Badapatra Online

सिन्धुली लागुऔषध ओसार पसारको ट्रान्जिट प्वाइन्ट बन्दै

Advertisement

सिन्धुली । गएको डेढ साता अघि सिन्धुली प्रहरीले ६ सय १५ किलोग्राम अबैध गाँजा सहित एक जनालाई पक्राउ ग¥यो ।
कटारी नगरपालिका ६ उदयपुर घर भई सिन्धुलीको हरिहरपुरगढी ७ चिसापानी बस्ने वर्ष ४६ का कुमार पाख्रिनलाई उक्त गाँजा सहित पक्राउ गरिएको हो ।
इलाका प्रहरी कार्यालय कपिलाकोटलाई प्राप्त विशेष सुचनाका आधारमा सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका ७ चिसापानी स्थित थोले ब्लोनको गोठमा गई खानतलासी गर्दा ६ सय १५ किलो लागु औषध गाँजा बोरा तथा फलामको ड्रममा लुकाई छिपाई राखेको अवस्थामा वरामद गरिएको सिन्धुलीका प्रहरी प्रमुख गोविन्दराज काफ्लेले जानकारी दिए ।
यो सिन्धुली जिल्लामा सम्भवत अहिलेसम्मकै ठुलो परिमाणमा बरामद गरिएको गाँजा हो । यो त सिन्धुली जिल्लामा लागु औषध गाँजा नियन्त्रण गरिएकोे एउटा प्रतिनीधि घटना मात्र हो । पछिल्ला वर्षहरुमा जिल्लामा लागु औषध ओसार पसारको ग्राफ बढ्दै गएको प्रहरीकै तथ्यांकले देखाएको छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रमुख तथा प्रहरी उपरिक्षक काफ्लेका अनुसार पछिल्ला तिन वर्षमा मात्र जिल्लामा १४ सय ५५ दशमलव ९९५ किलो गाँजा प्रहरीले नियन्त्रणमा लिएको छ ।
सिन्धुलीमा अबैध गाँजा खेति गर्ने र अबैध रुपमा ठुलो परिमाणमा गाँजा निकासी हुने गरेको यस तथ्यांकले पुष्टि गर्दछ । गत आर्थिक वर्ष २०७८÷०७९ देखि ०८०÷०८१ को हालसम्म जिल्लाका विभिन्न स्थानमा गरी १७ विगाह १८ कठ्ठा क्षेत्रफलमा लगाईको अबैध गाँजा खेति प्रहरीले फडानी गरेर नष्ट गरेको छ ।
सिन्धुलीका हरिहरपुरगढी, मरिण र घ्याङलेख गाउँपालिकामा विशेष गरेर अबैध गाँजा खेति गर्ने गरीएको छ । भारतिय व्यवसायीको लगानीमा यि क्षेत्रमा वर्षेनी गाँजा खेति गर्ने र प्रहरीले नष्ट गर्ने कार्य हुँदै आएको छ ।
यसले सिन्धुली जिल्ला अबैध गाँजा खेतिको उत्पादन तथा ओसार पसारको ट्रान्जिट प्वइन्ट बन्दै गएको तथ्यलाई पुष्टि गर्दछ ।
प्रहरी प्रमुख काफ्लेका अनुसार सिन्धुलीमा गाँजा सहित खैरो हिरोईन, एम्पुल, ट्यावलेट तथा विभिन्न प्रकारका झोल लागुऔषधको समेत ओसार पसार हुने गरेको छ ।
‘गत आर्थिक वर्ष २०७८÷०७९ देखि ०८०÷०८१ को हालसम्मको तथ्यांङ्क अनुसार सिन्धुलीमा १४ सय ५५ दशमलव ९९५ किलो गाँजा, १ सय ५२ दशमलव ७२६ मिलिग्राम हिरोईन, ७ सय ५ दशमलव ८५५ ग्राम चरेश, ६ हजार ३ सय ५५ एम्पुल, ७ हजार १ सय ७ वटा ट्यावलेट र १ हजार १ सय १४ बोतल झोल पदार्थ नियन्त्रणमा लिइएको छ,’ उनले भने ।
यो समयमा लागु औषध ओसार पसार तथा नियन्त्रणका १ सय ७२ घटना घटेका छन् । यो निक्कै ठुलो तथ्यांङ्क हो । प्रहरीले २०७८÷०७९ देखि ०८०÷०८१ सम्ममा १ सय ११ वटा लागु औषधका मुद्धा दर्ता गरेर अनुशन्धान गरेको छ । उक्त मुद्धामा ५० जनालाई संझाई बुझाई गरेर छाडिएपनि १ सय १ जनालाई पक्राउ गरेर कानुनी दायरामा ल्याएको तथ्याङ्क छ । प्रहरीले तिन वर्षको अवधिमा १ सय ३६ पटक विभिन्न स्थानमा जनचेतनामुलक कार्यक्रमको आयोजना गर्दै अबैध लागुऔधषको ओसार पसार तथा दुरुपयोग सम्बन्धी सचेतना प्रबाह गरेको थियो ।
यस पटक पनि लागु औषध दुरुपयोग तथा अवैध ओसारपसार बिरुद्धको अन्तराष्ट्रिय दिवस मनाईरहँदा जिल्लामा यति ठुलो परिमाणमा गाँजा नियन्त्रण हुँदा प्रहरीलाई नै चुनौति थपिएको छ ।
सिन्धुलीमा उत्पादन हुने गाँजा तराईका जिल्लाका साथै भारतसम्म ओसार पसार हुने गरेको छ भने खैरोहिरोइन, एम्पुल, ट्यावलेट तथा झोल पदार्थका लागु औषधहरु सिन्धुली हुँदै राजधानी काठमाण्डौं सप्लाई हुने गरेको छ । तराईका जिल्ला संग जोडिएको सिमानामा कडाईका साथ चेकजाँच नहुँनु र विपी, मध्येपहाडी र मदनभण्डारी जस्ता ठुला तिन वटा राजमार्गहरु सिन्धुली जिल्ला अन्तरगत नै पर्ने भएका कारण पनि अबैध लागु औषध ओसार पसारका घटनाहरु बढ्दै गएको बताईन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सिन्धुलीमा ५३ दशमलव ५८ प्रतिशत मतदान, मतपेटीका संकलन हुँदै, शुक्रबारबाट मात्रै मतगणना

