Badapatra Online

कविता सङ्ग्रह ‘पानीको रङ’ विमोचन

Advertisement

काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईले प्रवासमा रहेर आफूभित्रको कविलाई निरन्तरता दिँदै कविता सङ्ग्रह निकाल्नु सुखद् रहेको बताएका छन् । आज यहाँ साहित्यकार ऋषि बस्ताकोटीद्वारा लिखित कविता सङ्ग्रह ‘पानीको रङ’को विमोचन समारोहमा कुलपति राईले प्रवासी जीवनमा रहेका नेपालीले देशलाई गर्ने मायाले कवि बनाउने बताए ।

उनले भने, “विदेश भ्रमणको क्रममा मैले त्यहाँ नेपालीमा देखेको देशप्रतिको प्रेमले नै कविलाई जीवित राखेको पाएको छु । प्रवासमा रहेर पनि नेपाल आएर कविता सङ्ग्रह निकाल्ने जमर्को गर्नुभएकामा धन्यवाद । कवि भएपछि कविता कोर्न छाड्न हुँदैन र सकिँदैन पनि, यसकै परिणाम हो ‘पानीको रङ’ ।”

साहित्यकार बस्ताकोटीले आफूले ३० वर्षदेखि कोरेको कवितालाई सङ्ग्रह गरेर पुस्तकको रूप दिएको बताए । “म आफैँ पर्यावरणसम्बन्धी पेसामा आबद्ध भए पनि मेरो परिवारको सहयोग र साथीभाइको हौसलाले यो सङ्ग्रह निकाल्न सकेको हुँ । मैले विभिन्न समय र कालखण्डमा लेखिएका कवितालाई अबचाहिँ पुस्तकको स्वरूप दिनुपर्छ भन्ने लागेर सङ्ग्रह निकालेको हुँ । यसले मलाई कविको रूपमा अगाडि बढाउन मद्दत गर्छ भन्ने विश्वास छ”, उनले भने ।

शिख बुक्सले बजारमा ल्याएको ‘पानीको रङ’ का विषयमा हरिहर तिमिल्सेना, राजकुमार बानियाँ र राधिका कल्पितले समीक्षा गरेका थिए । यस्तै, नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ बाबा बस्नेत, डा कृष्णराज अधिकारीले कविता सङ्ग्रहको चर्चा गर्दै शुभकामना दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सिन्धुलीमा ५३ दशमलव ५८ प्रतिशत मतदान, मतपेटीका संकलन हुँदै, शुक्रबारबाट मात्रै मतगणना

सिन्धुलीमा ५३ दशमलव ५८ प्रतिशत मतदान, मतपेटीका संकलन हुँदै, शुक्रबारबाट मात्रै मतगणना

सिन्धुली । बिहिबार सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा सिन्धुलीको दुबै क्षेत्रमा गरि जम्मा ५३ दशमलव ५८ प्रतिशत मत खसेको छ । कुल २ ला...
सिन्धुलीमा निर्वाचन अवधिभरि मदिरा बिक्री वितरणमा रोक

सिन्धुलीमा निर्वाचन अवधिभरि मदिरा बिक्री वितरणमा रोक

सिन्धुली  । सिन्धुलीमा निर्वाचन अवधिभरि मदिरा बिक्री वितरण एवं सेवनमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय सिन्धुलीले बिहिबार ...
सिन्धुलीको मरिणमा शुक्रबार सार्वजनिक विदा (सूचना सहित)

सिन्धुलीको मरिणमा शुक्रबार सार्वजनिक विदा (सूचना सहित)

सिन्धुली । फागुन १५ गते शुक्रबार सिन्धुलीको मरिण गाउँपालिकाले सार्वजनिक विदा दिने निर्णय गरेको छ । गाउँपालिकाको निर्णय अनुसार राष...
सिन्धुलीको गोलन्जोरमा सुमोले ठक्करदिँदा बालकको मृत्यु, मध्यपहाडी लोकमार्ग अवरुद्ध

सिन्धुलीको गोलन्जोरमा सुमोले ठक्करदिँदा बालकको मृत्यु, मध्यपहाडी लोकमार्ग अवरुद्ध

सिन्धुली । मध्यपहाडी लोकमार्गको खुर्कोट–घुर्मी खण्ड अन्तरगत सिन्धुलीको गोलन्जोर गाउँपालिका ३ लामसोती सुमोले ठक्कर दिँदा एक जना बाल...