Badapatra Online

पोखरा नेपालको पर्यटकीय राजधानी घोषणा

Advertisement

कास्की— कास्की जिल्लाको पोखरा शहरलाई औपचारिक रुपमा पर्यटकीय राजधानी घोषणा गरिएको छ ।

आइतबार पोखरा महोत्सवको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पोखरालाई नेपालको पर्यटन राजधानी घोषणा गरेका हुन् । पोखरा प्राकृतिक, साँस्कृतिक साहसिक क्षेत्रको अद्वितीय संगम रहेको भन्दै प्रधानमन्त्रीले नेपालको पर्यटन राजधानी घोषणा गरेका हुन् ।

पोखरा नेपालको पर्यटकीय क्षेत्रको प्रमुख गन्तव्य हो । उक्त गन्तव्य आजदेखि मुलुकै पर्यटनको लागि राजाधानीको रुपमा नेपाल सरकारबाट घोषणा भएको छ ।

कार्यक्रममा बोल्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले प्राकृतिक, साँस्कृतिक साहसिक क्षेत्रको दृष्टिले अनुपम, विश्वकै शीर्ष पर्यटकीय गन्तव्यको रुपमा ख्याती प्राप्त सुन्दर पोखरालाई मुलुककै पर्यटकीय राजधानीको रुपमा औपचारिक रुपमा घोषणा गरिएको बताए ।

उनले पोखरा पर्यटन राजधानी घोषणाले समग्र गण्डकी प्रदेश र मुलुककै श्रीवृद्धिमा नयाँ आयाम थपिने विश्वास लिएको धारणा राखे । उनले विश्वका विभिन्न मुलुकमा शहरका आ–आफ्नै विशेषता र पहिचानको आधारमा राजधानी घोषणा गर्ने तथ्यलाई समेत विचार गरी पोखरालाई पर्यटन राजधानी घोषणा गरिएको दाबी गरे ।

‘पोखरालाई पर्यटन राजधानी घोषणाका लागि विज्ञसहित अध्ययन समिति गठन गरिएको थियो । समितिले अध्ययन गरी विभिन्न सूचकहरुको आधारमा पर्यटन राजधानी घोषणा गर्न सिफारिस गरेको थियो । सम्पूर्ण निकायहरुको संस्थागत निर्णय र सिफारिसको आधारमा घोषणा गरिएको हो’, उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

तिनपाटनको लाम्पानटारमा आँखा उपचार केन्द्र स्थापना

तिनपाटनको लाम्पानटारमा आँखा उपचार केन्द्र स्थापना

सिन्धुली । सिन्धुलीको तिनपाटन गाउँपालिकामा ग्रामिण आँखा उपचार केन्द्रको स्थापना गरिएको छ । तिलगंगा आँखा अस्पताल, भिजन हिमालयन फाउ...
ऊर्जामन्त्री खड्काले बनाएको टीओडी जाँच गर्ने समितिले काम गर्न नपाउने

ऊर्जामन्त्री खड्काले बनाएको टीओडी जाँच गर्ने समितिले काम गर्न नपाउने

काठमाडौं । सर्वोच्च अदालतले ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले डेडिकेटेड फिडर तथा ट्रंकलाइन विवादमा टाइम्स अफ डे मिटरिङ...
सगरमाथा संवाद कार्यक्रममा विदेशी पाहुनासहित ३५० जना सहभागी हुने

सगरमाथा संवाद कार्यक्रममा विदेशी पाहुनासहित ३५० जना सहभागी हुने

काठमाडौं : सरकारले आयोजना गर्ने सगरमाथा संवादमा विदेशी पाहुनासहित कम्तीमा ३५० जना सहभागी हुने भएका छन्। प्रधानमन्त्री कार्यालयले आ...
गोलन्जोरमा उपाध्यक्ष कप भलिबल प्रतियोगिता सुरु

गोलन्जोरमा उपाध्यक्ष कप भलिबल प्रतियोगिता सुरु

सिन्धुली  । सिन्धुलीको गोलन्जोर गाउँपालिकामा उपाध्यक्ष कप भलिबल प्रतियोगिता आइतबारबाट सुरु भएको छ । गोलन्जोर गाउँपालिका ३ ग्वाल्ट...