Badapatra Online

श्रमिकको हक हितका लागि सामूहिक सत्याग्रह

Advertisement

श्रम गरेर खाने वर्गले भोगेका समस्या उजागर गर्दै राजधानीमा सामूहिक सत्याग्रह थालिएको छ । स्वदेशमै श्रम गरेर खान पाउने वातावरण बनाउनुपर्ने मागसहित विभिन्न क्षेत्रका प्रतिनिधि तथा श्रमिकहरुले सातौं दिन आज पनि भोक हड्ताललाई निरन्तरता दिएका छन् ।

सरकारलाई दबाब दिनका लागि राष्ट्रिय संयुक्त संघर्ष समिति गठन गरेर गत वैशाख २४ गतेदेखि कलँकीको रुद्रबजारमा शुरु गरिएको सत्याग्रहको नेतृत्व गुल्मीका पूर्वसांसद एवं नेकपा माओवादीको युवा संगठन वाईसियलका पूर्वउपत्यका ईञ्चार्ज चन्द्रबहादुर थापा ‘सागर’ ले गरेका छन् ।

हड्तालमा बिन्दु थापा केसी,द्रोण सुवेदी, सुवास श्रेष्ठ,हिमलाल पौडेल, इन्द्रबहादुर आलेमगर, प्रल्हाद पोखरेल, शेरबहादुर साउद र पार्वती पुलामी छन् । ‘स्वेदशमै काम गरेर खान दे,उद्योगी व्यवसायी तथा आम नागरिकलाई बाँच्न दे’ भन्ने मूल नारासहित आन्दोलनरत उनीहरुले माग सम्बोधन नभएसम्म भोक हड्ताल जारी राख्ने बताएका छन् ।

उनीहरुले स्वदेशमै रोजगारीको ग्यारेन्टी हुनुपर्ने, बढ्दो मँहगी नियन्त्रण हुनुपर्ने, विगतमा बन्द गरिएको सम्पूर्ण उद्योग तथा कलकारखानाहरु अविलम्ब सञ्चालन गर्नुपर्ने, स्थानीय तहमा नयाँ उद्योग, रोजगार एवं सीपमूलक कृषि उद्यमहरु स्थापना गर्नुपर्ने, राज्यले तोकेको मापदण्डभित्र रहेर नेपाली नागरिकले मुलुकभित्र गरेको कुनै पनि क्षेत्रको लगानीलाई राष्ट्रिय पूँजीको रुपमा घोषणा गर्नुपर्ने, कर्जाको ब्याजदर अधिकत्तम सात प्रतिशत हुनुपर्ने, वित्तिय संस्था तथा सार्वजनिक खरिदमार्फत कालोसूची वा लिलामीमा गएकालाई तत्कालै बन्द गरी न्यूनतम दुई वर्षको अवधि थप गर्नुपर्ने माग राखेका छन् ।

त्यस्तै, योजना सम्पन्न निर्माणको तुरुन्त भुक्तानी गर्नुपर्ने, नेपाललाई सनातन धार्मिक राष्ट्र घोषणा गर्नुपर्ने, एम्बुलेन्स, तीर्थयात्री, पर्यटकीय सवारी, दिल्ली–काठमाडौं बस सेवाबाहेक सबै प्रकारका भारतीय मालवाहक सवारी पूर्ण रुपमा बन्द हुनुपर्ने, पानी ट्याकंर तथा व्यवसायीलाई उचित विकल्पको व्यवस्था गर्नुपर्ने, युवा जनशक्तिलाई विदेश पलायन हुनबाट रोक्न स्वदेशमै प्राविधिक र व्यवहारिक शिक्षा अध्ययन गर्ने वातावरण बनाउनुपर्नेलगायतका माग पनि राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सिन्धुलीमा ५३ दशमलव ५८ प्रतिशत मतदान, मतपेटीका संकलन हुँदै, शुक्रबारबाट मात्रै मतगणना

सिन्धुलीमा ५३ दशमलव ५८ प्रतिशत मतदान, मतपेटीका संकलन हुँदै, शुक्रबारबाट मात्रै मतगणना

सिन्धुली । बिहिबार सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा सिन्धुलीको दुबै क्षेत्रमा गरि जम्मा ५३ दशमलव ५८ प्रतिशत मत खसेको छ । कुल २ ला...
सिन्धुलीमा निर्वाचन अवधिभरि मदिरा बिक्री वितरणमा रोक

सिन्धुलीमा निर्वाचन अवधिभरि मदिरा बिक्री वितरणमा रोक

सिन्धुली  । सिन्धुलीमा निर्वाचन अवधिभरि मदिरा बिक्री वितरण एवं सेवनमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय सिन्धुलीले बिहिबार ...
सिन्धुलीको मरिणमा शुक्रबार सार्वजनिक विदा (सूचना सहित)

सिन्धुलीको मरिणमा शुक्रबार सार्वजनिक विदा (सूचना सहित)

सिन्धुली । फागुन १५ गते शुक्रबार सिन्धुलीको मरिण गाउँपालिकाले सार्वजनिक विदा दिने निर्णय गरेको छ । गाउँपालिकाको निर्णय अनुसार राष...
सिन्धुलीको गोलन्जोरमा सुमोले ठक्करदिँदा बालकको मृत्यु, मध्यपहाडी लोकमार्ग अवरुद्ध

सिन्धुलीको गोलन्जोरमा सुमोले ठक्करदिँदा बालकको मृत्यु, मध्यपहाडी लोकमार्ग अवरुद्ध

सिन्धुली । मध्यपहाडी लोकमार्गको खुर्कोट–घुर्मी खण्ड अन्तरगत सिन्धुलीको गोलन्जोर गाउँपालिका ३ लामसोती सुमोले ठक्कर दिँदा एक जना बाल...