम्ता गरेका छौं। १५० देखि १७५ जना विदेशी पाहुना हुनेछन्, उनले भने। उनले नेपालको क्षमताअनुसार विदेशी पाहुनाहरू सहभागी हुने बताए। तयारी गरिरहेका छौं। सबै कुरा अहिल्यै तय भइसकेको छैन, उनले भने। त्यस्तै मुख्यसचिव एकनारायण अर्यालले सगरमाथा संवादलाई जनताको…
Read More
गोलन्जोरमा उपाध्यक्ष कप भलिबल प्रतियोगिता सुरु

गोलन्जोरमा उपाध्यक्ष कप भलिबल प्रतियोगिता सुरु

सिन्धुली  । सिन्धुलीको गोलन्जोर गाउँपालिकामा उपाध्यक्ष कप भलिबल प्रतियोगिता आइतबारबाट सुरु भएको छ । गोलन्जोर गाउँपालिका ३ ग्वाल्टार स्थित बन्दीजोर खेलमैदानमा भएको प्रतियोगिता गाउँपालिकाका अध्यक्ष शंकरराज बराल र उपाध्यक्ष ज्वाला प्रसाद न्यौपाने (पुकार) ले संयुक्तरुपमा उद्घाटन गर्नुभएको हो । गोलन्जोर खेलकुद विकास समितिको आयोजनामा तिन दिनसम्म संचालन हुने प्रतियोगितामा गाउँपालिकाका सातवटै वडाका नौं वटा समुहको सहभागिता रहेको छ । प्रतियोगिताको उद्घाटन खेलमा वडा नम्बर चार र वडा नम्बर पाँच विच भएको थियो । उक्त प्रतियोगितामा वडा नम्बर चार विजयी हुँदा वडा नम्बर पाँच नकआउट भएको छ । दोस्रो खेल वडा नम्बर १ र वडा नम्बर तिन विच हुँदा वडा नम्बर…
Read More
सिन्धुलीमा चैत्र २८ गतेदेखी ‘राष्ट्रिय कला महोत्सव’ आयोजना गरिँदै

सिन्धुलीमा चैत्र २८ गतेदेखी ‘राष्ट्रिय कला महोत्सव’ आयोजना गरिँदै

सिन्धुली  । मौलिक कला तथा संस्कृतिको संरक्षण गर्दै आएको सिन्धुली कलाघरले जिल्लामा पहिलो पटक ‘राष्ट्रिय कला महोत्सव’ आयोजना गर्ने भएको छ । सिन्धुलीको कमलामाई नगरपालिका ३ चपौलीमा यही चैत्र २८ गतेदेखि २०८२ बैशाख ३ गतेसम्म महोत्सवको आयोजना गरिने भएको हो । नायँ वर्षको सन्दर्भ पारेर ‘नमुना कला संग्रहालय सिन्धुली कलाघर घुम्न जाऔँ, नेपाली मौलिक कला संस्कृतिमा रमाऔं’ भन्ने मुल नाराका साथ राष्ट्रिय कला महोत्सब संचालन गर्न लागिएको कलाघर सिन्धुलीका अध्यक्ष सुमन थापा मगरले पत्रकार सम्मेलनमार्फत जानकारी दिएका हुन् । ‘कला घर निर्माणको महाअभियानलाई विश्वमाझ पु¥याउने र हातेमालो गर्ने उद्देश्यले पाँचदिनसम्म महोत्सवको आयोजना गर्न लागिएको हो,’ उनले भने । महोत्सवमा विभिन्न…
Read More
९ महिनादेखि अन्तरिक्षमा फसेका सुनिता र बुचलाई फिर्ता ल्याउने कार्य रोकियो

९ महिनादेखि अन्तरिक्षमा फसेका सुनिता र बुचलाई फिर्ता ल्याउने कार्य रोकियो

वासिङटन डिसी । अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आइएसएस) बाट अन्तरिक्ष यात्री सुनिता विलियम्स र ब्यारी बुच विल्मोरफिर्ता स्थगित गरिएको छ। उनीहरूलाई लिन जाने मिसन क्रू(१० नासाले स्थगित गरेको छ। यो मिसन हिजो अर्थात् मार्च १२ मा स्पेसएक्सको रकेट फाल्कन ९ बाट प्रक्षेपण गरिने योजना थियो। रकेटको ग्राउन्ड सपोर्ट क्ल्याम्प आर्ममा हाइड्रोलिक प्रणालीमा विफलताका कारण मिसन स्थगित गरिएको हो। बुच विल्मोर र सुनिता विलियम्स विगत नौ महिनादेखि अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा अलपत्र परेका छन्। उनीहरु जुन २०२४ मा त्यहाँ पुगेका थिए। उनीहरु आठ दिनपछि फर्कने योजना थियो। यी दुवै अन्तरिक्ष यात्री बोइङको स्टारलाइनर अन्तरिक्ष यान मार्फत आइएसएस पुगेका थिए। यो अन्तरिक्ष यान सेप्टेम्बरमा…
Read More
गाउँपालिका अध्यक्षलाई एक वर्ष कैद र दुई लाख जरिवाना

