Badapatra Online

सामसङका ३० हजार कर्मचारी आजदेखि अनिश्चितकालीन हडतालमा

Advertisement

एजेन्सी । दक्षिण कोरियाली कम्पनी सामसङका ३० हजार कर्मचारीले अनिश्चितकालीन हडताल थालेका छन् । प्रविधि कम्पनी सामसङका कर्मचारीले यसअघि तलब वृद्धि र अन्य सुविधाको माग राखेर तीन दिने हडताल गरेका थिए । तर यो बीचमा पनि आफ्ना मागबारे व्यवस्थापन पक्ष गम्भीर नभएको भन्दै कर्मचारी युनियन ९एनएसईयू० ले आजदेखि अनिश्चितकालीन हडताल थालेका हुन् ।

सामसङ इलेक्ट्रोनिक्स विश्वको सबैभन्दा ठूलो मेमोरी चिप, स्मार्टफोन र टेलिभिजन निर्माता कम्पनी हो । युनियनको वेबसाइटमा पहिलो आमहडतालपछि पनि कम्पनीले वार्ता गर्ने मनसाय नदेखाएकोले दोस्रो अनिश्चितकालीन आमहडतालको आह्वान गरिएको उल्लेख छ ।

कर्मचारीको हडतालले उत्पादन अवरुद्ध भएको छ । तर सामसङले यो दाबीलाई अस्वीकार गरेको बीबीसीले जनाएको छ । कम्पनीको झन्डै ५५ वर्षको इतिहासमा पहिलो पटक यति ठूलो हडताल भएको हो । यो हडतालपछि कोरिया स्टक एक्सचेन्जमा सामसङको शेयरमा गिरावट आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सिन्धुलीमा ५३ दशमलव ५८ प्रतिशत मतदान, मतपेटीका संकलन हुँदै, शुक्रबारबाट मात्रै मतगणना

सिन्धुलीमा ५३ दशमलव ५८ प्रतिशत मतदान, मतपेटीका संकलन हुँदै, शुक्रबारबाट मात्रै मतगणना

सिन्धुली । बिहिबार सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा सिन्धुलीको दुबै क्षेत्रमा गरि जम्मा ५३ दशमलव ५८ प्रतिशत मत खसेको छ । कुल २ ला...
सिन्धुलीमा निर्वाचन अवधिभरि मदिरा बिक्री वितरणमा रोक

सिन्धुलीमा निर्वाचन अवधिभरि मदिरा बिक्री वितरणमा रोक

सिन्धुली  । सिन्धुलीमा निर्वाचन अवधिभरि मदिरा बिक्री वितरण एवं सेवनमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय सिन्धुलीले बिहिबार ...
सिन्धुलीको मरिणमा शुक्रबार सार्वजनिक विदा (सूचना सहित)

सिन्धुलीको मरिणमा शुक्रबार सार्वजनिक विदा (सूचना सहित)

सिन्धुली । फागुन १५ गते शुक्रबार सिन्धुलीको मरिण गाउँपालिकाले सार्वजनिक विदा दिने निर्णय गरेको छ । गाउँपालिकाको निर्णय अनुसार राष...
सिन्धुलीको गोलन्जोरमा सुमोले ठक्करदिँदा बालकको मृत्यु, मध्यपहाडी लोकमार्ग अवरुद्ध

सिन्धुलीको गोलन्जोरमा सुमोले ठक्करदिँदा बालकको मृत्यु, मध्यपहाडी लोकमार्ग अवरुद्ध

सिन्धुली । मध्यपहाडी लोकमार्गको खुर्कोट–घुर्मी खण्ड अन्तरगत सिन्धुलीको गोलन्जोर गाउँपालिका ३ लामसोती सुमोले ठक्कर दिँदा एक जना बाल...