Badapatra Online

जेनिशाले यु-२० टोलीको कप्तानी गर्ने

Advertisement

काठमाडौं  – उदियमान स्पाइकर जेनिशा विश्वकर्माले माल्दिभ्समा आयोजना हुने काभा यु–२० महिला भलिबल च्याम्पियनसिपमा नेपाली युवा टोलीको कप्तानी सम्हाल्ने भएकी छिन् ।

पछिल्लो ९ दिनको बन्द प्रशिक्षण दौरान उनमा नेतृत्व गर्न सक्ने क्षमता देखिएका कारण उनलाई कप्तानीको जिम्मेवारी प्रदान गरिएको प्रशिक्षण टोलीले जनाएको छ ।

नैकापमा रहेको न्यु डायमण्ड युथ स्पोर्ट्स क्लबबाट घरेलु भलिबल खेलिरहेकी जेनिशाले उमेर समूहसँगै राष्ट्रिय स्तरका प्रतियोगितामा पनि अलराउन्ड प्रदर्शन गर्दै आएकी छिन् । उनी अहिले डायमण्डको महत्वपुर्ण सदस्य बनिसकेकी छिन् ।

उनकै अलराउन्ड प्रदर्शनमा बागमती प्रदेश २०७८, २०७९ र २०८० को राष्ट्रपति रनिङ शिल्डको च्याम्पियन बन्न सफल भएको थियो ।

२०७८ को सुरुवातबाटै भलिबलमा पाइला चालेकी उनले यो अवधिमा थुप्रै उपलब्धि हासिल गरिसकेकी छिन् ।

जेनिशा यो स्थानसम्म आइपुग्न उनका प्रशिक्षक कुमार राई तथा पहल गर्ने पूर्व पत्रकार एवम् समाजसेवी जीवनाथ खनाल र राजेन्द्र पोखरेलको योगदान छ । खाँदबारी नगरपालिका वडा नम्वर १ पिप्ले संखुवासभाकी जेनिशाको पारिवारिक स्थिति दयनिय नै रहेको खनाल बताउँछन् ।

उनले बुवाको माया अनि आमालाई राम्रोसँग चिन्न पाइनन् । हजुर बुवा र हजुर आमाको काखमा हुर्किएकी उनी हजुर आमा र हजुर बुवालाई नै आफ्नो आमा र बुवा सम्झन्छिन् ।

खेलमा रुची तर, घरको कमजोर आर्थिक अवस्था देखेका खनालले काठमाडौंमा कुमार राईले आर्थिक अवस्था कमजोर रहेकाहरुलाई आवाससहित शिक्षा र खेल्ने वातावरण प्रदान गरिरहेको थाहा पाएपछि उनीसँग सम्पर्क गरेका थिए ।

तर, होस्टेलमै धेरै जना भइसकेको र आर्थिक बोझ बढ्ने भएकाले न्यु डायमण्ड एकेडेमीका प्रिन्सिपल तथा भलिबल प्रशिक्षक राईले तत्कालै जेनिशालाई काठमाडौं ल्याउन चाहिरहेका थिएनन् ।

आफ्नो कुरा राईले इन्कार गरेको अनुभव भएपछि खनालले राईका मित दाई राजेन्द्र पोखरेलमार्फत जेनिशालाई जसरी पनि काठमाडौं लैजान जोडबल गरेपछि उनी राजी भएका थिए। ‘मित दाई राजेन्द्र पोखरेलको आग्रहलाई काट्न नसकेपछि जेनिशालाई काठमाडौं ल्याउन तयार भए,’ प्रशिक्षक राइले भने ।

त्यसपछि काठमाडौंमा जेनिशाको पढाइसँगै खेलको नयाँ अध्याय सुरु भएको थियो । ७ कक्षाबाट न्यु डायमण्डमा पढ्न सुरु गरेकी उनी अहिले १० कक्षमा पढ्छिन् । उनी पढाइसँगै खेलमा पनि उत्तिकै अब्बल रहेको प्रशिक्षक राईले बताए ।

‘उनी एकदमै अनुशासित र मिहेनती छिन् । कप्तानी सम्हाल्नेसम्मको स्तरमा आइपुग्न उनको अनुशासन र मिहेनत छ,’ यु–२० टोलीको मुख्य प्रशिक्षकसमेत रहेका राईले भने, ‘बोल्न माहिर अनि उनीमा कमान्ड गर्न सक्ने क्षमता छ । उनीमा धेरै सम्भावना छ ।’

यो तीन वर्षको अवधिमा उनी जुनियर स्तरमा सर्वोत्कृष्ट खेलाडी भइसकेकी छिन् । सिनियर लेभलमा पनि व्यक्तिगत विधामा अवार्ड जितिसकेकी छिन् । बागमती प्रदेश न्यू डायमण्ड कप यू–१८ खुल्ला राष्ट्रिय महिला भलिबल च्याम्पियनसिपको सर्वोत्कृष्ट खेलाडी समेत हुन् । भलिबल खेल्न थालेको तीन वर्षमै उनले टोलीमा योगदान गरिरहेका छन् । नतिजा उल्ट्याएको स्थिति पनि छ ।

