Badapatra Online

गोलन्जोरका महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई आँखा स्वास्थ्य तालिम

Advertisement

सिन्धुली : समुदायमा अन्धोपन निवारणका लागि सहयोग पुगोस भन्ने उद्देश्यले सिन्धुलीको गोलन्जोर गाउँपालिका महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई दुई दिने आधारभुत आँखा स्वास्थ्य तालिम दिइएको छ ।
गाउँपालिकामा कार्यरत २१ जना महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई आफु र नागरिकहरुमा आँखामा आउने समस्याबाट बच्न र बचाउँनका लागि आधारभुत आँखा स्वास्थ्य तालिम प्रदान गरिएको हो ।
सुनकोसी सामुदायिक अस्पताल खुर्कोटका उपाध्यक्ष नावराज श्रेष्ठको अध्यक्षता तथा गोलन्जोर गाउँपालिकाका उपाध्यक्ष ज्वालाप्रसाद न्यौपाने (पुकार) को प्रमुख आतिथ्यतामा उक्त तालिमको शुभारम्भ गरिएको हो ।

गाउँपालिकाले सुनकोशी अस्पातल, भिजन फर द वल्ड, द डिडि फाउण्डेशन र सुनकोशी सामुदायिक अस्पताल खुर्कोटसंगको सहकार्यमा महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई उक्त तालिमको आयोजना गरेको हो ।
महिला स्वास्थ्य स्वयंसेविकाहरुका माध्यमबाट समुदायमा अन्धोपन निवारणका लागि सहयोग पुगोस भन्ने उद्देश्यले उनिहरुलाई आधारभूत आँखा स्वास्थ्य तालिम प्रदान गरिएको गाउँपालिकाका उपाध्यक्ष ज्वाला प्रसाद न्यौपाने (पुकार) ले जानकारी दिनुभयो ।

उनले भने, ‘हाम्रा गाउँघरमा आँखाको सरसफाई र सुरक्षामा ध्यान दिन नसक्दा धेरै मानिसहरुमा अन्दोपन हुने समस्या बढ्दै गएको छ । हाम्रा महिला स्वयंसेविकाहरु हरेक वडाका घरघरमा जोडिने भएकाले उनिहरुलाई यस्तो तालिम दिँदा मात्रि सिशु सुरक्षा संगै आँखाको सुरक्षामा समेत सचेत गराउन सकिने भएकाले यस्तो तालिमको आयोजना गरिएको हो ।’
कार्यक्रममा उपाध्यक्ष न्यौपानेले अर्कोवर्षबाट आँखा उपाचार सहितको व्यवस्था गरेर गाउँपालिकामा पाँच वेडको अस्पताल संचालनमा ल्याउने तयारी भएको बताउँनु भयो । यस्तै स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउने महिला स्वयंसेविकाहरुका छोरा छोरीका लागि निशुल्क उच्च शिक्षा हाँसिल गर्न सहयोग गर्नेगरी अर्को वर्षबाट छात्रवृत्ति कोषको समेत स्थापना गरिने उल्लेख गर्नुभयो ।

बिहिबार र शुक्रबार गरि दुई दिनसम्म संचालन हुने तालिममा आँखा रोग विशेषज्ञ डाक्टरहरु सरोज शाह र डाक्टर त्रिसला चौधरी, बरिष्ठ सामुदायिक आँखा स्वास्थ्य विज्ञ द्धवय विमल पौडेल र राम केसी लगायतले सहजिकरण गर्ने छन् ।
तालिममा गाउँपालिकाका ७ वटा वडाका ३÷३ जना महिला स्वास्थ्य स्वयंसेविकाहरुको सहभागिता रहेको छ ।
द डिडि पाउण्डेशनका दिपक आछामी, भिजन फर द वल्डका शिशिर केसी, सामुदायिक अस्पताल ब्यबस्थापक बुद्धिराज श्रेष्ठ लगायतको सहभागिता रहेको तालिम उद्घाटन समारोहको संचालन नेपाल रेडक्रस सोसाइटी ग्वालटार उपशाखा सभापति गौरव कार्कीले गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सिन्धुलीमा ५३ दशमलव ५८ प्रतिशत मतदान, मतपेटीका संकलन हुँदै, शुक्रबारबाट मात्रै मतगणना

सिन्धुलीमा ५३ दशमलव ५८ प्रतिशत मतदान, मतपेटीका संकलन हुँदै, शुक्रबारबाट मात्रै मतगणना

सिन्धुली । बिहिबार सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा सिन्धुलीको दुबै क्षेत्रमा गरि जम्मा ५३ दशमलव ५८ प्रतिशत मत खसेको छ । कुल २ ला...
सिन्धुलीमा निर्वाचन अवधिभरि मदिरा बिक्री वितरणमा रोक

सिन्धुलीमा निर्वाचन अवधिभरि मदिरा बिक्री वितरणमा रोक

सिन्धुली  । सिन्धुलीमा निर्वाचन अवधिभरि मदिरा बिक्री वितरण एवं सेवनमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय सिन्धुलीले बिहिबार ...
सिन्धुलीको मरिणमा शुक्रबार सार्वजनिक विदा (सूचना सहित)

सिन्धुलीको मरिणमा शुक्रबार सार्वजनिक विदा (सूचना सहित)

सिन्धुली । फागुन १५ गते शुक्रबार सिन्धुलीको मरिण गाउँपालिकाले सार्वजनिक विदा दिने निर्णय गरेको छ । गाउँपालिकाको निर्णय अनुसार राष...
सिन्धुलीको गोलन्जोरमा सुमोले ठक्करदिँदा बालकको मृत्यु, मध्यपहाडी लोकमार्ग अवरुद्ध

सिन्धुलीको गोलन्जोरमा सुमोले ठक्करदिँदा बालकको मृत्यु, मध्यपहाडी लोकमार्ग अवरुद्ध

सिन्धुली । मध्यपहाडी लोकमार्गको खुर्कोट–घुर्मी खण्ड अन्तरगत सिन्धुलीको गोलन्जोर गाउँपालिका ३ लामसोती सुमोले ठक्कर दिँदा एक जना बाल...