सिन्धुली : सिन्धुलीको तिनपाटन गाउँपालिकामा निशुल्क दन्त शिविरको आयोजना गरिएको छ । गाउँपालिकाले समाज डेण्टल हस्पिटल काठमाण्डौंसंगको सहकार्यमा तिन दिने निशुल्क दन्त शिविरको आयोजना गरेको हो ।
शिविरमा स्थानीय १ हजार १ सय ६७ जनाको दाँत तथा दन्तसम्बन्धी रोगको परिक्षण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत टंकबहादुर नेगीले जानकारी दिए ।
गाउँपालिकाका अध्यक्ष कर्ण बहादुर थापामगरको अध्यक्षता तथा सिन्धुली क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य श्याम कुमार घिमिरेको प्रमुख आतिथ्यतामा आयोजना गरिएको शिविरमा स्थानीयको दाँत परिक्षण, दाँत सफा गर्ने, दाँत भर्ने, दाँत बनाउँने, झिक्ने र नयाँ दाँत हाल्नुका साथै अन्य औषधीजन्य सामाग्री वितरण गरिएको थियो ।
तिनपाटन गाउँपालिका ११ स्थित प्राथमिक स्वास्थ्य केन्द्र लाम्पानटारमा ७ सय ८३ जना र प्राथमिक स्वास्थ्य केन्द्र बेलघारीमा भएको शिविरमा ३ सय ८४ जनाको दन्त परिक्षण गरिएको हो ।
समाज डेण्टल हस्पिटल काठमाण्डौंका दन्त रोक विशेषज्ञ र अन्य २१ जनाको प्राविधिक टोलिले उक्त शिविरमा सेवा प्रवाह गरेका थिए ।
स्थानीय नागरिकले दन्त परिक्षणका लागि हजारौं रुपैयाँ खर्चेर काठमाण्डौंसम्म पुग्नु पर्ने बाध्यतालाई मध्यनजर गर्दै गँउमै यस्तो सेवा प्रवाह गर्दा प्रभावकारी हुने प्रतिनिधि सभा सदस्य घिमिरेले उल्लेख गरे । उनले यस्ता सेवाहरु आगामी दिनमा समेत निरन्तर गर्दै लगिने बताए ।
उनगाउँपालिकाका नागरिकहरुलाई गाउँघरमै दन्त सम्बन्धि सेवा प्रवाह गर्ने उद्देश्यले शिविरको आयोजना गरिएको गाउँपालिकाका अध्यक्ष कर्ण थापामगरले जानकारी दिए ।