सिन्धुली । नेकपा माओवादी केन्द्र फिक्कल गाउँपालिकाको पालिका सम्मेलन यही पौष २० गते गरिने भएको छ ।
शुक्रबार फिक्लल गाउँपालिकामा आयोजित नेकपा माओवादी केन्द्र फिक्कल गाउँ कमिटिको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो ।

नेकपा माओवादी केन्द्र फिक्कल गाउँ कमिटिका अध्यक्ष लोकेन्द्र बहादुर कार्कीको अध्यक्षता तथा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा सिन्धुली इन्चार्ज बुद्धिमान माझी (वसन्त) को प्रमुख आतिथ्यतामा बसेको सचिवालय बैठकले आगामी पौष १९ गतेसम्ममा वडाको बैठक सक्ने र पौष २० गते पालिका सम्मेलन गर्ने निर्णय गरेको हो ।

बैठकमा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य दिर्घराज श्रेष्ठ, बागमती प्रदेश कमिटि सचिवालय सदस्य तथा सिन्धुली जिल्ला समन्वय संयोजक पानिराज बोम्जन, प्रदेश कमिटि सदस्य तथा फिक्कल गाउँ कमिटि इन्चार्ज विष्णु सुनुवार (विक्रम) लगायतको उपस्थिती रहेको थियो ।

बैठकको संचालन नेकपा माओवादी केन्द्र फिक्कल गाउँ किमिटिका सचिब शुक्र सुनवार (प्रभात) ले गर्नुभएको थियो । यसैविच पार्टीको हरिहरपुरगढी गाउँपालिकाको सम्मेलन यही पौष १९ गते र गोलन्जोर गाउँपालिकाको सम्मेलन पौष २७ गते गर्ने निर्णय गरिएको छ ।


