Badapatra Online

कविता सङ्ग्रह ‘पानीको रङ’ विमोचन

Advertisement

काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईले प्रवासमा रहेर आफूभित्रको कविलाई निरन्तरता दिँदै कविता सङ्ग्रह निकाल्नु सुखद् रहेको बताएका छन् । आज यहाँ साहित्यकार ऋषि बस्ताकोटीद्वारा लिखित कविता सङ्ग्रह ‘पानीको रङ’को विमोचन समारोहमा कुलपति राईले प्रवासी जीवनमा रहेका नेपालीले देशलाई गर्ने मायाले कवि बनाउने बताए ।

उनले भने, “विदेश भ्रमणको क्रममा मैले त्यहाँ नेपालीमा देखेको देशप्रतिको प्रेमले नै कविलाई जीवित राखेको पाएको छु । प्रवासमा रहेर पनि नेपाल आएर कविता सङ्ग्रह निकाल्ने जमर्को गर्नुभएकामा धन्यवाद । कवि भएपछि कविता कोर्न छाड्न हुँदैन र सकिँदैन पनि, यसकै परिणाम हो ‘पानीको रङ’ ।”

साहित्यकार बस्ताकोटीले आफूले ३० वर्षदेखि कोरेको कवितालाई सङ्ग्रह गरेर पुस्तकको रूप दिएको बताए । “म आफैँ पर्यावरणसम्बन्धी पेसामा आबद्ध भए पनि मेरो परिवारको सहयोग र साथीभाइको हौसलाले यो सङ्ग्रह निकाल्न सकेको हुँ । मैले विभिन्न समय र कालखण्डमा लेखिएका कवितालाई अबचाहिँ पुस्तकको स्वरूप दिनुपर्छ भन्ने लागेर सङ्ग्रह निकालेको हुँ । यसले मलाई कविको रूपमा अगाडि बढाउन मद्दत गर्छ भन्ने विश्वास छ”, उनले भने ।

शिख बुक्सले बजारमा ल्याएको ‘पानीको रङ’ का विषयमा हरिहर तिमिल्सेना, राजकुमार बानियाँ र राधिका कल्पितले समीक्षा गरेका थिए । यस्तै, नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ बाबा बस्नेत, डा कृष्णराज अधिकारीले कविता सङ्ग्रहको चर्चा गर्दै शुभकामना दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

तिनपाटनको लाम्पानटारमा आँखा उपचार केन्द्र स्थापना

तिनपाटनको लाम्पानटारमा आँखा उपचार केन्द्र स्थापना

सिन्धुली । सिन्धुलीको तिनपाटन गाउँपालिकामा ग्रामिण आँखा उपचार केन्द्रको स्थापना गरिएको छ । तिलगंगा आँखा अस्पताल, भिजन हिमालयन फाउ...
ऊर्जामन्त्री खड्काले बनाएको टीओडी जाँच गर्ने समितिले काम गर्न नपाउने

ऊर्जामन्त्री खड्काले बनाएको टीओडी जाँच गर्ने समितिले काम गर्न नपाउने

काठमाडौं । सर्वोच्च अदालतले ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले डेडिकेटेड फिडर तथा ट्रंकलाइन विवादमा टाइम्स अफ डे मिटरिङ...
सगरमाथा संवाद कार्यक्रममा विदेशी पाहुनासहित ३५० जना सहभागी हुने

सगरमाथा संवाद कार्यक्रममा विदेशी पाहुनासहित ३५० जना सहभागी हुने

काठमाडौं : सरकारले आयोजना गर्ने सगरमाथा संवादमा विदेशी पाहुनासहित कम्तीमा ३५० जना सहभागी हुने भएका छन्। प्रधानमन्त्री कार्यालयले आ...
गोलन्जोरमा उपाध्यक्ष कप भलिबल प्रतियोगिता सुरु

गोलन्जोरमा उपाध्यक्ष कप भलिबल प्रतियोगिता सुरु

सिन्धुली  । सिन्धुलीको गोलन्जोर गाउँपालिकामा उपाध्यक्ष कप भलिबल प्रतियोगिता आइतबारबाट सुरु भएको छ । गोलन्जोर गाउँपालिका ३ ग्वाल्ट...