Badapatra Online

रुसले युक्रेनमा सेप्टेम्बरयताकै ठूलो आक्रमण गर्‍यो

Advertisement

रुसले युक्रेनमाथि सेप्टेम्बर महिनापछिकै सबैभन्दा ठूलो आक्रमण गरेको छ । गएराति रुसले युक्रेनका कैयौं ठाउँमा मिसाइल र ड्रोन प्रहार गरेको बीबीसीले जनाएको छ ।

यो आक्रमणमा रुसले युक्रेनको ऊर्जा पूर्वाधारलाई लक्षित गर्दै जेनेरेटर र ट्रान्समिसन स्टेशनलाई निशाना बनाएको छ । यसले गर्दा धेरै ठाउँ बिजुलीविहीन बनेका छन् । रुसी आक्रमणका कारण राजधानी किभसहित तीन वटा क्षेत्रमा बिजुली सेवा अवरुद्ध भएको युक्रेनको सबैभन्दा ठूलो ऊर्जा प्रदायकले जनाएको खबरमा उल्लेख छ ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले १ सय २० वटा मिसाइल र ९० वाट ड्रोन आक्रमण गरेको बताउनुभएको खबरमा उल्लेख छ । युक्रेनको आपत्कालीन सेवाका अनुसार रुसी आक्रमणमा दुई जना महिलाको ज्यान गएको छ भने दुई बालबालिकासहित ६ जना घाइते भएका छन् ।

मिकोलेभका गभर्नरले आगलागीका कारण आवासीय भवन, अग्ला भवन, कार, शपिङ सेन्टर र पूर्वाधारमा क्षति पुगेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

तिनपाटनको लाम्पानटारमा आँखा उपचार केन्द्र स्थापना

तिनपाटनको लाम्पानटारमा आँखा उपचार केन्द्र स्थापना

सिन्धुली । सिन्धुलीको तिनपाटन गाउँपालिकामा ग्रामिण आँखा उपचार केन्द्रको स्थापना गरिएको छ । तिलगंगा आँखा अस्पताल, भिजन हिमालयन फाउ...
ऊर्जामन्त्री खड्काले बनाएको टीओडी जाँच गर्ने समितिले काम गर्न नपाउने

ऊर्जामन्त्री खड्काले बनाएको टीओडी जाँच गर्ने समितिले काम गर्न नपाउने

काठमाडौं । सर्वोच्च अदालतले ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले डेडिकेटेड फिडर तथा ट्रंकलाइन विवादमा टाइम्स अफ डे मिटरिङ...
सगरमाथा संवाद कार्यक्रममा विदेशी पाहुनासहित ३५० जना सहभागी हुने

सगरमाथा संवाद कार्यक्रममा विदेशी पाहुनासहित ३५० जना सहभागी हुने

काठमाडौं : सरकारले आयोजना गर्ने सगरमाथा संवादमा विदेशी पाहुनासहित कम्तीमा ३५० जना सहभागी हुने भएका छन्। प्रधानमन्त्री कार्यालयले आ...
गोलन्जोरमा उपाध्यक्ष कप भलिबल प्रतियोगिता सुरु

गोलन्जोरमा उपाध्यक्ष कप भलिबल प्रतियोगिता सुरु

सिन्धुली  । सिन्धुलीको गोलन्जोर गाउँपालिकामा उपाध्यक्ष कप भलिबल प्रतियोगिता आइतबारबाट सुरु भएको छ । गोलन्जोर गाउँपालिका ३ ग्वाल्ट...