Badapatra Online

प्रतक्ष निर्वाचित कार्यकारीको बहस सहित संविधान संशोधन : गौतम

Advertisement

सिन्धुली : नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले नेकपा माओवादी केन्द्र समेतको सहमतिमा संविधान संशोधन हुने बताएका छन् ।
बिहिबार प्रेस चौतारी नेपाल सिन्धुलीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै गौतमले नेकपा माओवादी केन्द्र सहितको राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन हुने बताएका हुन् ।
उनले भने, ‘संविधान संशोधनको विषय एमाले वा कांग्रेसको मात्र चाहेर सम्भावना छैन । यसका लागि सबैको साझा धारणा चाहिन्छ । नेकपा माओवादी केन्द्रले उठाएको प्रतक्ष निर्वाचित कार्यकारीको विषयमा समेत बहस गरेर साझा धारणा बनाएर सबैको साझा सहमतिका आधारमा संविधान संशोधन गरिन्छ ।’
पछिल्लो समय नेकपा माओवादीले संविधान संशोधन गर्दा समावेशी समानुपातीक सहभागिता सहित प्रतक्ष निर्वाचित कार्यकारीको एजेण्डालाई अघि सार्दै आएको छ ।
नेकपा एमालेको दुधौलीमा आजदेखि हुने चौथो जिल्ला कमिटीको बैठकलाई संबोधन गर्न सिन्धुली आइपुगेका गौतमले संविधान संशोधनको बहस चलेपछि गठबन्धन सरकारको दुबै सदनमा बहुमत पुगेपछिमात्र प्रकृया अघि बढ्ने समेत स्पष्ट पारे ।
‘संविधान संसोधनमा दुबै सदनमा बहुमत चाहिन्छ त्यसका लागि केही समय कुर्नुको विकल्प छैन् । राष्ट्रिय सभामा हाम्रो बहुमत पुगेपछि संविधान संशोधन हुन्छ,’ उनले भने
उनले अहिलेको निर्वाचन प्रणालीमा कुनै पनि दलले स्पष्ट बहुमत ल्याउन नसक्ने भन्दै स्थायी सरकार निर्माणका लागि पनि संविधान संशोधनमार्फत यो निर्वाचन प्रणालीलाई सुधार ल्याउनु पर्ने आवश्यकता औल्याए ।
संकटको अवस्थामा पुगेको अर्थतन्त्रलाई लयमा ल्याउने, सुशासन, डेलिभरी, रोजगारी र अवसरको न्यायोचित वितरणमा स्थायी सरकारको रुपमा बर्तमान गठबन्धनको सरकार लागि परेकाले यो गठबन्धन आगामी २०८४ सालको निर्वाचनसम्मै टिक्ने गौतमको दावी छ ।
‘एमाले र कांग्रेस मिलेर बनेको सरकारले देशको अर्थतन्त्रलाई लयमा फर्काउने काम गरिरहेको छ । समयमा अर्थतन्त्रलाई लयमा फर्काउन नसकेको भए देशमा ठूलो विपद आउन सक्थ्योे, त्यसैले देशका दुई ठूला राजनीतिक दलहरु एकजुट भयौं । यो गठबन्धन आगामी निर्वाचनसम्म नै कायम रहन्छ,’ उनले थपे ।
पछिल्लो समय राष्ट्रिय रुपमा चासोका साथ हेरीएको रवी लामिछानेको मुद्दामा नागरिक र केहि मिडियाहरुविच अन्याय र न्यायको बहस चलिरहेको भन्दै त्यसले मुलुकमा अस्थिरता र अराजकता निम्त्याएको उनको तर्क छ । उनले लामीछानेमाथीको मुद्धमा प्रहरी र अदालतले अनुसन्धान गरिरहेकाले अनुसन्धानलाई प्रभावित गर्ने गतिविधि नगर्न आग्रह समेत गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सिन्धुलीमा ५३ दशमलव ५८ प्रतिशत मतदान, मतपेटीका संकलन हुँदै, शुक्रबारबाट मात्रै मतगणना

सिन्धुलीमा ५३ दशमलव ५८ प्रतिशत मतदान, मतपेटीका संकलन हुँदै, शुक्रबारबाट मात्रै मतगणना

सिन्धुली । बिहिबार सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा सिन्धुलीको दुबै क्षेत्रमा गरि जम्मा ५३ दशमलव ५८ प्रतिशत मत खसेको छ । कुल २ ला...
सिन्धुलीमा निर्वाचन अवधिभरि मदिरा बिक्री वितरणमा रोक

सिन्धुलीमा निर्वाचन अवधिभरि मदिरा बिक्री वितरणमा रोक

सिन्धुली  । सिन्धुलीमा निर्वाचन अवधिभरि मदिरा बिक्री वितरण एवं सेवनमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय सिन्धुलीले बिहिबार ...
सिन्धुलीको मरिणमा शुक्रबार सार्वजनिक विदा (सूचना सहित)

सिन्धुलीको मरिणमा शुक्रबार सार्वजनिक विदा (सूचना सहित)

सिन्धुली । फागुन १५ गते शुक्रबार सिन्धुलीको मरिण गाउँपालिकाले सार्वजनिक विदा दिने निर्णय गरेको छ । गाउँपालिकाको निर्णय अनुसार राष...
सिन्धुलीको गोलन्जोरमा सुमोले ठक्करदिँदा बालकको मृत्यु, मध्यपहाडी लोकमार्ग अवरुद्ध

सिन्धुलीको गोलन्जोरमा सुमोले ठक्करदिँदा बालकको मृत्यु, मध्यपहाडी लोकमार्ग अवरुद्ध

सिन्धुली । मध्यपहाडी लोकमार्गको खुर्कोट–घुर्मी खण्ड अन्तरगत सिन्धुलीको गोलन्जोर गाउँपालिका ३ लामसोती सुमोले ठक्कर दिँदा एक जना बाल...