Badapatra Online

भारतको राजस्थानमा ग्यास ट्याङ्कर विस्फोट हुँदा कम्तीमा ११ जनाको ज्यान गयो

Advertisement

भारतको राजस्थानमा ग्यास बोकेको ट्याङ्करमा आगलागी र त्यसपछि विस्फोट हुँदा कम्तीमा ११ जनाको ज्यान गएको छ ।

राजस्थान राज्यको जयपुर–अजमेर राजमागमा ग्यास ट्याङ्कर विस्फोट हुँदा अन्य ३० जना घाइते भएका बीबीसी हिन्दीले जनाएको छ । घाइतेमध्ये धेरै जनाको अवस्था गम्भीर छ । पेट्रोल पम्प नजिकै रोकिराखेको ग्यास ट्याङ्करलाई पछाडिबाट आएको ट्रकले ठक्कर दिँदा विस्फोट भएको थियो ।

आगलागीबाट ट्रक र निजी कारसहित झन्डै ४० वटा गाडी जलेर नष्ट भएका छन् । दमकललाई आगो निभाउन निकै कठिनाइ भएको खबरमा उल्लेख छ । ग्यास ट्याङ्करमा लागेको आगो निकै टाढासम्म फैलिएको थियो ।

यसैबीच भारत पेट्रोलियमले घटनामा ज्यान गुमाउने व्यक्तिका परिवारलाई जनही ६ लाख र घाइतेलाई २र२ लाख भारु दिने घोषणा गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सिन्धुलीमा ५३ दशमलव ५८ प्रतिशत मतदान, मतपेटीका संकलन हुँदै, शुक्रबारबाट मात्रै मतगणना

सिन्धुलीमा ५३ दशमलव ५८ प्रतिशत मतदान, मतपेटीका संकलन हुँदै, शुक्रबारबाट मात्रै मतगणना

सिन्धुली । बिहिबार सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा सिन्धुलीको दुबै क्षेत्रमा गरि जम्मा ५३ दशमलव ५८ प्रतिशत मत खसेको छ । कुल २ ला...
सिन्धुलीमा निर्वाचन अवधिभरि मदिरा बिक्री वितरणमा रोक

सिन्धुलीमा निर्वाचन अवधिभरि मदिरा बिक्री वितरणमा रोक

सिन्धुली  । सिन्धुलीमा निर्वाचन अवधिभरि मदिरा बिक्री वितरण एवं सेवनमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय सिन्धुलीले बिहिबार ...
सिन्धुलीको मरिणमा शुक्रबार सार्वजनिक विदा (सूचना सहित)

सिन्धुलीको मरिणमा शुक्रबार सार्वजनिक विदा (सूचना सहित)

सिन्धुली । फागुन १५ गते शुक्रबार सिन्धुलीको मरिण गाउँपालिकाले सार्वजनिक विदा दिने निर्णय गरेको छ । गाउँपालिकाको निर्णय अनुसार राष...
सिन्धुलीको गोलन्जोरमा सुमोले ठक्करदिँदा बालकको मृत्यु, मध्यपहाडी लोकमार्ग अवरुद्ध

सिन्धुलीको गोलन्जोरमा सुमोले ठक्करदिँदा बालकको मृत्यु, मध्यपहाडी लोकमार्ग अवरुद्ध

सिन्धुली । मध्यपहाडी लोकमार्गको खुर्कोट–घुर्मी खण्ड अन्तरगत सिन्धुलीको गोलन्जोर गाउँपालिका ३ लामसोती सुमोले ठक्कर दिँदा एक जना बाल...