Badapatra Online

डेङ्गी सङ्क्रमणको उच्च जोखिम कात्तिक मसान्तसम्म

Advertisement

डा. गोकर्णप्रसाद दाहाल
अहिलेसम्म देशभर २८ हजार जनाभन्दा धेरैमा डेङ्गी सङ्क्रमण पुष्टि भएको छ भने १२ जनाको ज्यान गएको छ । वर्षायाममा पानी सङ्कलन गरेर राख्दा सङ्कलन गरिएको पानीमा लामखुट्टे रहने र त्यही लामखुट्टेले टोक्ने भएकाले डेङ्गी सङ्क्रमण बढेको हो । डेङ्गी सङ्क्रमण बढेपछि हरेक शुक्रवार सरकारी तथा गैरसरकारी कार्यालयमा र अस्पताल परिसरमा सरसफाइ गर्नुका साथै ‘लामखुट्टे खोज र नष्ट गर’ अभियान सञ्चालन गर्ने निर्णय सरकारले गरेको छ । डेङ्गी सङ्क्रमणको जोखिम जेठदेखि कात्तिक महिनासम्म उच्च हुन्छ । गएका वर्षहरूका प्रतिवेदनले पनि कात्तिकपछि जाडो बढ्ने र त्यसपछि डेङ्गी सार्ने लामखुट्टे हराउँदै जाने देखाएको छ । पछिल्लो दुई हप्ताको विवरण हेर्दा विभिन्न ठाउँबाट डेङ्गीको प्रकोप कम हुँदै गएको देखिन्छ । नेपालको गण्डकी र बाग्मती प्रदेशमा अहिले धेरै डेङ्गीका सङ्क्रमित देखिएका छन् । जिल्लाअनुसार हेर्दा कास्कीमा सबैभन्दा धेरै सङ्क्रमित रहेको पाइएको छ । यस्तै काठमाण्डौ, ललितपुर, चितवन, तनहुँ, बाग्लुङ र पर्वतमा पनि धेरै सङ्क्रमित भेटिएका छन् । यी जिल्लाबाहेक अन्य ७६ जिल्लामा पनि कम सङ्ख्यामा डेङ्गीको सङ्क्रमित देखिएका छन् ।

शुरूमा सामान्य लक्षण देखिन्छ

भाइरसका कारणले डेङ्गी सङ्क्रमण हुने भएकाले शुरूमा धेरै मानिसमा समान्य रूपमा लक्षण देखिन्छ । कति बिरामी अस्पताल नगई पनि ठीक भएको पाइन्छ । जुन ठाउँमा कडा खालको डेङ्गीको लक्षण देखिन्छ ती ठाउँका सङ्क्रमित अस्पताल गएको देखिन्छ । त्यसैले जुन ठाउँमा डेङ्गी सङ्क्रमण भएको देखिएको छ त्यहाँ अस्पतालको तयारी, बिरामी व्यवस्थापन गर्नका लागि चिकित्सक, स्वास्थ्यकर्मीलाई नयाँ अद्यावधिक उपचार प्रोटोकलका बारेमा अभिमुखीकरण गरिएको छ । डेङ्गी रोगको रोकथाम र नियन्त्रणका लागि डेङ्गी सार्ने लामखुट्टको बासस्थान खोज्ने र नष्ट गर्ने, लामखुट्टेको घनत्वलाई घटाई सङ्क्रमणलाई कम गर्ने कार्य पनि सञ्चालन भइहेका छन् ।

डेङ्गी लागेका धेरैजसो बिरामीमा सामान्य प्रकृतिका लक्षण देखिन्छन् । ती लक्षण आफैँ ठीक भएर जान्छन् । तर डेङ्गीका केही जटिल प्रकृतिका लक्षण हुन्छन् । जस्तै– बिरामीलाई अत्यधिक उल्टी हुने, पेट दुख्ने, शरीरको अङ्गबाट रक्तश्राव हुने, बेहोस हुने, बेचैन हुने लगायतका लक्षण देखियो भने सामान्य डेङ्गी पनि जटिलतातर्फ उन्मुख भएको हुनसक्छ । यदि कुनै समुदायमा डेङ्गीको सङ्क्रमण पुष्टि भइरहेको छ भने आफूमा लक्षण देखिने बित्तिकै चिकित्सकको सम्पर्कमा जानुपर्छ । यसबाट डेङ्गी सङ्क्रमण भइहाल्यो भने पनि जोखिम हुनबाट बच्न सकिन्छ ।

नेपालको तथ्याङ्कलाई हेर्दा प्रत्येक महिना डेङ्गी सङ्क्रमण देखिएको छ । जेठ महिनादेखि कात्तिक महिनासम्म सङ्क्रमण सबैभन्दा धेरै देखिने भएकाले उच्च सावधानी अपनाउनुपर्छ । घर वरपर भएका खाल्डाखुल्डीमा पानीमा जम्न दिनु हुँदैन । शरीर पूरै ढाक्ने गरी कपडा लगाउने, सुत्दा झुलको प्रयोग गर्ने, घरका झ्याल ढोकामा जाली लगाउने लगायतका कुरामा ध्यान पुर्‍याउन सक्यौँ भने लामखुट्टेको घनत्व कम गरी सङ्क्रमणबाट बच्न सकिन्छ ।

