Badapatra Online

दोस्रो अभ्यास खेलमा पनि नेपाली टोली पराजित

Advertisement

काठमाडौं  – एसिसि महिला एशिया कपका लागि श्रीलंका पुगेको नेपाली राष्ट्रिय महिला क्रिकेट टोली दोस्रो अभ्यास खेलमा पनि पराजित भएको छ । बुधवार भएको खेलमा नेपाल श्रीलंका बोर्ड महिला विकास टोली विरुद्ध ४ विकेटले पराजित भएको हो ।

नेपालले दिएको १०७ रनको लक्ष्य घरेलु टोलीले १ बल बाँकी छँदा ६ विकेट गुमाएर भेटायो । श्रीलंकन टोलीका लागि ओपनर सेनारथ्नेले सर्वाधिक २७ रन बनाइन् । यस्तै सन्दिपनीले १९ तथा मधाराले १६ रन जोडिन् ।

नेपालका लागि कृतिका मरासिनी, कविता जोशी, इन्दु वर्मा र सबनम राईले समान १०१ विकेट लिए ।

तयसहनी सरी भिलेजमा पहिलो ब्याटिङ गरेको नेपाली टोलीले २० ओभरमा ७ विकेटको क्षतिमा १०६ रन बनाएको थियो । नेपालका लागि कविता कुँवरले ३४ बल झेल्दैटसर्वाधिक २९ रन बनाइन् । यस्तै इन्दु वर्मा ४३ बलमा २८ रन बनाएर अविजित रहिन् । सम्झना खड्काले ११ रन जोडिन् । अन्य ब्याटर भने चल्न सकेनन् ।

घरेलु टोलीका लागि देवमी भिहांगाले ३, सन्दिपनीले २ तथा थारिका सेववान्दी र सान्दिनु निसानसलाले १(१ विकेट लिए ।

पहिलो अभ्यास खेलमा नेपाल मंगलबार ३३ रनले पराजित भएको थियो । तेस्रो अभ्यास खेल जुलाई १६ का दिन हुनेछ ।

एशिया कपको उद्दघाटन खेलमा नेपालले युएई विरुद्ध जुलाई १९ मा खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । नेपाल रहेको समूह ए मा भारत र पाकिस्तान समेत रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सिन्धुलीमा ५३ दशमलव ५८ प्रतिशत मतदान, मतपेटीका संकलन हुँदै, शुक्रबारबाट मात्रै मतगणना

सिन्धुलीमा ५३ दशमलव ५८ प्रतिशत मतदान, मतपेटीका संकलन हुँदै, शुक्रबारबाट मात्रै मतगणना

सिन्धुली । बिहिबार सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा सिन्धुलीको दुबै क्षेत्रमा गरि जम्मा ५३ दशमलव ५८ प्रतिशत मत खसेको छ । कुल २ ला...
सिन्धुलीमा निर्वाचन अवधिभरि मदिरा बिक्री वितरणमा रोक

सिन्धुलीमा निर्वाचन अवधिभरि मदिरा बिक्री वितरणमा रोक

सिन्धुली  । सिन्धुलीमा निर्वाचन अवधिभरि मदिरा बिक्री वितरण एवं सेवनमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय सिन्धुलीले बिहिबार ...
सिन्धुलीको मरिणमा शुक्रबार सार्वजनिक विदा (सूचना सहित)

सिन्धुलीको मरिणमा शुक्रबार सार्वजनिक विदा (सूचना सहित)

सिन्धुली । फागुन १५ गते शुक्रबार सिन्धुलीको मरिण गाउँपालिकाले सार्वजनिक विदा दिने निर्णय गरेको छ । गाउँपालिकाको निर्णय अनुसार राष...
सिन्धुलीको गोलन्जोरमा सुमोले ठक्करदिँदा बालकको मृत्यु, मध्यपहाडी लोकमार्ग अवरुद्ध

सिन्धुलीको गोलन्जोरमा सुमोले ठक्करदिँदा बालकको मृत्यु, मध्यपहाडी लोकमार्ग अवरुद्ध

सिन्धुली । मध्यपहाडी लोकमार्गको खुर्कोट–घुर्मी खण्ड अन्तरगत सिन्धुलीको गोलन्जोर गाउँपालिका ३ लामसोती सुमोले ठक्कर दिँदा एक जना बाल...