गाउँपालिका अध्यक्षलाई एक वर्ष कैद र दुई लाख जरिवाना

परासी : लागुऔषधमा कसूर ठहर भएका नवलपरासी पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष बैजुप्रसाद गुप्ता ९दीपक० लाई एक वर्ष कैद र दुई लाख जरिवाना भएको छ। जिल्ला अदालत नवलपरासीका न्यायाधीश केशवप्रसाद अधिकारीको इजलासले गत साता गुप्तालाई लागुऔषधमा कसूरदार ठहर गरेको थियो। कसूर ठहरपछि बिहीबार भएको सजाय निर्धारण फैसलामा गुप्तालाई उक्त सजायको फैसला भएको हो। उक्त सजायबाहेक गुप्तालाई ‘क्षतिपूर्ति शुल्क पीडित राहत कोष’ मा आठ हजार जरिवाना दाखिला गर्नुपर्ने पनि फैसलामा भएको अदालतका शाखा अधिकृत यामप्रसाद रेग्मीले बताए। अध्यक्ष गुप्तासँगै लागुऔषधमा कसूरदार ठहर भएका रघुनाथ प्रसाद धोबीलाई दुई वर्ष कैद र चार लाख जरिवानाको फैसला भएको छ। लागुऔषध अभियोगमा २ वर्षदेखि १० वर्षसम्म कैद…
Read More
सिन्धुली उद्योग बाणिज्य संघको अध्यक्षमा श्रेष्ठ निर्वाचित

सिन्धुली उद्योग बाणिज्य संघको अध्यक्षमा श्रेष्ठ निर्वाचित

सिन्धुली । सिन्धुली उद्योग वाणिज्य संघ सिन्धुलीको अध्यक्षमा पुनः अर्जुन कुमार श्रेष्ठ निर्वाचित हुनुभएको छ । फागुन २७ गते सम्पन्न निर्वाचनबाट श्रेष्ठ ५ सय ९७ मत सहित पुनः अध्यक्षमा निर्वाचित हुन भएको हो । श्रेष्ठ अध्यक्षका प्रतिस्पर्धी स्वतन्त्र उमेदवार राजकुमार श्रेष्ठलाई २ सय ९ मतले पछि पार्दै विजयी हुनुभएको हो । । राजकुमारले ३ सय ८८ मत प्राप्त गर्नुभएको थियो । संघको १३ पदका लागि भएको मतदानबाट बरिष्ठ उपाध्यक्षमा देवनारायण श्रेष्ठ निर्वाचित हुनुभएको छ । श्रेष्ठ गठबन्धनका साझा उमेदवार विरवल चौधरीलाई ४५ मतको अन्तरले पराजित गर्दै वरिष्ठ उपाध्यक्षमा निर्वाचित हुनुभएको हो । यस्तै महासचिवमा गठबन्धनका साझा उमेदवार बासु भेटुवाल निर्वाचित…
Read More
दुई समूहबीच झगडा हुँदा खुकुरी प्रहारबाट एक युवकको मृत्यु

दुई समूहबीच झगडा हुँदा खुकुरी प्रहारबाट एक युवकको मृत्यु

कालीकोट : कालीकोटको खाँडाचक्र नगरपालिका(१० चौकीमा एक किशोरको हत्या भएको छ। बुधबार राति हस्तबहादुर मल्लको नयाँ घरको पूजा भइरहेको ठाउँमा रमाइलो हेर्न आएका युवाहरूबीच झगडा हुँदा तिलागुफा नगरपालिका–७ छाप्रेका १७ वर्षीय राजेश शाहीको मृत्यु भएको हो। दुई समूहबीच झगडा हुँदा १६ वर्षीय भूपेन्द्र शाही घाइते भएका छन्। झगडामा भएको खुकुरी प्रहारबाट शाहीको मृत्यु भएको हो। सदरमुकाम मान्मबाट ३५ किमी टाढा चौकी गाउँमा आज बिहान जिल्ला प्रहरी प्रमुख डिएसपी टेकबहादुर रावत सहितको टोली घटनास्थलमा पुगेर घटनामा संलग्न पाँच जनालाई नियन्त्रणमा लिएको छ। मृतकको शव पोस्टमर्टमका लागि सदरमुकाम ल्याइएको जिल्ला प्रहरीका सूचना अधिकारी कृष्ण केसीले बताए। ‘घटनामा संलग्नलाई पक्राउ गरेका छौं,’ उनले…
Read More
जनसाँस्कृतिक महासंघ गोलन्जोरको प्रथम भेला सम्पन्न

जनसाँस्कृतिक महासंघ गोलन्जोरको प्रथम भेला सम्पन्न

सिन्धुली । सिन्धुलीको गोलन्जोर गाउँपालिका १ सुलिथुम्का स्थीत विन्दबासीनी मन्दिरमा जनसाँस्कृतिक महासंघ गोलन्जोरको प्रथम भेला तथा बृहत्त साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । जनसाँस्कृतिक महासंघ सिन्धुलीका अध्यक्ष रादिप सुनुवारको अध्यक्षता तथा बागमती प्रदेश सभा सदस्य शुष्पा भुजेलको प्रमुख आतिथ्यतामा भएको भेलाले गणेश सुनुवारको अध्यक्षतामा १३ सदस्य महासंघको गोलन्जोर गाउँ कमिटि गठन गरिएको छ । लोकदोहोरीका चर्चीत कलाकारहरुको सांगितिक प्रस्तुती सहित आयोजना गरिएको कार्यक्रममा गोलन्जोर गाउँपालिकाका अध्यक्ष शंकरराज बराल, उपाध्यक्ष ज्वाला प्रसाद न्यौपाने (पुकार), जनसाँस्कृतिक महासंघ बागमती प्रदेश समितिका सचिव काजीमान थिङको विशेष आतिथ्यता रहेको थियो । भेलामा प्रमुख अतिथि बागमती प्रदेश सभा सदस्य शुष्पा भुजेल, गोलन्जोर गाउँपालिकाका अध्यक्ष शंकरराज बराल,…
Read More