सिन्धुली । सिन्धुली जिल्ला सदर मुकाममा रहेको एक मत्र सरकारी अस्पताल सिन्धुली अस्पतालमा डाक्टर नहुँदा चार दिन देखि भिडियो एक्सरे युएसजी सेवा प्रभावित भएको छ ।
अस्पतालमा कार्यरत डाक्टर विदामा बसेका कारण भिडियो एक्सरे युएसजी सेवा प्रभावित भएको हो । चारदिनदेखी भिडियो एक्सरे सेवा नुहँदा विरामीहरुले सास्ती व्यहोर्नु परेको गुनासो गरेका छन ।
कमलामाई नगरपालिका ९ भिमानमा दिनेश न्यौपानेले अस्पातलमा डाक्टर नहुँदा भिडियो एक्सरे सेवा पाउन नसकेको गुनासो गरे ।
उनले अस्पतालमा विरामीले भिडियो एक्सरे सेवा नपाएको कुरा गुनासो गर्ने ठाउसमेत नभएको बताएका छन । अस्पतालमा मेडिकल सुपरिटेण्डेन्ट समेत विदामा भएका कारण विरामीहरुले सास्ती खेप्नु परेको कुरा गुनासो राख्ने ठाउँ समेत नपाएको बताएका हुन् ।
उनले अस्पतालमा भएका दरबन्दी अनुसारका चिकित्सकहरु नहुँदा समेत यस्तो मसस्या नागरीकले भोगिरहनु पर्ने भन्दै यसको जिम्मेवारी कसले लिने भन्दै प्रश्न समेत गरेका छन ।
उता अस्पतालले भने विदामा रहेका डाक्टर बुधबारसम्म विदामा बस्नु भएका कारण समस्या भएको जनाएको छ ।
अस्पतालमा अरु दरबन्दी भएपनि डाक्टरहरु नहुँदा यस्ता सेवाहरु प्रभावित भएको उल्लेख गरिएको छ ।


