Badapatra Online

अन्तर विद्यालय स्तरीय क्रिकेट प्रतियोगिताको उपाधी भगवती माविलाई

Advertisement

सिन्धुली : सिन्धुलीमा आयोजित अन्तर विद्यालय स्तिरीय क्रिकेट प्रतियोगिताको उपाधि भगवती माविको क्रिकेट क्लवले जितेकोछ ।
कमलामाई नगरपालिका ६ सिन्धुलीमा रहेको भगवती आवाशिय माविमा रहेको भगवती बाल क्लव द्धारा आयोजित प्रतियोगिताको शनिवार सम्पन्न फाइनल प्रतियोगितामा भगवती माविले उपाधि जितेको हो ।
भगवती बाल क्लवका संरक्षक तथा भगवती माविका प्रिन्शिपल कृष्ण कुमार उप्रेतीका अनुसार प्रतियोगितामा जनज्योति मावि फोस्रेटार उपविजेता बनेको छ ।

जिल्लाका विभिन्न ८ वटा विद्यालय सहभागि रहेको प्रतियोगिताका विजेताले १२ हजार ५ सय नगद, शिल्ड, मेडल र प्रमाण पत्र पाएका छन् ।
यस्तै उपविजेताले ६ हजार नगद सहित, शिल्ड, मेडल र प्रमाणपत्र पाएका छन् । वेष्ट प्लेयरको उपाधि पनि भगवती विद्यालयले नै प्राप्त गरेको छ ।
जिल्लामा अन्तर विद्यालयहरुविच यस्तो क्रिकेट प्रतियोगिता पहिलो पटक आयोजना गरिएको हो ।
अन्तर विद्यालय विचको सम्बन्ध, विद्यार्थीहरुको शारिरिक तथा चौतर्फी विकास, एक आपसविच आपसी सद्भाव र मेलमिलापका साथै अनुशासनका लागि प्रतियोगिताको आयोजना गरिएको क्लवका संरक्षक उप्रेतीको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सिन्धुलीमा ५३ दशमलव ५८ प्रतिशत मतदान, मतपेटीका संकलन हुँदै, शुक्रबारबाट मात्रै मतगणना

सिन्धुलीमा ५३ दशमलव ५८ प्रतिशत मतदान, मतपेटीका संकलन हुँदै, शुक्रबारबाट मात्रै मतगणना

सिन्धुली । बिहिबार सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा सिन्धुलीको दुबै क्षेत्रमा गरि जम्मा ५३ दशमलव ५८ प्रतिशत मत खसेको छ । कुल २ ला...
सिन्धुलीमा निर्वाचन अवधिभरि मदिरा बिक्री वितरणमा रोक

सिन्धुलीमा निर्वाचन अवधिभरि मदिरा बिक्री वितरणमा रोक

सिन्धुली  । सिन्धुलीमा निर्वाचन अवधिभरि मदिरा बिक्री वितरण एवं सेवनमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय सिन्धुलीले बिहिबार ...
सिन्धुलीको मरिणमा शुक्रबार सार्वजनिक विदा (सूचना सहित)

सिन्धुलीको मरिणमा शुक्रबार सार्वजनिक विदा (सूचना सहित)

सिन्धुली । फागुन १५ गते शुक्रबार सिन्धुलीको मरिण गाउँपालिकाले सार्वजनिक विदा दिने निर्णय गरेको छ । गाउँपालिकाको निर्णय अनुसार राष...
सिन्धुलीको गोलन्जोरमा सुमोले ठक्करदिँदा बालकको मृत्यु, मध्यपहाडी लोकमार्ग अवरुद्ध

सिन्धुलीको गोलन्जोरमा सुमोले ठक्करदिँदा बालकको मृत्यु, मध्यपहाडी लोकमार्ग अवरुद्ध

सिन्धुली । मध्यपहाडी लोकमार्गको खुर्कोट–घुर्मी खण्ड अन्तरगत सिन्धुलीको गोलन्जोर गाउँपालिका ३ लामसोती सुमोले ठक्कर दिँदा एक जना बाल...