एक पटक सङ्क्रमण भयो भने केही वर्ष सङ्क्रमण हुने सम्भावना कम

नेपालमा डेङ्गीका चार प्रकारका भाइरस सक्रिय रहेको पाइएको छ । डेङ्गीका भाइरसका स्वरूप सेरोटाइप–१, सेरोटाइप–२, सेरोटाइप–३ र सेरोटाइप ४ सक्रिय रहेका छन् । पछिल्लो पाँचरसात वर्षदेखि सेरोटाइप–१, सेरोटाइप–२ र सेरोटाइप–३ समुदायमा फैलिएको देखिन्छ । यदि कुनै सेरोटाइप सङ्क्रमण भयो भने झन्डै १८ महिनादेखि दुई वर्षसम्म पुनः सङ्क्रमण हुने सम्भावना कम हुन्छ । एक पटक डेङ्गी सङ्क्रमण भएपछि दुई वर्षसम्म मानिसको शरीरले सङ्क्रमणसँग जुध्न सक्ने क्षमता बनाएको हुन्छ । यदि यो समयअवधि भित्रै वा लगत्तै मानिसमा डेङ्गी सङ्क्रमण भयो भने जटिल प्रकृतिको लक्षण देखिन सक्ने विभिन्न अध्ययनले देखाएको छ ।

डेङ्गीको प्रकृतिअनुसार कुनै ठाउँमा एक वर्ष देखियो भने त्यो ठाउँमा केही वर्षपछि मात्रै देखिने विश्वका विभिन्न अध्ययनले देखाएको छ । गएका वर्षहरूमा जुन क्षेत्रमा डेङ्गी सङ्क्रमण धेरै देखिएको थियो यो वर्ष ती क्षेत्रमा कम मात्रामा डेङ्गी देखियो । गएको वर्ष सुनसरीको धरान डेङ्गीको ुहट स्पटु थियो भने यो वर्ष अरू नै जिल्ला देखिएको छ । काठमाण्डौ उपत्यकामा गएको वर्ष डेङ्गीको सङ्क्रमण केही कम थियो भने यो वर्ष बढी देखियो । त्यसैले डेङ्गी सार्ने लामखुट्टे जुन ठाउँमा पनि हुन सक्छ । समुदायमा कुनै व्यक्ति डेङ्गीबाट सङ्क्रमित भयो भने उसबाट सजिलै सर्न सक्छ । समुदायमा कति मानिसलाई सङ्क्रमण हुन्छ भनेर सहजै अनुमान गर्न गाह्रो हुन्छ । लामखुट्टको नियन्त्रणमा हामी कति सजग हुन्छौँ भन्ने कुराले प्रभाव पारेको हुन्छ ।

(इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा। गोकर्णप्रसाद दाहालसँगको कुराकानीमा आधारित) उज्यालो अनलाईनबाट साभार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

तिनपाटनको लाम्पानटारमा आँखा उपचार केन्द्र स्थापना

तिनपाटनको लाम्पानटारमा आँखा उपचार केन्द्र स्थापना

सिन्धुली । सिन्धुलीको तिनपाटन गाउँपालिकामा ग्रामिण आँखा उपचार केन्द्रको स्थापना गरिएको छ । तिलगंगा आँखा अस्पताल, भिजन हिमालयन फाउ...
ऊर्जामन्त्री खड्काले बनाएको टीओडी जाँच गर्ने समितिले काम गर्न नपाउने

ऊर्जामन्त्री खड्काले बनाएको टीओडी जाँच गर्ने समितिले काम गर्न नपाउने

काठमाडौं । सर्वोच्च अदालतले ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले डेडिकेटेड फिडर तथा ट्रंकलाइन विवादमा टाइम्स अफ डे मिटरिङ...
सगरमाथा संवाद कार्यक्रममा विदेशी पाहुनासहित ३५० जना सहभागी हुने

सगरमाथा संवाद कार्यक्रममा विदेशी पाहुनासहित ३५० जना सहभागी हुने

काठमाडौं : सरकारले आयोजना गर्ने सगरमाथा संवादमा विदेशी पाहुनासहित कम्तीमा ३५० जना सहभागी हुने भएका छन्। प्रधानमन्त्री कार्यालयले आ...
गोलन्जोरमा उपाध्यक्ष कप भलिबल प्रतियोगिता सुरु

गोलन्जोरमा उपाध्यक्ष कप भलिबल प्रतियोगिता सुरु

सिन्धुली  । सिन्धुलीको गोलन्जोर गाउँपालिकामा उपाध्यक्ष कप भलिबल प्रतियोगिता आइतबारबाट सुरु भएको छ । गोलन्जोर गाउँपालिका ३ ग्वाल्ट...