काभा यु–२० महिला भलिबल च्याम्पियनसिप आगामी १८ देखि २३ जुलाईसम्म माल्दिभ्सको मालेमा हुनेछ । च्याम्पियनसिपमा आयोजक माल्दिभ्स र नेपालसहित चार राष्ट्रको सहभागिता रहेको छ । यस्तै किर्गिस्तान र श्रीलंका रहेका छन् ।

नेपालले १८ जुलाईमा श्रीलंकासँग खेल्दै काभा यु–२० महिला भलिबल च्याम्पियनसिपको सुरुवात गर्नेछ । १९ जुलाईमा किर्गिस्तान र २० जुलाईमा माल्दिभ्ससँग प्रतिस्पर्धा गर्नेछ ।

राउन्ड रोविन लिगपछि लिगको शीर्ष र चौथो हुने टोली र लिगको दोस्रो र तेस्रो हुने टोलीले सेमिफाइनल खेल्नेछ । दुवै विजेताले फाइनल खेल्नेछ । नेपाली टोली जुलाई १६ मा त्यसतर्फ प्रस्थान गर्नेछ ।

काभा यु–२० महिला भलिबल च्याम्पियनसिपका लागि अन्तिम १२ सदस्यीय टोली छनोट भइसकेको छ । संघले यसै महिना काठमाडौंमा सम्पन्न प्रथम सहाना प्रधान स्मृति यु–१९ पुरुष तथा महिला भलिबल च्याम्पियनबाट खेलाडी छनोट गरेको हो ।

सबैभन्दा धेरै बागमती प्रदेशबाट प्रतिनिधित्व गरेका न्यु डायमण्ड युथ स्पोर्ट्स क्लबका ६ जना टोलीमा परेका छन् । एभरेस्ट भलिबल क्लबबाट खेल्ने लुम्बिनी प्रदेशका ४, गण्डकीबाट खेलेका नेपाल पुलिस क्लब र सुदुरपश्चिमबाट खेलेका त्रिभुवन आर्मी क्लबबाट समान एक खेलाडी टोलीमा परेका छन् ।

सलिना बुढा मगर, जेनिशा विश्वकर्मा, एलिसा मानन्धर, निशा महर, भावना तामाङ र एन्जिला प्रधान न्यु डायमण्डकी हुन् । मिना सुनार, अनुषा चौधरी, निशा चौधरी र आरती चौधरी एभरेस्टका तथा स्नेहा ठगुन्ना आर्मी र आशिका क्षेत्री पुलिसकी हुन् ।

यु–२० महिला टोली
जेनिशा विश्वकर्मा ९कप्तान०, सलिना बुढा मगर, एलिसा मानन्धर, निशा महर, भावना तामाङ, एन्जिला प्रधान, निशा चौधरी, आरती चौधरी, मिना सुनार, अनुषा चौधरी, स्नेहा ठगुन्ना र आशिका क्षेत्री
वैकल्पिक – सोइङ थापा, प्रतिभा चौधरी, रेविका लामा तामाङ, मोनिका विष्ट, र जिना राना
मुख्य प्रशिक्षक – कुमार राई
सहायक प्रशिक्षक – अर्जुन घिमिरे
टिम व्यवस्थापक – जुनु पुन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सिन्धुलीमा ५३ दशमलव ५८ प्रतिशत मतदान, मतपेटीका संकलन हुँदै, शुक्रबारबाट मात्रै मतगणना

सिन्धुलीमा ५३ दशमलव ५८ प्रतिशत मतदान, मतपेटीका संकलन हुँदै, शुक्रबारबाट मात्रै मतगणना

सिन्धुली । बिहिबार सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा सिन्धुलीको दुबै क्षेत्रमा गरि जम्मा ५३ दशमलव ५८ प्रतिशत मत खसेको छ । कुल २ ला...
सिन्धुलीमा निर्वाचन अवधिभरि मदिरा बिक्री वितरणमा रोक

सिन्धुलीमा निर्वाचन अवधिभरि मदिरा बिक्री वितरणमा रोक

सिन्धुली  । सिन्धुलीमा निर्वाचन अवधिभरि मदिरा बिक्री वितरण एवं सेवनमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय सिन्धुलीले बिहिबार ...
सिन्धुलीको मरिणमा शुक्रबार सार्वजनिक विदा (सूचना सहित)

सिन्धुलीको मरिणमा शुक्रबार सार्वजनिक विदा (सूचना सहित)

सिन्धुली । फागुन १५ गते शुक्रबार सिन्धुलीको मरिण गाउँपालिकाले सार्वजनिक विदा दिने निर्णय गरेको छ । गाउँपालिकाको निर्णय अनुसार राष...
सिन्धुलीको गोलन्जोरमा सुमोले ठक्करदिँदा बालकको मृत्यु, मध्यपहाडी लोकमार्ग अवरुद्ध

सिन्धुलीको गोलन्जोरमा सुमोले ठक्करदिँदा बालकको मृत्यु, मध्यपहाडी लोकमार्ग अवरुद्ध

सिन्धुली । मध्यपहाडी लोकमार्गको खुर्कोट–घुर्मी खण्ड अन्तरगत सिन्धुलीको गोलन्जोर गाउँपालिका ३ लामसोती सुमोले ठक्कर दिँदा एक जना बाल...