Badapatra Online

नेकपा माओवादी केन्द्र हरिहरपुरगढीको सम्मेलन पौष १९ गते

Advertisement

सिन्धुली । नेकपा माओवादी केन्द्र हरिहरपुरगढी गाउँपालिकाको गाउँ सम्मेलन यही पौष १९ गते आयोजना गरिने भएको छ ।
नेकपा माओवादी केन्द्र हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष तथा जिल्ला समन्वय समिति सिन्धुलीका संयोजक कारसाङ लामाको अध्यक्षता तथा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा सिन्धुली जिल्ला इन्चार्ज बुद्धिमान माझी (बसन्त)को प्रमुख आतिथ्यातमा बिहिबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
गाउँपालिकाका ८ वटै वडामा यही पौष ९ गते देखि ११ गतेभित्र बैठक सम्पन्न गर्ने, १३ गते पार्टीको पालिका स्तरीय सचिवालय बैठक बस्ने र १९ गते पालिका सम्मेलनको आयोजना गर्ने निर्णय गरिएको नेकपा माओवादी केन्द्र हरिहरपुरगढी गाउँपालिकाका इन्चार्ज ज्ञान बहादुर राईले जानकारी दिए ।

यस्तै बैठकले पार्टीको गाउँकमिटि भवनका लागि जग्गा तथा घर खरिदका लागि वडा स्तरमा छलफल गरी रकम संकलन कार्यको सुरुवात गर्ने समेत निर्णय गरेको छ ।
बैठकमा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा सिन्धुली इनचार्ज बुद्धिमान माझी (बसन्त), सिन्धुली जिल्ला संयोजक तथा बागमती प्रदेश समितिका सचिवालय सदस्य पानीराज बम्जन, बागमती प्रदेश समिति सदस्य तथा हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष बज्रध्वज वाइवा, पार्टीका गाउँपालिका इन्चार्ज ज्ञान बहादुर राई, सहइन्चार्ज सन्तली राई, जिल्ला समन्वय सदस्यहरु जिवन राना, चन्द्र बहादुर राई, सार्कीमान बम्जन, पार्टीका गाउँ कमिटि उपाध्यक्ष बाबुराम राई, अजित ठाडा, बोध प्रसाद घिमिरे, विल बहादुर बम्जन, अनिता कुमारी राई, कारसाङ घलान, मोहन काजी विक लगायतको उपस्थिती रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सिन्धुलीमा ५३ दशमलव ५८ प्रतिशत मतदान, मतपेटीका संकलन हुँदै, शुक्रबारबाट मात्रै मतगणना

सिन्धुलीमा ५३ दशमलव ५८ प्रतिशत मतदान, मतपेटीका संकलन हुँदै, शुक्रबारबाट मात्रै मतगणना

सिन्धुली । बिहिबार सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा सिन्धुलीको दुबै क्षेत्रमा गरि जम्मा ५३ दशमलव ५८ प्रतिशत मत खसेको छ । कुल २ ला...
सिन्धुलीमा निर्वाचन अवधिभरि मदिरा बिक्री वितरणमा रोक

सिन्धुलीमा निर्वाचन अवधिभरि मदिरा बिक्री वितरणमा रोक

सिन्धुली  । सिन्धुलीमा निर्वाचन अवधिभरि मदिरा बिक्री वितरण एवं सेवनमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय सिन्धुलीले बिहिबार ...
सिन्धुलीको मरिणमा शुक्रबार सार्वजनिक विदा (सूचना सहित)

सिन्धुलीको मरिणमा शुक्रबार सार्वजनिक विदा (सूचना सहित)

सिन्धुली । फागुन १५ गते शुक्रबार सिन्धुलीको मरिण गाउँपालिकाले सार्वजनिक विदा दिने निर्णय गरेको छ । गाउँपालिकाको निर्णय अनुसार राष...
सिन्धुलीको गोलन्जोरमा सुमोले ठक्करदिँदा बालकको मृत्यु, मध्यपहाडी लोकमार्ग अवरुद्ध

सिन्धुलीको गोलन्जोरमा सुमोले ठक्करदिँदा बालकको मृत्यु, मध्यपहाडी लोकमार्ग अवरुद्ध

सिन्धुली । मध्यपहाडी लोकमार्गको खुर्कोट–घुर्मी खण्ड अन्तरगत सिन्धुलीको गोलन्जोर गाउँपालिका ३ लामसोती सुमोले ठक्कर दिँदा एक जना बाल...