Badapatra Online

महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई आधारभुत आँखा स्वास्थ्य तालिम सम्पन्न

Advertisement

सिन्धुली । सिन्धुलीको गोलन्जोर गाउँपालिकामा बिहिबारबाट सुरु भएको  दुई दिने आधारभुत आँखा स्वास्थ्य तालिम शुक्रबार सम्पन्न भएको छ ।
समुदायमा अन्धोपन निवारणका लागि सहयोग पुगोस भन्ने उद्देश्यले सिन्धुलीको गोलन्जोर गाउँपालिका महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई दुई दिने आधारभुत आँखा स्वास्थ्य तालिम सम्पन्न भएको हो ।
गाउँपालिकामा कार्यरत २१ जना महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई आफु र नागरिकहरुमा आँखामा आउने समस्याबाट बच्न र बचाउँनका लागि आधारभुत आँखा स्वास्थ्य तालिम प्रदान गरिएको हो ।
गाउँपालिकाले सुनकोशी अस्पातल, भिजन फर द वल्ड, द दिदी फाउण्डेशन र सुनकोशी सामुदायिक अस्पताल खुर्कोटसंगको सहकार्यमा महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई उक्त तालिमको आयोजना गरिएको हो ।
तालिममा सहभागि महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई प्रमाण पत्र प्रदान गर्दै तालिमको समापन गरिएको नेपाल रेडक्रस सोसाइटी ग्वालटार उपशाखा सभापति गौरव कार्कीले जानकारी दिनुभयो ।
शुक्रबार गोलन्जोर गाउँपालिकाका उपाध्यक्ष ज्वाला प्रसाद न्यौपाने (पुकार)को प्रमुख आतिथ्यातमा उद्घाटन गरिएको तालिमको शुक्रबार सुनकोसी सामुदायिक अस्पताल खुर्कोटका उपाध्यक्ष नावराज श्रेष्ठको प्रमुख आतिथ्यातमा एक कार्यक्रमका विच समापन गरिएको हो ।
तालिममा आँखा रोग विशेषज्ञ डाक्टरहरु सरोज शाह र डाक्टर त्रिसला चौधरी, बरिष्ठ सामुदायिक आँखा स्वास्थ्य विज्ञ द्धवय विमल पौडेल र राम केसी लगायतले सहजिकरण गर्नुभएको थियो ।
तालिममा गाउँपालिकाका ७ वटा वडाका ३÷३ जना महिला स्वास्थ्य स्वयंसेविकाहरुको सहभागिता थियो ।
तालिममा द दिदी पाउण्डेशनका दिपक आछामी, भिजन फर द वल्डका शिशिर केसी, सामुदायिक अस्पताल ब्यबस्थापक बुद्धिराज श्रेष्ठ, नेपाल रेडक्रस सोसाइटी ग्वालटार उपशाखा सभापति गौरव कार्की लगायतको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

तिनपाटनको लाम्पानटारमा आँखा उपचार केन्द्र स्थापना

तिनपाटनको लाम्पानटारमा आँखा उपचार केन्द्र स्थापना

सिन्धुली । सिन्धुलीको तिनपाटन गाउँपालिकामा ग्रामिण आँखा उपचार केन्द्रको स्थापना गरिएको छ । तिलगंगा आँखा अस्पताल, भिजन हिमालयन फाउ...
ऊर्जामन्त्री खड्काले बनाएको टीओडी जाँच गर्ने समितिले काम गर्न नपाउने

ऊर्जामन्त्री खड्काले बनाएको टीओडी जाँच गर्ने समितिले काम गर्न नपाउने

काठमाडौं । सर्वोच्च अदालतले ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले डेडिकेटेड फिडर तथा ट्रंकलाइन विवादमा टाइम्स अफ डे मिटरिङ...
सगरमाथा संवाद कार्यक्रममा विदेशी पाहुनासहित ३५० जना सहभागी हुने

सगरमाथा संवाद कार्यक्रममा विदेशी पाहुनासहित ३५० जना सहभागी हुने

काठमाडौं : सरकारले आयोजना गर्ने सगरमाथा संवादमा विदेशी पाहुनासहित कम्तीमा ३५० जना सहभागी हुने भएका छन्। प्रधानमन्त्री कार्यालयले आ...
गोलन्जोरमा उपाध्यक्ष कप भलिबल प्रतियोगिता सुरु

गोलन्जोरमा उपाध्यक्ष कप भलिबल प्रतियोगिता सुरु

सिन्धुली  । सिन्धुलीको गोलन्जोर गाउँपालिकामा उपाध्यक्ष कप भलिबल प्रतियोगिता आइतबारबाट सुरु भएको छ । गोलन्जोर गाउँपालिका ३ ग्वाल्ट...