Badapatra Online

बलिउडका यी ७ कलाकार केसँग डराउँछन्

Advertisement

सामान्यतया मानिसहरू आगो अथवा पानीसँग डराउँछन्। तर बलिउडका केही कलाकारहरू खानेकुरा र सिलिङ पंखादेखि पनि डराउँछन्। जुन कुरा सुन्दा तपाईंहरूलाई अचम्म लाग्न सक्छ।

हामीले बलिउडका सात जना कलाकारहरू के(के सँग डराउँछन् भनेर चर्चा गरेका छौं

अजय देवगन

बलिउड अभिनेता अजय देवगनलाई लिफ्टदेखि डर लाग्छ। उनले एउटा घटनापछि लिफ्टमा ओहोरदोहोर गर्न असहज लाग्ने बताएका छन्।

अजयले उक्त घटनालाई स्मरण गर्दै भनेका छन्, ुकेही वर्ष पहिले जब म दुई जनासँग लिफ्टमा थिएँ, एक्कासी त्यो बिग्रियो। र तीव्र गतिमा तेस्रो तल्लाबाट भुइँ तल्लामा खस्यो। तर कोही पनि गम्भीर घाइते भएनन्। हामी करिब १ घण्टासम्म त्यहाँ फसेका थियौं। त्यस बेलादेखि म लिफ्टमा चढ्न असहज महसुस गर्छु।ु

कट्रीना कैफ

बलिउड अभिनेत्री कट्रीना कैफ खानेकुरासँग डराउँछिन्। उनले ुजिन्दगी ना मिलेगी दोबाराु मा सबैभन्दा ठूलो डरको सामना गर्नुपरेको थियो। फिल्मको ला टोमाटिना फेस्टिभलमा सहभागी हुँदा उनको अवस्था बिग्रिएको थियो। त्यसकारण उनलाई टमाटर ९गोलभेडा० सँग डर लाग्ने बताउँछिन्। त्यसैले उनले टमाटो केचप ब्रान्डको विज्ञापन गर्न समेत अस्वीकार गरेकी थिइन्।

सोनम कपुर

बलिउड अभिनेत्री सोनम कपूर मल र एयरपोर्टहरूको लिफ्टसँग डराउँछिन्। एकपटक फिल्मको सुटिङ लिफ्टमा गर्ने भनिएको थियो। त्यसबेला एउटा सटको लागि करिब ५ घण्टा लागेको थियो। त्यसबेला देखि उनलाई लिफ्टसँग डर लागेको बताउँछिन्।

रणवीर कपूर

रणवीर कपूरलाई माकुरो र साङ्लोसँग डर लाग्छ।

आमिर खान

अभिनेता आमिर खान मृत्युदेखि डर लाग्ने बताउँछन्। फिल्म ुदंगलु को प्रचारको क्रममा उनले आफूलाई मृत्युसँग डर लाग्ने बताएका थिए।

दीपिका पादुकोण

अभिनेत्री दीपिका पादुकोणलाई सर्पदेखि डर लाग्छ। उनी सर्प विषालु, आक्रमण गर्ने स्वभावका र मानिसको ज्यान लिनसक्ने भएकाले सर्पदेखि डर लाग्ने बताउँछिन्।

अर्जुन कपूर

बलिउड अभिनेता अर्जुन कपूरलाई सिलिङ पंखा देखेर डर लाग्छ। उनले एक अन्तर्वार्तामा बोल्दै आफ्नो घरको सिलिङमा पंखा नभएको खुलासा गरेका थिए।

(भारतीय सञ्चारमाध्यम बलिउड लाइफको सहयोगमा तयार पारिएको)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सिन्धुलीमा ५३ दशमलव ५८ प्रतिशत मतदान, मतपेटीका संकलन हुँदै, शुक्रबारबाट मात्रै मतगणना

सिन्धुलीमा ५३ दशमलव ५८ प्रतिशत मतदान, मतपेटीका संकलन हुँदै, शुक्रबारबाट मात्रै मतगणना

सिन्धुली । बिहिबार सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा सिन्धुलीको दुबै क्षेत्रमा गरि जम्मा ५३ दशमलव ५८ प्रतिशत मत खसेको छ । कुल २ ला...
सिन्धुलीमा निर्वाचन अवधिभरि मदिरा बिक्री वितरणमा रोक

सिन्धुलीमा निर्वाचन अवधिभरि मदिरा बिक्री वितरणमा रोक

सिन्धुली  । सिन्धुलीमा निर्वाचन अवधिभरि मदिरा बिक्री वितरण एवं सेवनमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय सिन्धुलीले बिहिबार ...
सिन्धुलीको मरिणमा शुक्रबार सार्वजनिक विदा (सूचना सहित)

सिन्धुलीको मरिणमा शुक्रबार सार्वजनिक विदा (सूचना सहित)

सिन्धुली । फागुन १५ गते शुक्रबार सिन्धुलीको मरिण गाउँपालिकाले सार्वजनिक विदा दिने निर्णय गरेको छ । गाउँपालिकाको निर्णय अनुसार राष...
सिन्धुलीको गोलन्जोरमा सुमोले ठक्करदिँदा बालकको मृत्यु, मध्यपहाडी लोकमार्ग अवरुद्ध

सिन्धुलीको गोलन्जोरमा सुमोले ठक्करदिँदा बालकको मृत्यु, मध्यपहाडी लोकमार्ग अवरुद्ध

सिन्धुली । मध्यपहाडी लोकमार्गको खुर्कोट–घुर्मी खण्ड अन्तरगत सिन्धुलीको गोलन्जोर गाउँपालिका ३ लामसोती सुमोले ठक्कर दिँदा एक जना बाल...