सिन्धुली। जिल्लाको हरिहरपुरगढी गाउँपालिका वडा नम्बर १ गुर्जिडाँडामा रहेको शहिद कालिमाया रुम्वा (सम्झना) को स्मृतीमा संचालन गरिएको सम्झना प्राथमिक विद्यालयको नवनिर्मित भवनको एक कार्यक्रमका विच उद्घाटन गरिएको छ ।
सिन्धुली क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य राजन दाहालले सोमबार एक कार्यक्रमका विच नवनिर्मीत विद्यालय भवनको उद्घाटन गर्नु भएको हो ।

गाउँपालिकाका अध्यक्ष बज्रध्वज वाईको समुपस्थिती तथा सांसद दाहालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विद्यालय भवन उद्घाटन गरिएको हो ।
गाउँपालिकाले तत्कालिन जनयुद्धका शहिद कालिमाया रुम्वा (सम्झना) को स्मृतिमा उक्त विदालय संचालन गरेको हो ।
कुण्डली कन्स्ट्रक्सन एण्ड सप्लायर्स कमलामाई नगरपालिका ६ सिन्धुलीले ३५ लाख ६८ हजार ५७ रुपैयाँको लागतमा उक्त विद्यालयको चारकोठे भवन निर्माण गरिएको थियो ।

२०८० मंसिर २२ गते ठेक्का सम्झौता भई २०८१ जेठ ३० गते निर्माण सम्पन्न भएको उक्त विद्यालय भवन निर्माणमा योगदान गर्ने दाता तथा सहयोगीहरुलाई सम्मान समेत गरिएको छ ।
विद्यालय भवनको उद्घाटन गर्दै प्रमुख अतिथि दाहालले नयाँ भवनबाट बालबालिकाहरुलाई गुणस्तरिइा शिक्षा प्रदान गर्न सहज हुने विश्वास व्यक्त गर्नुभयो ।

यस्तै गाउँपालिकाका अध्यक्ष वाइवाले हरिहरपुरगढी गाउँपालिकाका विभिन्न वडाका ७ वटा विद्यालय भवन यसै आर्थिक वर्षमा निर्माण हुने बताउँनु भयो ।
‘यो वर्ष मात्रै ६ वटा भवनको ठेक्का प्रक्रियाको काम सकिएको अर्को एउटा विदालय भवन निर्माणको काम पनि यसै वर्षबाट थालिने छ । यसका लागि गाउँपालिकाले यो बर्ष ४ करोड बजेट विनियोजन गरेको छ,’ उहाँले भन्नुभयो ।

भवन उद्घाटन कार्यक्रममा हरिहरपुरगढी गाउँपालिका अध्यक्ष वाईवा, प्रमुख प्रशासकिय अधिकृत दिपेन्द्र कुमार पैकारा, वडा नम्बर एकका अध्यक्ष जित वहादुर थिङ, वडा नं ३ का वडा अध्यक्ष कुल वहादुर भोलन, वडा नं ५ का वडा अध्यक्ष साईला लामा, निवर्तमान उपाध्यक्ष अनिता कुमारी राई, कार्यपालिका सदस्यहरु, शाखागत कर्मचारी, विभिन्न राजनितिक दलका प्रतिनिधिहरु, शिक्षक, विद्यार्थी, अभिभावक लगाएतको उपस्थिती रहेको थियो ।


