Badapatra Online

एसईई परिक्षामा सिन्धुलीका १८ विद्यालयको नतिजा शून्य

Advertisement

सिन्धुली । माध्यमिक शिक्षा परिक्षा (एसइई) मा सिन्धुलीका १८ वटा विद्यालयको नतिजा शून्य आएको छ ।
राष्ट्रिय परीक्षा बोर्डले गत चैतमा लिएको एसइई परिक्षामा जिल्लाबाट सामेल भएका कुल १ सय ४५ माध्यमिक विद्यालयमध्ये १८ वटाको नतिजा शून्य आएको पाइएको हो ।
शिक्षा विकास तथा समन्वय इकाई सिन्धुलीका अनुसार जिल्लाका १८ वटा सामुदायिक विद्यालयको नतिजा शून्य आएको हो ।
प्राप्त जानकारी अनुसार सबैभन्दा धेरै दुधौली नगरपालिकाका सामुदायिक विद्यालयहरुको नतिजा शून्य छ । दुधौलीको २५ विद्यालयमध्ये १० वटा विद्यालयका सबै परिक्षार्थी ननग्रेड अर्थात अनुर्तिण भएका हुन् ।
जिल्लाको दुधौली नगरपालिकाका १०, तिनपाटन गाउँपालिकाका ३, कमलामाई नगरपालिकाको एक, सुनकोसी गाउँपालिकाको मा १, हरिहरपुरगढी गाउँपालिकाको १, मरिण गाउँपालिकाको १ र गोलन्जोर गाउँपालिकाको १ विद्यालय गरी कुल १८ वटा विद्यालयको परिक्षाको नतिजा शून्य भएको हो ।
दुधौलीको मावि पात्ले भन्ञ्याङ्ग, जनप्रेमी मावि अरुणडाँडा, जनजाग्रीति मावि कोक्टी, भानु मावि रतनपुर, मावि बाँसकोटे, मावि सुँगारे, अरुणोदयमावि राताटार, ज्ञानकुन्ज मावि पचरुखी, मावि सिर्थौली, कमलामावि मैनीको नतिजा शून्य आएको छ ।
यस्तै दुधौलीकै सरस्वतीमावि डकाहको विद्यालयका नियमित विद्यार्थीको नतिजा शून्य आएको छ । उक्त विद्यालयका प्राविधिक धारका विद्यार्थी मात्र उतिर्ण छन् ।
दुधौली नगरपालिकामा सामुदायिक विद्यालयबाट कुल १ हजार २ जना विद्यार्थी परिक्षामा सामेल भएकामा जम्मा १ सय १२ जना अर्थात २ दशमलव ९९ प्रतिशतमात्र उतिर्ण भएका छन । यस्तै चारवटा संस्थागत विद्यालयका १ सय २५ जना विद्यार्थी परिक्षामा सामेल भएकामा ७१ दशमलव ३० अर्थात ८२ जना मात्र पास भएका छन ।
यस्तै निपाटन गाउँपालिकाका २१ विद्यालय मध्ये १८ वटा मात्र विद्यालयका विद्यार्थीहरु उतिर्ण भएका छन् । तिन वटा विद्यालयको नतिजा शून्य छ । कमला मावि छरछरे, कालिका मावि लङ्गुरछविसे र मावि रिठ्ठेको नतिजा शून्य आएको हो । पालिकाबाट कुल ६ सय ३१ जना विद्यार्थीहरु परिक्षामा सामेल भएका भएपनि ३ सय ९४ जना मात्र उतिर्ण भएको पाइएको शिक्षा विकास तथा समन्वय ईकाई सिन्धुलीका प्रमुख निर्मल घिमिरेले जानकारी दिए ।
यस्तै कमलामाई नगरपालिकाको एक, सुनकोसी गाउँपालिकाको मा १, हरिहरपुरगढी गाउँपालिकाको १, मरिण गाउँपालिकाको १ र गोलन्जोर गाउँपालिकाको १ विद्यालयको परिक्षाको नतिजा शून्य भएको हो ।
मरिणको कुशेश्वर मावि नक्कली, सुनकोसीको शिद्धमावि कोटगाउँ र गोलन्जोरको मङ्गला मावि घोकसिलाको नतिजा शून्य आएको हो ।
जिल्लाको फिक्कल र घ्याङ्लेख गाउँपालिकाका भने औषतम सबै विद्यालयका विद्यार्थी उतिर्ण भएको पाइएको छ । ति पालिकामा भने शून्य नतिजा हुने विद्यालय नभएको बताइएको छ ।
जिल्लामा परीक्षामा सहभागीमध्ये ४३ दशमलव ५ प्रतिशत अर्थात २ हजार ३ सय मात्र विद्यार्थीहरु उनिर्ण भएका हुन् । जिल्लामा एसईई परिक्षामा कुल ५ हजार २ सय ९२ जना विद्यार्थीहरु सहभागि भएका थिए ।
यसैविच यस वर्षको एसईई परिक्षामा जिल्लामा कमलामाई नगरपालिका ६ को सिद्धस्थली माध्यमिक विद्यालयका डिप्लभ फुयाँलले ३ दशमलव ९६ जिपिए प्राप्त गर्दै छात्र तर्फ जिल्ला प्रथम भएका छन् । गौमती माध्यमिक विद्यालय सिन्धुलीमाढीकी शोभिच्छा कार्कीले ३ दमलव ९२ जिपिए सहित छात्रा तर्फ जिल्ला प्रथम भएकी छिन । कार्की सामुदायिक विद्यालयतर्फबाट पनि जिल्ला प्रथम भएकी हुन ।
उता जिल्लाबाट एसईई परिक्षाको नतिजा कमजोर आएको प्रति शिक्षा क्षेत्रका जानकारहरुले गम्भीर चासो व्यक्त गरेका छन । जिल्लाका संस्थागत विद्यालयका संचालकहरुले पनि जिल्लाको रिजल्ट सोचेको भन्दा फरक आएको भन्दै परिक्षा र ग्रेडिङ प्रणालीमाथीनै प्रश्न गर्न थालेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सिन्धुलीमा ५३ दशमलव ५८ प्रतिशत मतदान, मतपेटीका संकलन हुँदै, शुक्रबारबाट मात्रै मतगणना

