सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिगमा माडी ११ फुटबल क्लबले जित हासिल गरेको छ ।
लिगमा मंगलबार भएको पहिलो खेलमा यात्रा ग्रुप भरतपुरलाई ३-० ले हराउँदै माडीले ३ अंंक जोडेको हो । अर्को खेल भने बराबरीमा टुंगिएको छ । माडीको जितमा सन्देश महतोले २ तथा आशिष भुजेलले १ गोल गरे ।
खेलको चौथो मिनेटमा नै आशिषले गोल गर्दै माडीलाई अग्रता दिलाएका थिए । १७ औं मिनेटमा सन्देशले गोल गर्दै माडीको अग्रता दोब्बर बनाए । ३८ औं मिनेटमा सन्देशले व्यक्तिगत दोस्रो गोल गरेपछि माडी ३-० ले विजयी भयो । सन्देश नै प्लेयर अफ दि म्याच भए ।
अर्को खेलमा रामपुर फुटबल क्लब रड्स र नारायणगढ फुटबल क्लब ९एनएफसी० ले अंंक बाँँडेका छन् । खेलमा २(२ को बराबरी भएको थियो ।
रामपुरका लागि अश्विन पाख्रीन र चित्रबहादुर कुमालले गोल गरे । एनएफसीका प्रवेश गुरुङ र सुगम तामाङले गोल गरे । खेलको नवौं मिनेटमा अश्विनको गोलमा रामपुरले अग्रता लियो । ४० औं मिनेटमा प्रवेशले एनएफसीका लागि बराबरी गोल फर्काए ।
४८ औं मिनेटमा सुगमले गोल गरेपछि एनएफसीले अग्रता लियो । ६२ औं मिनेटमा चित्रको गोलमा रामपुरलर बराबरी गोल गरेका थिए। रामपुरले रामपुरका अश्विन प्लेयर अफ दि म्याच भए ।
आजको खेलसँँगै लिगमा दोस्रो चरणका खेलहरु सम्पन्न भएका छन् । बुधबारबाट तेस्रो चरण सुरु हुनेछ । तेस्रो चरणको पहिलो खेल बुधबार २स्३० बजे पानस युवा क्लब र आई स्टडी गीतानगर ब्वाइजबीच हुनेछ ।
बुधबार नै दिउँसो ४:३० बजे दोस्रो खेलमा सौराहा युवा समान र नारायणी फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । चितवन जिल्ला फुटबल संघको आयोजनामा जारी प्रतियोगितालाई सेन्ट्रल कलेज अफ भोकेसनल ट्रेनिङ प्रालिले मुख्य प्रायोजन गरेको छ ।


