Badapatra Online

जीबी राईसहित १९ जनाविरुद्ध कास्की अदालतमा मुद्दा दर्ता

Advertisement

काठमाण्डौ – कास्कीको पोखरामा रहेको सूर्यदर्शन सहकारीको रकम अपचलनसम्बन्धी प्रकरणमा १९ जनाविरुद्ध मुद्दा दर्ता भएको छ । जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले जिल्ला अदालतमा अध्यक्ष जितेन्द्रबहादुर ९जीबी० राईसहित १९ जनाविरुद्ध मुद्दा दर्ता गराएको हो ।

१९ जनामध्ये ६ जना पुर्पक्षका लागि कास्की कारागार, तीन जना अन्य जिल्लाका कारागारमा रहेका छन् । १० जना फरार छन् । यो मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछानेको नाम पनि जोडिएको भए पनि उनीविरुद्ध मुद्दा दर्ता भएको छैन ।

यसअघि नै प्रतिवादी बनाइएका १९ जनाविरुद्ध आज थप पूरक अभियोगपत्र दर्ता भएको जिल्ला अदालत कास्कीले जनाएको छ । पुरानो मुद्दामा एक अर्ब ११ करोड १९ लाखभन्दा केही बढी भएकोमा अहिले ४० करोड रुपैयाँ थपिएको छ ।

रास्वापा सभापति रवि लामिछानेसहितका पाँच जना नयाँ आरोपितलाई प्रतिवादी कायम गरेको अभियोगपत्र पर्सि आइतवार मात्र दर्ता हुने कास्कीका जिल्ला न्यायाधिवक्ता कमला काफ्लेले जानकारी दिनुभयो ।

जिल्ला सरकारी वकिलको कार्यालयले आज पूरक अभियोजन दर्ता भएका प्रतिवादीहरूलाई सङ्गठित अपराध, सम्पत्ति शुद्धीकरण र राष्ट्र बैंक ऐनअन्तर्गतको कसूरमा मुद्दा चलाउन सिफारिश गरेको छ । रवि लामिछानेसहित ५१ जनालाई सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण मामिलामा मुद्दा दर्ता गर्नुपर्ने रायसहित प्रहरीले गएको सोमवार सरकारी वकिल कार्यालयलाई अनुसन्धान प्रतिवेदन बुझाएको थियो ।

सहकारी ठगीको आरोपमा प्रहरीले लामिछानेलाई गएको कात्तिक २ गते काठमाण्डौबाट पक्राउ गरेर कास्की लगेको थियो । त्यसपछि प्रहरीले लामिछानेलाई रुपन्देही, काठमाण्डौ, चितवन र पर्सा लगेर बयान लिएको छ ।

सम्पत्ति शुद्धीकरण मामिलामा समेत अनुसन्धान गर्दा प्रहरीले अनुसन्धान थालेको ९० दिनभित्र मुद्दा दायर गरिसक्नुपर्ने कानूनी व्यवस्था छ । लामिछाने जोडिएकै कसूरमा आरोपित गोर्खा मिडियाका अर्का सञ्चालक छविलाल जोशी पक्राउ परेको आज राति ९० दिन पूरा हुने भएकोले आइतवारसम्ममा मुद्दा दर्ता भइसक्नुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सिन्धुलीमा ५३ दशमलव ५८ प्रतिशत मतदान, मतपेटीका संकलन हुँदै, शुक्रबारबाट मात्रै मतगणना

सिन्धुलीमा ५३ दशमलव ५८ प्रतिशत मतदान, मतपेटीका संकलन हुँदै, शुक्रबारबाट मात्रै मतगणना

सिन्धुली । बिहिबार सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा सिन्धुलीको दुबै क्षेत्रमा गरि जम्मा ५३ दशमलव ५८ प्रतिशत मत खसेको छ । कुल २ ला...
सिन्धुलीमा निर्वाचन अवधिभरि मदिरा बिक्री वितरणमा रोक

सिन्धुलीमा निर्वाचन अवधिभरि मदिरा बिक्री वितरणमा रोक

सिन्धुली  । सिन्धुलीमा निर्वाचन अवधिभरि मदिरा बिक्री वितरण एवं सेवनमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय सिन्धुलीले बिहिबार ...
सिन्धुलीको मरिणमा शुक्रबार सार्वजनिक विदा (सूचना सहित)

सिन्धुलीको मरिणमा शुक्रबार सार्वजनिक विदा (सूचना सहित)

सिन्धुली । फागुन १५ गते शुक्रबार सिन्धुलीको मरिण गाउँपालिकाले सार्वजनिक विदा दिने निर्णय गरेको छ । गाउँपालिकाको निर्णय अनुसार राष...
सिन्धुलीको गोलन्जोरमा सुमोले ठक्करदिँदा बालकको मृत्यु, मध्यपहाडी लोकमार्ग अवरुद्ध

सिन्धुलीको गोलन्जोरमा सुमोले ठक्करदिँदा बालकको मृत्यु, मध्यपहाडी लोकमार्ग अवरुद्ध

सिन्धुली । मध्यपहाडी लोकमार्गको खुर्कोट–घुर्मी खण्ड अन्तरगत सिन्धुलीको गोलन्जोर गाउँपालिका ३ लामसोती सुमोले ठक्कर दिँदा एक जना बाल...