Badapatra Online

अमेरिकामा फेरि विमान दुर्घटना

Advertisement

घर र सवारी साधनमा आगलागी, उडेको ३० सेकेन्डमै आवासीय क्षेत्रमा खसेको हो

एजेन्सी÷वासिङटन डिसी : अमेरिकाको पेन्सिलभेनिया राज्यको फिलाडेल्फियामा शनिबार बिहान विमान दुर्घटनाग्रस्त भएको छ। समाचार एजेन्सी एपीका अनुसार फिलाडेल्फियाबाट मिसौरी जाँदै गरेको विमानमा ६ जना सवार थिए। यसमा दुई डाक्टर, दुई पाइलट, एक बिरामी र एक परिवारका सदस्य रहेको जनाइएको छ। दुर्घटनामा सबैको मृत्यु भएको आशंका गरिएको छ।

अमेरिकाको संघीय उड्डयन प्रशासन (एफएए) का अनुसार लियरजेट ५५ नामको विमानले स्थानीय समय अनुसार साँझ ६स्३) बजे उत्तरपूर्वी फिलाडेल्फिया विमानस्थलबाट उडान भरेको थियो। त्यसको ३० सेकेन्ड पछि ६.४ किलोमिटर (४ माइल) टाढा दुर्घटनाग्रस्त भयो।

एएफपीले स्थानीय सञ्चारमाध्यमलाई उद्धृत गर्दै विमान आवासीय क्षेत्रका घरहरूमाथि खसेको र त्यस क्षेत्रका धेरै भवनहरूमा आगो लागेको जनाएको छ। हाल उद्धार टोलीले आगो नियन्त्रणमा लिएको छ।

 

विमान दुर्घटनाका कारण जमिनमा रहेका मानिसहरू पनि घाइते भएको बीबीसी समाचारमा उल्लेख छ। विमान दुर्घटनाको कारण अझै स्पष्ट भएको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

तिनपाटनको लाम्पानटारमा आँखा उपचार केन्द्र स्थापना

तिनपाटनको लाम्पानटारमा आँखा उपचार केन्द्र स्थापना

सिन्धुली । सिन्धुलीको तिनपाटन गाउँपालिकामा ग्रामिण आँखा उपचार केन्द्रको स्थापना गरिएको छ । तिलगंगा आँखा अस्पताल, भिजन हिमालयन फाउ...
ऊर्जामन्त्री खड्काले बनाएको टीओडी जाँच गर्ने समितिले काम गर्न नपाउने

ऊर्जामन्त्री खड्काले बनाएको टीओडी जाँच गर्ने समितिले काम गर्न नपाउने

काठमाडौं । सर्वोच्च अदालतले ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले डेडिकेटेड फिडर तथा ट्रंकलाइन विवादमा टाइम्स अफ डे मिटरिङ...
सगरमाथा संवाद कार्यक्रममा विदेशी पाहुनासहित ३५० जना सहभागी हुने

सगरमाथा संवाद कार्यक्रममा विदेशी पाहुनासहित ३५० जना सहभागी हुने

काठमाडौं : सरकारले आयोजना गर्ने सगरमाथा संवादमा विदेशी पाहुनासहित कम्तीमा ३५० जना सहभागी हुने भएका छन्। प्रधानमन्त्री कार्यालयले आ...
गोलन्जोरमा उपाध्यक्ष कप भलिबल प्रतियोगिता सुरु

गोलन्जोरमा उपाध्यक्ष कप भलिबल प्रतियोगिता सुरु

सिन्धुली  । सिन्धुलीको गोलन्जोर गाउँपालिकामा उपाध्यक्ष कप भलिबल प्रतियोगिता आइतबारबाट सुरु भएको छ । गोलन्जोर गाउँपालिका ३ ग्वाल्ट...