झापाले कोशी प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिताको उपाधि झापाले जितेको छ ।
भोजपुरको महिला टिमलाई मंगलबार १(० ले पराजित गर्दै झापा च्याम्पियन बनेको हो । झापाकी जेनिफर मगरले दोस्रो हाफको १५औं मिनेटमा गोल खेलको बनेको थियो ।
फाइनल खेलको प्लेयर अफ दि म्याच झापाकी कप्तान खुस्मा राई घोषित भइन् । उनले २ हजार रुपैयाँ प्राप्त गरिन् ।
झापाकै जसोदा लिम्बू उत्कृष्ट गोलकिपर, भोजपुरकी कमला श्रेष्ठ उत्कृष्ट डिफेन्डर चुनिइ्। झापाकी सिमरन राई उत्कृष्ट मिडफिल्डर, भोजपुरकी कप्तान आरती भुजेल उत्कृष्ट फरवार्ड भइन् ।
झापाका सन्त रायामाझी उत्कृष्ट प्रशिक्षक र खोटाङकी गोलकिपर रिया राई राइजिङ प्लेयर घोषित भइन् । ९ गोल गरेकी झापाकी जेनिफर मगर सर्वाधिक गोलकर्ता बनिन्। उत्कृष्टले समान ३ हजार रुपैयाँ पाए ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी झापाकी जेनिफर मगर भइन् । उनले ३५ हजार रुपैयाँ र ट्रफी पाइन् ।
प्रदेशस्तरीय च्याम्पियन बनेको झापाली टोलीले उपाधिसहित २ लाख र दोस्रो भोजपुरले १ लाख रुपैयाँ प्राप्त गर्यो ।
प्रदेश खेलकुद विकास बोर्ड कोशी प्रदेश विराटनगरको आयोजना तथा जिल्ला खेलकुद विकास समिति खोटाङको संयोजनमा प्रतियोगिता सञ्चालन भएको थियो ।
प्रतियोगिताका विजेता र उपविजेता टोलीका खेलाडी लाई बोर्डका सदस्य सचिव कृष्ण बस्नेत, झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रशान्त भण्डारी, दिक्तेल रुपाकोट मजुवागडी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई, दिक्तेल रुपाकोट मजुवागडी वडा नम्बर १४ वडा अध्यक्ष दिनेश राई लगायतले पुरस्कार वितरण गरे ।


