Badapatra Online

सिन्धुलीमा भालुले आक्रमण गर्दा बृद्धको मृत्यु

Advertisement

सिन्धुली । सिन्धुलीमा जंगली भालुले आक्रमण गर्दा एक जना बृद्धको मृत्यु भएको छ । जिल्लाको मरिण गाउँपालिका १ कात्तिकेका ७२ वर्षिय गोपिलाल घिसिङको भालुको आक्रमणबाट मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख (एसपी) गोविन्दराज काफ्लेका अनुसार छिमेकिको बाख्रा जंगलमा हराएपछि खोज्न जानेक्रममा घिसिङलाई मरिण गाउँपालिका १ कात्तिके स्थित सिम्ले खोल्सीमा भालुले आक्रमण गरेको थियो ।
घिसिङसहित ७÷८ जनाको समुह हराएको बाख्रा खोज्न जंगल पस्दा घिसिङलाई भालुले आक्रमण उनको घटना स्थलमै मृत्यु भएको हो ।
घरदेखि अन्दाजी एक किलोमिटर उत्तर तर्फ रहेको सिम्ले खोल्सीमा भालुले एक्कासी आक्रमण गर्दा घिसिङको गर्धनको हड्डि र हातको नाडि भाचिएको थियो ।
उनको शवको पोष्टमार्टम कपिलाकोट स्वास्थ्यचौकी मरिणमा गरिएको छ । उता मान्छे मार्ने भालुलाई नियन्त्रणमा लिने प्रयास गरिएको भएपनि सफल नभएको गाउँपालिकाका अध्यक्ष विमर्श मोक्तान (प्रख्यात)ले बताए ।
अध्यक्ष मोक्तानले वन जंगलमा हिडडुल गर्दा सावधानी अपनाउन समेत स्थानीयले अनुरोध गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सिन्धुलीमा ५३ दशमलव ५८ प्रतिशत मतदान, मतपेटीका संकलन हुँदै, शुक्रबारबाट मात्रै मतगणना

सिन्धुलीमा ५३ दशमलव ५८ प्रतिशत मतदान, मतपेटीका संकलन हुँदै, शुक्रबारबाट मात्रै मतगणना

सिन्धुली । बिहिबार सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा सिन्धुलीको दुबै क्षेत्रमा गरि जम्मा ५३ दशमलव ५८ प्रतिशत मत खसेको छ । कुल २ ला...
सिन्धुलीमा निर्वाचन अवधिभरि मदिरा बिक्री वितरणमा रोक

सिन्धुलीमा निर्वाचन अवधिभरि मदिरा बिक्री वितरणमा रोक

सिन्धुली  । सिन्धुलीमा निर्वाचन अवधिभरि मदिरा बिक्री वितरण एवं सेवनमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय सिन्धुलीले बिहिबार ...
सिन्धुलीको मरिणमा शुक्रबार सार्वजनिक विदा (सूचना सहित)

सिन्धुलीको मरिणमा शुक्रबार सार्वजनिक विदा (सूचना सहित)

सिन्धुली । फागुन १५ गते शुक्रबार सिन्धुलीको मरिण गाउँपालिकाले सार्वजनिक विदा दिने निर्णय गरेको छ । गाउँपालिकाको निर्णय अनुसार राष...
सिन्धुलीको गोलन्जोरमा सुमोले ठक्करदिँदा बालकको मृत्यु, मध्यपहाडी लोकमार्ग अवरुद्ध

सिन्धुलीको गोलन्जोरमा सुमोले ठक्करदिँदा बालकको मृत्यु, मध्यपहाडी लोकमार्ग अवरुद्ध

सिन्धुली । मध्यपहाडी लोकमार्गको खुर्कोट–घुर्मी खण्ड अन्तरगत सिन्धुलीको गोलन्जोर गाउँपालिका ३ लामसोती सुमोले ठक्कर दिँदा एक जना बाल...