सिन्धुलीमा ५३ दशमलव ५८ प्रतिशत मतदान, मतपेटीका संकलन हुँदै, शुक्रबारबाट मात्रै मतगणना

सिन्धुली । बिहिबार सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा सिन्धुलीको दुबै क्षेत्रमा गरि जम्मा ५३ दशमलव ५८ प्रतिशत मत खसेको छ । कुल २ ला...
सिन्धुलीमा निर्वाचन अवधिभरि मदिरा बिक्री वितरणमा रोक

सिन्धुलीमा निर्वाचन अवधिभरि मदिरा बिक्री वितरणमा रोक

सिन्धुली  । सिन्धुलीमा निर्वाचन अवधिभरि मदिरा बिक्री वितरण एवं सेवनमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय सिन्धुलीले बिहिबार ...
सिन्धुलीको मरिणमा शुक्रबार सार्वजनिक विदा (सूचना सहित)

सिन्धुलीको मरिणमा शुक्रबार सार्वजनिक विदा (सूचना सहित)

सिन्धुली । फागुन १५ गते शुक्रबार सिन्धुलीको मरिण गाउँपालिकाले सार्वजनिक विदा दिने निर्णय गरेको छ । गाउँपालिकाको निर्णय अनुसार राष...
सिन्धुलीको गोलन्जोरमा सुमोले ठक्करदिँदा बालकको मृत्यु, मध्यपहाडी लोकमार्ग अवरुद्ध

सिन्धुलीको गोलन्जोरमा सुमोले ठक्करदिँदा बालकको मृत्यु, मध्यपहाडी लोकमार्ग अवरुद्ध

सिन्धुली । मध्यपहाडी लोकमार्गको खुर्कोट–घुर्मी खण्ड अन्तरगत सिन्धुलीको गोलन्जोर गाउँपालिका ३ लामसोती सुमोले ठक्कर दिँदा एक जना बाल...