Badapatra Online

‘बुल मार्केट’ पर्खिरहेकी छेतेन

Advertisement

होटल छिर्नेबित्तिकै बायाँतर्फ डाइनिङ हलको एउटा टेबलमा ल्यापटप चलाइरहेकी छेतेन लामालाई हामीले देख्यौं।
होटलमा आउने अरू पाहुनालाई उनले जसरी स्वागत गर्थिन्, त्यसरी नै मुसुक्क हाँसेर दुई हात जोड्दै हामीलाई अभिवादन गरिन ।
‘अघि फोन गरेको थिएँ नि, मैले हो,ु होटल छिर्दै गरेको हाम्रो टोलीको सबभन्दा अगाडि रहेका मेरा मित्रले भने, ुहामी नेप्सेबाट आएको ।’
उनको अनुहार धपक्क बल्यो। पाहुना आउँदा व्यापार बढ्ने भयो भनेर सबै होटल सञ्चालकहरू सामान्यतया खुसी नै हुन्छन्। तर यति बेला छेतेनको खुसीको पारो बिस्तारै होइन, ह्वात्तै बढेको थियो।
‘ओहो सरहरू नेप्सेबाट आउनुभएको?,ु उनको प्रश्नमा कौतुहल मिसिएको थियो, ुकस्तो दिनमा आइपुग्नुभएछ। यता तपाईंहरू आउने, उता मार्केटले सर्किट हान्ने।’
हामी रसुवाको स्याफ्रुबेसी पुगेको दिन सरकार परिवर्तन हुने चर्चाले सेयर बजार परिसूचक नेप्से उच्च अंकले बढेर कारोबार सुरू भएको केही समयमै बन्द भइसकेको रहेछ। सेयर बजार सम्बन्धी चेतना कार्यक्रम गर्ने यात्रामा निस्केको र बाटोमा सञ्चार सम्पर्कबाट पूरै विच्छेद भएको हाम्रो टोलीलाई ुसर्किट ब्रेकरु लागेको थाहा थिएन।
बजार बेस्सरी बढेर माथि नजाओस् र असाध्यै घटेर तल नझरोस्, कारोबारीहरू एक्कासि ठूलो नोक्सानीमा नपरून् भनेर संसारभर स्टक एक्सचेन्जहरूले सर्किट ब्रेकर (केही समयका लागि कारोबार स्थगन गर्ने) को व्यवस्था गरेका हुन्छन्। सर्किट ब्रेकरले बजारको उतारचढावमा मच्चिएर एकोहोरो भएका कारोबारीलाई ठन्डा दिमागले निर्णय गर्ने अवसर दिन्छ। सर्किट ब्रेकरले बजार वास्तवमा बढ्नुपर्ने हो, घट्नुपर्ने हो वा स्थिर रहनुपर्ने हो, के हुनुपर्ने हो भन्ने प्रश्न कारोबारीलाई सोधिरहेको हुन्छ।
यसअघि सरकार परिवर्तन भएका यस्तै घटनाहरूमा बजार बढेको थियो। यसपालि पनि यस्तै हुन सक्छ भन्ने सामान्य अनुमान हामीले गरेका थियौं। तैपनि कारोबारीलाई खुल्दुली भइहाल्छ। सम्पत्र् िकमाउने र गुमाउने यस्ता घटनाहरूमा उनीहरूको मन(मस्तिष्क शान्त हुन सक्दैन, निष्क्रिय बस्न पनि सक्दैन।
छेतेनले प्रश्नको वर्षा गरिन्। हामीलाई बजार सम्बन्धी सबै प्रश्नको उत्तर थाहा छ भन्ने उनलाई लागेको हुनुपर्छ। कुराकानी गर्ने क्रममा उनले सेयर बजारका यति धेरै प्राविधिक शब्दहरू प्रयोग गरिन्, त्यसले हामीलाई पनि जिज्ञासु बनायो। ती शब्दहरू यस्ता थिए, जो बजारलाई अलि बुझेको र कारोबारमा राम्रै अनुभव हासिल गरिसकेको लगानीकर्ताले मात्र प्रयोग गर्छन ।
गड्गडाउँदो त्रिशुली किनारमा अग्लाअग्ला पहाडहरूबीच लपक्कै टाँसिएर बसेको छ यो सानो बस्तीमा सेयर बजार सम्बन्धी यस किसिमको कुराकानी होला भन्ने हामीले अपेक्षा गरेका थिएनौं।

अपेक्षा पनि कसरी गर्ने ?

काठमाडौंबाट नजिक भए पनि स्याफ्रुबेसी पुग्ने बाटो सजिलो छैन। विश्वकै दोस्रो ठूलो अर्थतन्त्र चीनसँग जोडिने सडकमार्गमा मान्छेको आउजाउ कम छ। बाह्रै महिना सानो(ठूलो पहिरो खसिरहन्छ। बाटो भासिइरहन्छ। बजारमा चहलपहल कम छ। पढाइलेखाइ, व्यापार, व्यवसाय, जागिर गर्ने रहर पालेर धेरै जना काठमाडौं नै जान्छन्। गाउँमा अडिएर बस्ने कम छन ।
रसुवामा भेटिएका अरूहरूले यस्तै निराशाका कुरा सुनाए पनि छेतेन आशावादी थिइन्। सेयर बजारको भाषामा उनको तेवर ‘बुलिश’ थियो।
अब प्रश्न सोध्ने पालो मेरो थियो, ‘साँच्चै, सर्किट ब्रेक नै लगाउनुपर्ने गरी हिजोको आजै के भएछ बजारमा?’
उनले भनिन, ‘यो हल्लाको बजार हो। हल्लाको भरमा चल्छ। बजारलाई तलमाथि गर्न एउटा हल्ला भए पुग्छ।’

