बलिउड अभिनेता राजकुमार राव र अभिनेत्री श्रद्धा कपूर अभिनीत फिल्म ‘स्त्री २’ ले बक्स अफिसमा धमाका मच्चाएको थियो।
सन् २०१८ मा प्रदर्शन भएको फिल्ममा श्रद्धाले भूतनीको भूमिका निर्वाह गरेकी थिइन्। यो फिल्मले बक्स अफिसमा सफलता हासिल गरेसँगै दर्शक ‘स्त्री २’ को पर्खाइमा छन ।
यसैबीच फिल्ममा अभिनेता अक्षय कुमार अनुबन्धित भएका छन्। भारतीय सञ्चारमाध्यम हिन्दुस्तान टाइम्सका अनुसार फिल्ममा अक्षय एक महत्वपूर्ण भूमिकामा देखिनेछन । जसमा उनको भूमिका कमेडीले भरिएको हुनेछ।
अक्षयले भूल भुलैया, हेरा फेरी, वेलकमु जस्ता फिल्ममा कमेडी भूमिका निर्वाह गरेका छन ।
‘स्त्री २’ अगस्त १५ देखि हलमा रिलिज हुनेछ। फिल्ममा अक्षय कुमार अनुबन्धित भएसँगै उत्सुकता बढेको छ।


