काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शीतल निवास पुगेका छन्। संसद बैठक सकिएलगत्तै प्रधानमन्त्री दाहाल राष्ट्रपति पौडेललाई भेट्न महाराजगन्ज पुगेका हुन्।
माओवादी केन्द्रका सांसद माधव सापकोटाले प्रधानमन्त्री दाहालले पछिल्लो राजनीतिक परिस्थितिबारे राष्ट्रपति पौडेललाई रिपोर्टिङ गर्ने बताए। संविधानको धारा ७६९३० बमोजिम सरकार गठनको आह्वान गर्न राष्ट्रपतिलाई आग्रह गरिने उनको भनाइ छ।
ुप्रधानमन्त्रीजी राष्ट्रपतिकहाँ जानुभएको छ। उहाँले राजनीतिक परिस्थितिबारे रिपोर्टिङ गर्नुहुन्छ। संवैधानिक व्यवस्था जे छ, त्यहीअनुसार सरकार गठन आह्वान गर्न राष्ट्रपतिलाई आग्रह गर्नुहुन्छ। हामीलाई आशा छ, राष्ट्रपतिले संविधान मिच्नुहुन्न,ु उनले भने।
प्रधानमन्त्री दाहालले आजको प्रतिनिधिसभा बैठकमा विश्वासको मत मागेका थिए। विश्वासको मतको पक्षमा ६३ मत मात्रै खसेको थियो। विपक्षमा भने १९४ मत खसेको थियो। विश्वासको मत नपाएपछि दाहाल नेतृत्वको सरकार ढलेको छ। प्रधानमन्त्री दाहाल पदमुक्त बनेका छन्।