सिन्धुलीमा ५३ दशमलव ५८ प्रतिशत मतदान, मतपेटीका संकलन हुँदै, शुक्रबारबाट मात्रै मतगणना

सिन्धुली । बिहिबार सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा सिन्धुलीको दुबै क्षेत्रमा गरि जम्मा ५३ दशमलव ५८ प्रतिशत मत खसेको छ । कुल २ ला...
सिन्धुलीमा निर्वाचन अवधिभरि मदिरा बिक्री वितरणमा रोक

सिन्धुलीमा निर्वाचन अवधिभरि मदिरा बिक्री वितरणमा रोक

सिन्धुली  । सिन्धुलीमा निर्वाचन अवधिभरि मदिरा बिक्री वितरण एवं सेवनमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय सिन्धुलीले बिहिबार ...
सिन्धुलीको मरिणमा शुक्रबार सार्वजनिक विदा (सूचना सहित)

सिन्धुलीको मरिणमा शुक्रबार सार्वजनिक विदा (सूचना सहित)

सिन्धुली । फागुन १५ गते शुक्रबार सिन्धुलीको मरिण गाउँपालिकाले सार्वजनिक विदा दिने निर्णय गरेको छ । गाउँपालिकाको निर्णय अनुसार राष...
सिन्धुलीको गोलन्जोरमा सुमोले ठक्करदिँदा बालकको मृत्यु, मध्यपहाडी लोकमार्ग अवरुद्ध

सिन्धुलीको गोलन्जोरमा सुमोले ठक्करदिँदा बालकको मृत्यु, मध्यपहाडी लोकमार्ग अवरुद्ध

सिन्धुली । मध्यपहाडी लोकमार्गको खुर्कोट–घुर्मी खण्ड अन्तरगत सिन्धुलीको गोलन्जोर गाउँपालिका ३ लामसोती सुमोले ठक्कर दिँदा एक जना बाल...