Badapatra Online

निरन्तरको झरीले प्याराग्लाइडिङ प्रभावित

Advertisement

कास्की । बर्खामासको निरन्तर झरीले गर्दा पोखराको आकाशमा प्याराग्लाइडिङ उडान ठप्प भएको छ । पोखराको पर्यटन बिस्तारै फस्टाउन लाग्दा बर्खामासको झरीले पर्यटन व्यवसायीको अपेक्षालाई निथु्रक्क भिजाएको छ । अहिले पोखरामा भारतीय पर्यटक छन् । झरीले गर्दा पर्यटक पनि बाहिर निस्कन नसक्ने अवस्था छ । पोखरा आएर प्याराग्लाइडिङ गर्ने भारतीय पर्यटक झरीका कारण उड्न सकेका छैनन् ।

नेपाल हवाई खेलकुद संस्था ९ना० पोखराका निवर्तमान अध्यक्ष कृष्णप्रसाद भण्डारीले झरीले गर्दा प्याराग्लाइडिङ उडान ठप्प भएको बताउनुभयो । उहाँले लगातार परेको झरीले बुकिङ पनि क्यान्सिल गर्नु परेको बताउनुभयो ।

“प्याराग्लाइडिङको उडानका लागि उपयुक्त समय नभए पनि भारतीय पर्यटकले उडान गरिराखेका थिए तर निरन्तरको झरीले गर्दा अहिले उडान ठप्प भएको छ । दैनिक १५० को हाराहारीमा उडान हुँदै आएको थियो,” उहाँले भन्नुभयो । उहाँका अनुसार प्याराग्लाइडिङ व्यवसाय बर्खामास सोचेजस्तो नहुने प्रतिक्रिया दिनुभयो । भण्डारीले प्याराग्लाइडिङ उडान गर्नका लागि चारदेखि पाँच हजार रुपियाँ लाग्ने जानकारी दिनुभयो । उहाँका अनुसार अहिले आन्तरिकभन्दा पनि भारतीय पर्यटक बढी छन् ।

उहाँका अनुसार पोखरामा ६० प्याराग्लाइडिङ कम्पनी संस्थामा आबद्ध छन् । ३९० सय पाइलटमध्ये तीन सयले प्याराग्लाइडिङ उडान गर्छन् । सराङकोटको डाँडाबाट प्याराग्लाइडिङ उडान हुँदै आएको छ ।

पोखरामा सन् १९९६ देखि प्याराग्लाइडिङ उडान सुरु भएको हो । सन् २००० देखि कम्पनी खडा गरेर यहाँ प्याराग्लाइडिङ व्यवसायीले उडान थालेका थिए ।

अहिले सराङकोटदेखि अलिकति पर मान्दे्रढुङ्गाबाट प्याराग्लाइडिङ उडान हुने गरेको छ र फेवाताल किनारमा अवतरण गरिन्छ । सराङकोट नजिकको तोरीपानी र मान्द्रेढुङ्गा पनि प्याराग्लाइडिङ उडानको क्षेत्र हो ।

मान्द्रेढुङ्गा, सराङकोट र तोरीपानीबाट उडेका सबै प्याराग्लाइडिङ फेवाताल किनारमै अवतरण गर्छन् । व्यवसायीले पोखराको आकाशमा झन्डै अढाई दशकदेखि भइरहेको प्याराग्लाइडिङ उडान केही गरी अन्यत्र सार्नुपर्दा त्यसको असर पर्यटन क्षेत्रमा पर्ने बताउँदै आए पनि मान्दे्रढुङ्गाबाटै उडान हुँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

तिनपाटनको लाम्पानटारमा आँखा उपचार केन्द्र स्थापना

तिनपाटनको लाम्पानटारमा आँखा उपचार केन्द्र स्थापना

सिन्धुली । सिन्धुलीको तिनपाटन गाउँपालिकामा ग्रामिण आँखा उपचार केन्द्रको स्थापना गरिएको छ । तिलगंगा आँखा अस्पताल, भिजन हिमालयन फाउ...
ऊर्जामन्त्री खड्काले बनाएको टीओडी जाँच गर्ने समितिले काम गर्न नपाउने

ऊर्जामन्त्री खड्काले बनाएको टीओडी जाँच गर्ने समितिले काम गर्न नपाउने

काठमाडौं । सर्वोच्च अदालतले ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले डेडिकेटेड फिडर तथा ट्रंकलाइन विवादमा टाइम्स अफ डे मिटरिङ...
सगरमाथा संवाद कार्यक्रममा विदेशी पाहुनासहित ३५० जना सहभागी हुने

सगरमाथा संवाद कार्यक्रममा विदेशी पाहुनासहित ३५० जना सहभागी हुने

काठमाडौं : सरकारले आयोजना गर्ने सगरमाथा संवादमा विदेशी पाहुनासहित कम्तीमा ३५० जना सहभागी हुने भएका छन्। प्रधानमन्त्री कार्यालयले आ...
गोलन्जोरमा उपाध्यक्ष कप भलिबल प्रतियोगिता सुरु

गोलन्जोरमा उपाध्यक्ष कप भलिबल प्रतियोगिता सुरु

सिन्धुली  । सिन्धुलीको गोलन्जोर गाउँपालिकामा उपाध्यक्ष कप भलिबल प्रतियोगिता आइतबारबाट सुरु भएको छ । गोलन्जोर गाउँपालिका ३ ग्वाल्ट...