‘अनि यस्तो हल्लाको बजारमा तपाईं कसरी आइपुग्नुभयो?’ मैले सोधेँ।
‘कोरोना महामारीको बेलामा अरू काम थिएन, अनि यो बजारमा आइयो नि,’ उनले आफ्नो सेयर बजार लगानी यात्राको कथा सुनाइन ।
खासमा उनलाई सेयरसँग परिचय चिलिमे जलविद्युत कम्पनीले गराएको थियो। अरू स्थानीयले जस्तै दुईपटक गरी उनले चिलिमेको दुई सय कित्ता सेयर किनेकी थिइन्। झन्डै डेढ दशक अगाडिको कुरा भएकाले र बीचमा लगानीको शृंखला टुटेकाले त्यति बेला कति कित्ता र कुन भाउमा किनिएको थियो भन्ने उनले मोटामोटी हिसाब मात्र सम्झिन सकिन्।
‘म फाइल हेरेर भन्न सक्छु त्यसको हिसाब,’ उनले भनिन ।
मैले पर्दैन भनेँ।
खासमा छेतेनले कोरोना महामारीका कारण होटल व्यवसायबाट पाएको फुर्सदलाई सेयर बजारमा व्यस्त बनाउने अवसरका रूपमा प्रयोग गरेकी रहिछन ।
‘ऊ त्यो होटलको भाइले सेयर कारोबार गर्ने रहेछ। मैले पनि सिकेँ,ु बाटो पारिपट्टि रहेको होटलतिर औंला तेस्र्याउँदै उनले भनिन, ‘त्यो एक किसिमले ब्लेसिङ इन डिसगाइज जस्तो भयो भनुम् न।’
मान्छेहरूले सेयर कारोबारबाट नाफा कमाएर घरघडेरी किनेको, गाडी चढेको उनले सुनेकी रहिछन । ‘यो रातारात करोडपति बन्न सकिने बजार हो’ भनेर कसैले उनलाई भनेको पनि रहेछ।
यस्ता कुरा सुने पनि उनले पत्याएर बजारमा हाम फालेकी थिइनन्। सुनेका ती कुरा जाँच गर्ने मौका कोरोना महामारीले दियो। त्यही छिमेकी भाइले चिनाइदिएको ब्रोकरमा अनलाइनबाट कारोबार खाता खोलेर छेतेनले ट्रेड म्यानेजमेन्ट सिस्टम (टिएमएस) प्राप्त गरिन्। यसरी दोस्रो बजारमा प्रवेश गरेकी उनले फेरि पनि चिलिमेकै सेयर खरिद गरिन ।
‘चिलिमेको १५ सय कित्ता किनेँ। मलाई सेयर भनेकै चिलिमे मात्रै हो भन्ने लागेको थियो। तर बजारमा यति धेरै कम्पनी रहेछन्। यति धेरै क्षेत्र रहेछ। मुचुअल फन्ड रहेछ। अहिले त बन्डहरू पनि आएका छन्। पछि मात्रै थाहा भयो।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सिन्धुलीमा ५३ दशमलव ५८ प्रतिशत मतदान, मतपेटीका संकलन हुँदै, शुक्रबारबाट मात्रै मतगणना

सिन्धुलीमा ५३ दशमलव ५८ प्रतिशत मतदान, मतपेटीका संकलन हुँदै, शुक्रबारबाट मात्रै मतगणना

सिन्धुली । बिहिबार सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा सिन्धुलीको दुबै क्षेत्रमा गरि जम्मा ५३ दशमलव ५८ प्रतिशत मत खसेको छ । कुल २ ला...
सिन्धुलीमा निर्वाचन अवधिभरि मदिरा बिक्री वितरणमा रोक

सिन्धुलीमा निर्वाचन अवधिभरि मदिरा बिक्री वितरणमा रोक

सिन्धुली  । सिन्धुलीमा निर्वाचन अवधिभरि मदिरा बिक्री वितरण एवं सेवनमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय सिन्धुलीले बिहिबार ...
सिन्धुलीको मरिणमा शुक्रबार सार्वजनिक विदा (सूचना सहित)

सिन्धुलीको मरिणमा शुक्रबार सार्वजनिक विदा (सूचना सहित)

सिन्धुली । फागुन १५ गते शुक्रबार सिन्धुलीको मरिण गाउँपालिकाले सार्वजनिक विदा दिने निर्णय गरेको छ । गाउँपालिकाको निर्णय अनुसार राष...
सिन्धुलीको गोलन्जोरमा सुमोले ठक्करदिँदा बालकको मृत्यु, मध्यपहाडी लोकमार्ग अवरुद्ध

सिन्धुलीको गोलन्जोरमा सुमोले ठक्करदिँदा बालकको मृत्यु, मध्यपहाडी लोकमार्ग अवरुद्ध

सिन्धुली । मध्यपहाडी लोकमार्गको खुर्कोट–घुर्मी खण्ड अन्तरगत सिन्धुलीको गोलन्जोर गाउँपालिका ३ लामसोती सुमोले ठक्कर दिँदा एक जना बाल...