एजेन्सी – पूर्वओपनर गौतम गम्भीर भारतीय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन्।
गम्भीर सन् २००७ मा टि ट्वान्टी र २०११ मा भारतले एक दिवसीय विश्वकप जित्दा टोलीको सदस्य थिए।
भारतीय क्रिकेट कन्ट्रोल बोर्ड ९बीसीसीआईं० का सचिव जय शाहले गम्भीरलाई नियुक्त गरिएको मंगलबार जानकारी दिएका छन्। गम्भीर टेस्ट, एक दिवसीय र टि ट्वान्टी तीनवटै ढाँचाका प्रशिक्षक नियुक्त भएका हुन्।
यसअघि राहुल द्रविड भारतीय टोलीलाई प्रशिक्षण दिदै आएका थिए । उनको प्रशिक्षणमा भारतले हालै आइसिसी टि ट्वान्टी विश्वकपको उपाधि जितेको थियो।
गम्भीरको कार्यकाल साढे ३ वर्षको हुने बताइएको छ। बीसीसीआईले आवेदन आह्वान गरेकोमा गम्भीर र भारतीय महिला टोलीका पूर्वप्रशिक्षक डब्ल्यूभी रमनको आवेदन परेको थियो।


