सिन्धुली । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाका विभिन्न वडामा नेपाल टेलिकमको टावर निर्माणका लागि आवश्यक प्रकृया थालिएको छ ।
हरिहरपुरगढी गाउँपालिकाको पहलमा नेपाल टेलिकम (दुरसंचार कम्पनी लिमिटेड) वायरलेस सेवा निर्देशनालयले फारजी सहितको सेवाका लागि टावर निर्माण कार्य थालेको हो ।

गाउँपालिकाका अध्यक्ष बज्रध्वज वाइवाका अनुसार गाउँपालिकाको वडा नम्बर १ मा रुफटप विटिएस टावर निर्माणका लागि हरिहरपुरगढी स्वास्थ्य चौकीको छत प्रयोग गर्ने गरी सम्झौता समेत भएको छ ।
टवर निर्माणका लागि सम्झौंता गर्न दुरसंचार कम्पनी लिमिटेड वायरलेस सेवा निर्देशनालयका ईन्जिनियर सुर्वण बस्ताकोटी, प्राविधिक अधिकृत बिष्णु भण्डारी, सहायक प्रशासकीय अधिकृत पुष्पराज गुरागाँई गाउँपालिकामै आउनु भएको थियो ।

‘वडा नम्बर १ मा टवर निर्माणको लागि सम्झौंता भई सुरु भएको छ । यस्तै गाउँपालिकाको वडा नम्बर ६ को लेखटोल र वडा नम्बर ७ को भुताहा डाँडा टावर निर्माणका लागि यस अघिनै स्थलगत निरिक्षण तथा सर्भे सम्पन्न भईसकेको छ । ति स्थानहरुमा पनि छिट्टै टावर निर्माण काम सुरु गर्ने तयारी भएको छ,’ अध्यक्ष वाईवाले भन्नुभयो ।
यस्तै गाउँपालिका अध्यक्ष वाईबा सहितको उक्त टोलीले हरिहरपुरगढी गाउँपालिका ५ स्थित सिमरास डाडाँमा टावर स्थापनाको लागी स्थलगत निरिक्षण समेत गरेको बताइएको छ ।
सर्भै भईसकेको अन्य सवै स्थानहरुमा टेलिकमको टावर निर्माणको प्रकिया शुरु गर्न लागेको नेपाल टेलिकम बाट आउनु भएका प्रतिनिधिहरुले प्रतिकृया दिएका छन् ।

उक्त अवसरमा नेपाल टेलिकमको टोलिलाई गाउँपालिकाले कार्यालयमा स्वागत समेत गरेको छ । गाउँपालिकाका अध्यक्ष वाईवा, जनप्रतिनिधि, कर्मचारी लगायतले स्वागत गरिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत दिपेन्द्र कुमार पैकाराले जानकारी दिनु भयो ।
गाउँपालिकाका चार स्थानमा एकै पटक टेलिकमको टावर निर्माण हुने भएपछि स्थानीयमा खुसी समेत छाएको छ । गाउँपालिकाका अध्यक्ष वाइवाले अवको केही महिनाभित्रै गाउँपालिकामा नेपाल टेलिकमको सेवा सुरुहुनेमा आफु विश्वस्त रहेको बताउँनु भयो ।


