Badapatra Online

गोलन्जोरमा बाढीले ध्वस्त विद्यालय पुनर्निर्माण सुरु

Advertisement

सिन्धुली । गत असोज १२ गते रोशी र सुनकोशी नदिमा आएको बाढीले बगाउँदा ध्वस्त भएको सामुदायिक विद्यालय भवन पुनर्निर्माण थालिएको छ ।
सिन्धुलीको गोलन्जोर गाउँपालिकाले वडा नम्बर ३ मुर्किवेसी स्थित कुशेश्वरी प्राविको भवन पुनर्निर्माण थालेको हो ।
सुनकोशी नदिमा आएको बाढीले पुरेर ध्वस्त बनाएको डेढ महिनामै बुधबार उक्त विद्यालय भवन पुनर्निर्माण थालिएको गाउँपालिकाका उपाध्यक्ष ज्वाला प्रसाद न्यौपाने (पुकार)ले जानकारी दिए । बाढीले भवनमा क्षेती पु¥याएपछि विद्यालयको पठनपाठननै अबरुद्ध थियो ।
बाढीले विद्यालयको सबै संरचनामा क्षेती पुगेपछि दातृ निकाय ब्याक टु लाईफ ई.भी. जर्मनीको सहयोगमा विद्यालयको पुरै संरचना नयाँ निर्माण थालिएको हो ।

आगामी छ महिनाभित्रै निर्माण सम्पन्न गर्नेगरी बुधबार एक कार्यक्रमका विच गाउँपालिकाका अध्यक्ष शंकरराज बराल, उपाध्यक्ष न्यौपाने, दातृनिकाय ब्याक टु लाईफ ई.भी. जर्मनीका डाइरेक्टर डिकेन्द्र ढकाल, कन्ट्री डाइरेक्टर अच्युत पौडेलले संयुक्त रुपमा विद्यालय भवनको शिलान्यास गरेका छन् ।
विद्यालय भवन निर्माणको जिम्मा पिनाकल महारुद्र जे.भी शंखमुल काठमाण्डौंले पाएको छ । समुदाय पद्धति विकास सेवा सिन्धुलीको समन्वयमा उक्त विद्यालय भवन निर्माणका लागि ब्याक टु लाईफ ई.भी. जर्मनीले सहयोग गरेको हो ।
विद्यालय भवनको लागत भ्याट सहित १ करोड १३ लाख ६ हजार पाँच सय ८४ रुपैयाँ ७३ पैसा रहेको छ । विद्यालय भवनमा बाढीले क्षेती पु¥याएपछि तिहार पछि व्यक्तिको घर भाडमा लिएर पठनपाठन सुरुगरिएको थियो ।

वडा अध्यक्ष कृष्ण प्रसाद पोखरेलका अनुसार मासिक चार हजार भाडा दिनेगरी वडाले दुई वटा कोठा भाडामा लिएर विद्यालय संचालन थालेको थियो । तर कक्षा कोठा, डेक्स, वेन्च, कार्यालय संचालन लगायतका समस्या भएपछि ६ महिनाभित्रै भवन निर्माण सक्ने गरी काम सुरु गरिएको वडा अध्यक्ष पोखरेलले जनाए ।
उक्त विद्यालय भवन निर्माणले स्थानीय ३० घरधुरीका १ सय ६५ जना लाभान्वित हुने छन् । बाढीले गोलन्जोर सहित सिन्धुलीका २५ वटा विद्यालयमा क्षेती पुगेको थियो ।
जिल्लाको सुनकोशी, गोलन्जोर र फिक्कल गाउँपालिकाका २५ वटा विद्यालयहरु मध्ये पाँच वटा विद्यालयका सबै भवनहरु पूर्ण रुपमा क्षेती पुगेको थियो । २० वटा विद्यालयमा आंशिक क्षेती भएपनि पठनपाठन गर्न सक्ने अवस्थामा छैनन् ।
ति विद्यालय र असपासका बस्तिहरुका विद्युत, खानेपानी तथा यातायात सेवा एक सातादेखि अबरुद्ध छन् ।
विद्यालय भवनहरुमा क्षेती पुग्दा तिवटा पालिकाका मात्र झण्डै १८ हजार विद्यार्थीहरु प्रभावित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सिन्धुलीमा ५३ दशमलव ५८ प्रतिशत मतदान, मतपेटीका संकलन हुँदै, शुक्रबारबाट मात्रै मतगणना

सिन्धुलीमा ५३ दशमलव ५८ प्रतिशत मतदान, मतपेटीका संकलन हुँदै, शुक्रबारबाट मात्रै मतगणना

सिन्धुली । बिहिबार सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा सिन्धुलीको दुबै क्षेत्रमा गरि जम्मा ५३ दशमलव ५८ प्रतिशत मत खसेको छ । कुल २ ला...
सिन्धुलीमा निर्वाचन अवधिभरि मदिरा बिक्री वितरणमा रोक

सिन्धुलीमा निर्वाचन अवधिभरि मदिरा बिक्री वितरणमा रोक

सिन्धुली  । सिन्धुलीमा निर्वाचन अवधिभरि मदिरा बिक्री वितरण एवं सेवनमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय सिन्धुलीले बिहिबार ...
सिन्धुलीको मरिणमा शुक्रबार सार्वजनिक विदा (सूचना सहित)

सिन्धुलीको मरिणमा शुक्रबार सार्वजनिक विदा (सूचना सहित)

सिन्धुली । फागुन १५ गते शुक्रबार सिन्धुलीको मरिण गाउँपालिकाले सार्वजनिक विदा दिने निर्णय गरेको छ । गाउँपालिकाको निर्णय अनुसार राष...
सिन्धुलीको गोलन्जोरमा सुमोले ठक्करदिँदा बालकको मृत्यु, मध्यपहाडी लोकमार्ग अवरुद्ध

सिन्धुलीको गोलन्जोरमा सुमोले ठक्करदिँदा बालकको मृत्यु, मध्यपहाडी लोकमार्ग अवरुद्ध

सिन्धुली । मध्यपहाडी लोकमार्गको खुर्कोट–घुर्मी खण्ड अन्तरगत सिन्धुलीको गोलन्जोर गाउँपालिका ३ लामसोती सुमोले ठक्कर दिँदा एक जना बाल...