Badapatra Online

भारत : धार्मिक कार्यक्रममा भएको भागदौडको घटनामा गम्भीर मानवीय लापरबाही भएको निष्कर्ष

Advertisement

एजेन्सी । भारतको उत्तर प्रदेशमा गएको हप्ता एक धार्मिक कार्यक्रममा भागदौड मच्चिँदा १ सय २१ जनाको ज्यान गएको घटनामा ६ जना सरकारी अधिकारी निलम्बनमा परेका छन् । निलम्बनमा पर्नेमा प्रहरी, स्थानीय अधिकारी र जिल्ला प्रशासनका अधिकारी रहेका छन् ।

गएको हप्ता भएको एक धार्मिक कार्यक्रममा अत्याधिक भीड र भागदौडका कारण १ सय २१ जनाको ज्यान गएको थियो । विशेष अनुसन्धान टोली (एसआईटी) ले स्थानीय प्रशासनले घटना हुन नदिन र घटनापछिको अवस्था सम्हाल्ने क्रममा गम्भीर लापरबाही भएको निष्कर्ष निकालेको थियो ।

एसआईटीको रिपोर्टले आयोजक हिन्दु धर्म प्रचारक, स्थानीय अधिकारीहरू र प्रहरी सबैको गैरजिम्मेवारी भएको उल्लेख गरेको छ । उनीहरूले घटनालाई गम्भीरतापूर्वक नलिएको पनि रिपोर्टले जनाएको छ । अनुसन्धानको क्रममा १ सय २५ जना प्रत्यक्षदर्शीसँग बयान, घाइतेहरु, प्रहरी र जिल्ला अधिकारीहरुसँग अन्तर्वार्ता गरिएको थियो ।

यस्तै, समाचार, फोटो र भिडियो फुटेजको पनि जाँच गरिएको खबरमा उल्लेख छ । यस घटनामा धर्म प्रचार कार्यक्रमका मुख्य आयोजक देवप्रकाश मधुकरसहित नौ जना पक्राउ परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सिन्धुलीमा ५३ दशमलव ५८ प्रतिशत मतदान, मतपेटीका संकलन हुँदै, शुक्रबारबाट मात्रै मतगणना

सिन्धुलीमा ५३ दशमलव ५८ प्रतिशत मतदान, मतपेटीका संकलन हुँदै, शुक्रबारबाट मात्रै मतगणना

सिन्धुली । बिहिबार सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा सिन्धुलीको दुबै क्षेत्रमा गरि जम्मा ५३ दशमलव ५८ प्रतिशत मत खसेको छ । कुल २ ला...
सिन्धुलीमा निर्वाचन अवधिभरि मदिरा बिक्री वितरणमा रोक

सिन्धुलीमा निर्वाचन अवधिभरि मदिरा बिक्री वितरणमा रोक

सिन्धुली  । सिन्धुलीमा निर्वाचन अवधिभरि मदिरा बिक्री वितरण एवं सेवनमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय सिन्धुलीले बिहिबार ...
सिन्धुलीको मरिणमा शुक्रबार सार्वजनिक विदा (सूचना सहित)

सिन्धुलीको मरिणमा शुक्रबार सार्वजनिक विदा (सूचना सहित)

सिन्धुली । फागुन १५ गते शुक्रबार सिन्धुलीको मरिण गाउँपालिकाले सार्वजनिक विदा दिने निर्णय गरेको छ । गाउँपालिकाको निर्णय अनुसार राष...
सिन्धुलीको गोलन्जोरमा सुमोले ठक्करदिँदा बालकको मृत्यु, मध्यपहाडी लोकमार्ग अवरुद्ध

सिन्धुलीको गोलन्जोरमा सुमोले ठक्करदिँदा बालकको मृत्यु, मध्यपहाडी लोकमार्ग अवरुद्ध

सिन्धुली । मध्यपहाडी लोकमार्गको खुर्कोट–घुर्मी खण्ड अन्तरगत सिन्धुलीको गोलन्जोर गाउँपालिका ३ लामसोती सुमोले ठक्कर दिँदा एक जना बाल...