Badapatra Online

६ महिनामा ५ लाख ८३ हजार पर्यटक नेपाल भित्रिए, सबैभन्दा धेरै भारतबाट

Advertisement

काठमाडौँ । सन् २०२४ को ६ महिनामा नेपाल भित्रिने पर्यटकको सङ्ख्या ५ लाख ८३ हजार १६ पुगेको छ । पछिल्लो महिना मात्र ७६ हजार बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन् ।

अध्यागमन विभागलाई उद्धृत गर्दै नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्याङ्क अनुसार हवाईमार्ग हुँदै जुन, २०२४ मा ७६ हजार ७३६ जना विदेशी पर्यटक नेपाल प्रवेश गरेका हुन् । यो अघिल्लो वर्षको यसै अवधिको तुलनामा ६।२१ प्रतिशतले पर्यटक आगमनको वृद्धि हो ।

सन् २०२३ को जुनमा ७२ हजार २५० जना पर्यटक भित्रिएका थिए । बोर्डका अनुसार समीक्षा अवधिमा सबैभन्दा बढी छिमेकी मुलुक भारतबाट सबैभन्दा बढी ३७ हजार ८३५ जना पर्यटक नेपाल भित्र्याएका छन् ।

दोस्रोमा अमेरिका ९यूएसए० बाट ८ हजार २८१ जना भित्रिएका छन् भने यसै अवधिमा अर्को छिमेकी मुलुक चीनबाट ७ हजार ४९४ जना पर्यटक नेपाल भित्रिएका छन् ।

यसैगरी बंगलादेशबाट ३ हजार ८५७ जना, बेलायतबाट १ हजार ९६९ जना, अस्ट्रेलियाबाट १ हजार ५८९ जना, भुटानबाट १ हजार ६६ जना, मलेसियाबाट १ हजार १४ जना, जापानबाट ९५३ जना र दक्षिण कोरियाबाट ८७५ जना भित्रिएको पर्यटन बोर्डले जनाएको छ ।

प्रि–कोभिड अर्थात् सन् २०१९ को तुलनामा यो महिना २।४७ प्रतिशतले पर्यटक आगमन वृद्धि भएको छ । सन् २०१९ को जुनमा ७४ हजार ८८३ जना विदेशी पर्यटक नेपाल आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

तिनपाटनको लाम्पानटारमा आँखा उपचार केन्द्र स्थापना

तिनपाटनको लाम्पानटारमा आँखा उपचार केन्द्र स्थापना

सिन्धुली । सिन्धुलीको तिनपाटन गाउँपालिकामा ग्रामिण आँखा उपचार केन्द्रको स्थापना गरिएको छ । तिलगंगा आँखा अस्पताल, भिजन हिमालयन फाउ...
ऊर्जामन्त्री खड्काले बनाएको टीओडी जाँच गर्ने समितिले काम गर्न नपाउने

ऊर्जामन्त्री खड्काले बनाएको टीओडी जाँच गर्ने समितिले काम गर्न नपाउने

काठमाडौं । सर्वोच्च अदालतले ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले डेडिकेटेड फिडर तथा ट्रंकलाइन विवादमा टाइम्स अफ डे मिटरिङ...
सगरमाथा संवाद कार्यक्रममा विदेशी पाहुनासहित ३५० जना सहभागी हुने

सगरमाथा संवाद कार्यक्रममा विदेशी पाहुनासहित ३५० जना सहभागी हुने

काठमाडौं : सरकारले आयोजना गर्ने सगरमाथा संवादमा विदेशी पाहुनासहित कम्तीमा ३५० जना सहभागी हुने भएका छन्। प्रधानमन्त्री कार्यालयले आ...
गोलन्जोरमा उपाध्यक्ष कप भलिबल प्रतियोगिता सुरु

गोलन्जोरमा उपाध्यक्ष कप भलिबल प्रतियोगिता सुरु

सिन्धुली  । सिन्धुलीको गोलन्जोर गाउँपालिकामा उपाध्यक्ष कप भलिबल प्रतियोगिता आइतबारबाट सुरु भएको छ । गोलन्जोर गाउँपालिका ३ ग्वाल्ट...