Badapatra Online

तीनपाटन गाउँपालिकाको खर्च ८३ दशमलव ६५ प्रतिसत मात्र

Advertisement

सिन्धुली  । सिन्धुलीको तिनपाटन गाउँपालिकाले चालु आर्थिक वर्षको अन्तिमसम्ममा जम्मा ८३ दशमलव ६५ प्रतिसतमात्र खर्च गरेको छ ।
गाउँपालिकाले मंगलबार एक विवरण सार्वजनिक गर्दै चालु आर्थिक वर्ष २०८०÷०८१ मा कुल बजेटको ८३ दशमलव ६५ प्रतिसत खर्च गरेको हो ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पदम बहादुर बस्नेतका अनुसार कुल ८९ करोड ६ लाख ६७ हजार २ सय २८ रुपैयाँ ६६ पैसा मध्ये चालु आर्थिक वर्षको अन्तसम्ममा ८३ दशमलव ६५ प्रतिसत अर्थात ७४ करोड ५० लाख ६४ हजार ४ सय ५२ रुपैयाँ ८८ पैसा खर्च गरेको हो ।
गाउँपालिकाले सार्वजनिक गरेको वित्तिय प्रगति विवरण अनुसार चालु तर्फ ८७ दशमलव ५२ र र पुँजिगत तर्फ ७२ दशमलव ५७ प्रतिसत खर्च भएको छ । यो चालु र पूजिगत तर्फ ८३ दशमलव ६५ प्रतिसत हो ।
चालु आर्थिक वर्षका लागि गाउँपालिकाले ६६ करोड ३ लाख ३५ हजार २ सय ८८ रुपैयाँ ६६ पैसा विनियोजन गरेकोमा ५७ करोड ७९ लाख ४ हजार ९ सय ४४ रुपैयाँ ९७ पैसा खर्च भएको छ ।
यस्तै पुँजिगत तर्फ २३ करोड ३ लाख ३२ हजार विनियोजन गरेकोमा १६ करोड ७१ लाख ५९ हजार ५ सय ७ रुपैयाँ ९१ पैसा खर्च गरेको छ ।
गाउँपालिकाले चालु खर्चको तुलनामा पुँजिगत खर्च १४ दशमलव ९५ प्रतिसतले कम हो । यो विकासे बजेट हो ।
चालु गत खर्च ८७ दशमलव ५२ प्रतिसत खर्च हुँदा पुँजिगत खर्च कम हुँनु भनेको गाउँपालिकामा विकास निर्माणका कामहरु कम भएका छन भन्ने बुझिन्छ ।
विकास पूर्वाधार, लक्षित वर्गका कार्यक्रम, कृषि, स्वास्थ्य, खानेपानी, शिक्षा क्षेत्रमा काम कम हुँदा पुँजिगत खर्च कम भएको हो ।
यस्तै गाउँपालिकाले आगामी आर्थिक २०८१÷०८२ का लागि ८१ करोड ५० लाख रुपैयाँको बजेट सहित निति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
गाउँपालिकाको १४ औं गाउँ सभामा अध्यक्ष कर्णबहादुर थापाले वार्षिक निति तथा कार्यक्रम र उपाध्यक्ष धनबहादुर पुलामी (अशोक) ले बजेट सार्बजनिक गरेका हुन् ।
यो चालु आर्थिक वर्षको तुलनामा ७ करोड ५६ लाख ६७ हजार २ सय २८ रुपैयाँ ३१ पैसा कम बजेट हो ।
गाउँपालिकाले आगामी आर्थिक वर्ष कृषि, पशुपंक्षि, सिप विकास र रोजगार, शिक्षा, स्वास्थ्य र खानेपानीलाई प्राथमिकतामा राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सिन्धुलीमा ५३ दशमलव ५८ प्रतिशत मतदान, मतपेटीका संकलन हुँदै, शुक्रबारबाट मात्रै मतगणना

सिन्धुलीमा ५३ दशमलव ५८ प्रतिशत मतदान, मतपेटीका संकलन हुँदै, शुक्रबारबाट मात्रै मतगणना

सिन्धुली । बिहिबार सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा सिन्धुलीको दुबै क्षेत्रमा गरि जम्मा ५३ दशमलव ५८ प्रतिशत मत खसेको छ । कुल २ ला...
सिन्धुलीमा निर्वाचन अवधिभरि मदिरा बिक्री वितरणमा रोक

सिन्धुलीमा निर्वाचन अवधिभरि मदिरा बिक्री वितरणमा रोक

सिन्धुली  । सिन्धुलीमा निर्वाचन अवधिभरि मदिरा बिक्री वितरण एवं सेवनमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय सिन्धुलीले बिहिबार ...
सिन्धुलीको मरिणमा शुक्रबार सार्वजनिक विदा (सूचना सहित)

सिन्धुलीको मरिणमा शुक्रबार सार्वजनिक विदा (सूचना सहित)

सिन्धुली । फागुन १५ गते शुक्रबार सिन्धुलीको मरिण गाउँपालिकाले सार्वजनिक विदा दिने निर्णय गरेको छ । गाउँपालिकाको निर्णय अनुसार राष...
सिन्धुलीको गोलन्जोरमा सुमोले ठक्करदिँदा बालकको मृत्यु, मध्यपहाडी लोकमार्ग अवरुद्ध

सिन्धुलीको गोलन्जोरमा सुमोले ठक्करदिँदा बालकको मृत्यु, मध्यपहाडी लोकमार्ग अवरुद्ध

सिन्धुली । मध्यपहाडी लोकमार्गको खुर्कोट–घुर्मी खण्ड अन्तरगत सिन्धुलीको गोलन्जोर गाउँपालिका ३ लामसोती सुमोले ठक्कर दिँदा एक जना बाल...