सिन्धुली । सिन्धुली जिल्ला स्थित तिन ठुला नदीहरुमा आएको बाढीले सतर्कताको तह पार गरेकोको छ ।
मंगलबार जिल्ला स्थित सुनकोसी, कमला, बागमती नदी र चँदाह खोलामा आएको बाढीले सतर्कता तह पार गरी खतरा तहमा पुगेको जल तथा मौषम विज्ञान विभागले जनाएको छ ।
लगातार परेको पानीसंगै नदीहरुमा आएको बाढीले खतराको तह पार गर्ने अवस्थामा पुगेकोले नदि तटिय क्षेत्र लगायत डुवान हुने क्षेत्रमा उच्च खर्तकता अपनाउन भनिएको छ ।
विभागका जलविद् भिमलाल पाण्डेका अनुसार कमलानदीमा ३ दशमलव ५ मिटरसम्मको बाढीलाई खतराको तह मान्ने गरिन्छ ।
कमला नदीमा आएको बाढीका कारण सिन्धुलीको कमलानदी तटिय क्षेत्र दुधौलीको, मैनी, बेल्सोत, नीपाने, हत्पते, टाँडी, हर्षाही, सिर्थौली लगायतका क्षेत्र जोखिममा परेका छन् । यि क्षेत्रमा डुवान हुन सक्ने भन्दै सतर्कता अपनाउन अनुरोध गरिएको छ ।
जल तथा मौषम विज्ञान विभागका अनुसार सुनकोसी नदीमा समेत पानिको सतह बढेका कारण सुनकोसी गढतिर क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन भनिएको छ ।
यस्तै बागमती नदिमा भने बाढीको जोखिम कायमै रहेको बताइएको छ । सिन्धुलीमा लगातार वर्षात हुँदा कमला, बागमती र सुनकोसी नदिका साथै मरिण, रोसी र चँदाहा खोलाको बाढीको कारण नदी तटीय क्षेत्रका बस्तिहरु जोखिममा पर्ने गरेका छन ।
यस्ता क्षेत्रमा हुने सम्भावित विपद्लाई ध्यानमा राखेर उच्च सतर्कता अपनाउन सिन्धुलीका प्रमुख जिल्ला अधिकारी भरत खनालले अनुरोध गरेका छन् ।
जिल्लाको सुनकोसी, मरिण, बागमती, कमला, चँदाहा जस्ता नदी आसपास तथा डुवान हुने होचा भुभागमा बसोबसा गर्ने नागरिकहरुले उच्च जोखिममा छन् । त्यस्ता क्षेत्रमा सतर्कता अपनाउन र सुरक्षा तथा उद्धारका लागि पसुरक्षाकर्मीहरुलाई समेत हाइअलर्ट अवस्थामा बस्न भनिएको छ ।


