Badapatra Online

जनकपुरले जित्यो एनपीएलको उपाधि

Advertisement

काठमाडौं : नेपाल प्रिमियर लिगको पहिलो सिजनको उपाधि जनकपुर बोल्ट्सले जितेको छ। टियु क्रिकेट मैदानमा सुदूरपश्चिम रोयल्सलाई ५ विकेटले पराजित गर्दै जनकपुरले एनपीएलको उपाधि कब्जा गरेको हो।

टियु क्रिकेट मैदानमा भएको फाइनलमा सुदूरपश्चिम रोयल्सले दिएको १८५ रनको लक्ष्य पछ्याएको जनकपुरले १९।२ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको हो।

जनकपुरका लागि ओपनर लाहिरु मिलान्थाले सर्वाधिक ८७ रन बनाए। उनले ४९ बलमा ९ चौका र ४ छक्का प्रहार गरे। यो सँगै मिलान्था प्रतियोगिताकै सर्वाधिक रन जोड्ने खेलाडी बनेका छन्। उनले १० इनिङ्समा २ अर्धशतक सहित २९३ रन बनाएका छन्।

जनकपुरले पावरप्लेमा बिना कुनै विकेटको क्षति ७१ रन बनाएको थियो। पहिलो विकेटका रूपमा कप्तान आसिफ शेखलाई गुमायो। आसिफले २४ बलमा ५ चौका र १ छक्कासहित ३४ रन बनाए। उनी सैफ जैबको बलमा ब्रान्डन म्याकमुलेनको हातमा क्याच भए।

दोस्रो विकेट १० औं ओभरको अन्तिम बलमा मोहम्मद मोसिनको विकेट गयो। उनलाई इशान पाण्डेले बोल्ड आउट गरे। उनले ८ बलमा १ छक्कासहित ९ रन बनाए।

१२औं ओभरको पहिलो बलमा लाहिरु मिलान्थाले जीवन दान पाए। उनले दिपेन्द्र सिंह ऐरीको बलमा उनकै हातबाट क्याच मिस भएका हुन्। त्यतिबेला ६६ रनमा खेलिरहेका थिए। उनको विकेट जनकपुरको तेस्रो विकेटका रूपमा स्कट केग्गेलिनबाट कट एण्ड बोल्ड भए। उनले तेस्रो विकेटका लागि हर्ष थाकरसँग ६१ रनको साझेदारी बनाए।

जेम्स निसामले भने ७ बलमा ४ रन बनाउँदै दीपेन्द्र सिंह ऐरीबाट बोल्ड भए। पाँचौं विकेट आकाश त्रिपाठी रन आउट भए। उनी २ रनमै रन आउट भए।
हर्ष थाकर ३० रन र मयन यादव २ रनमा अविजित रहे। सुदूरपश्चिमका लागि स्कट केग्गेलिन, सैफ जैब, दीपेन्द्र सिंह ऐरी र इशान पाण्डेले समान १र१ विकेट लिए।

त्यसअघि टस जितेर ब्याटिङ गरेको सुदूरका लागि ओपनर सैफ जैबले सर्वाधिक ६९ रन बनाए। उनले ४३ बलमा ८ चौका र २ छक्का प्रहार गरे।
अर्का ओपनर विनोद भण्डारीले ३१ बलमा ४१ रन बनाए। ब्रान्डन म्याकमुलेन र हर्मप्रित सिंहले समान १४(१४ रन बनाए। स्कट केग्गेलिनले १३ रन बनाउँदा अन्य कोहीले दोहोरो अंकमा रन बनाउन सकेनन्।

जनकपुरका लागि मोहम्मद मोसिन र किशोर महतोले समान ३र३ विकेट लिए। जेम्स निसम, ललित राजवंशीले समान १र१ विकेट लिए। जनकपुरले सुदूरपश्चिमसँग लिग चरणमा ७२ रन र पहिलो क्वालिफायरमा ८ विकेटको हार व्यहोरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सिन्धुलीमा ५३ दशमलव ५८ प्रतिशत मतदान, मतपेटीका संकलन हुँदै, शुक्रबारबाट मात्रै मतगणना

सिन्धुलीमा ५३ दशमलव ५८ प्रतिशत मतदान, मतपेटीका संकलन हुँदै, शुक्रबारबाट मात्रै मतगणना

सिन्धुली । बिहिबार सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा सिन्धुलीको दुबै क्षेत्रमा गरि जम्मा ५३ दशमलव ५८ प्रतिशत मत खसेको छ । कुल २ ला...
सिन्धुलीमा निर्वाचन अवधिभरि मदिरा बिक्री वितरणमा रोक

सिन्धुलीमा निर्वाचन अवधिभरि मदिरा बिक्री वितरणमा रोक

सिन्धुली  । सिन्धुलीमा निर्वाचन अवधिभरि मदिरा बिक्री वितरण एवं सेवनमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय सिन्धुलीले बिहिबार ...
सिन्धुलीको मरिणमा शुक्रबार सार्वजनिक विदा (सूचना सहित)

सिन्धुलीको मरिणमा शुक्रबार सार्वजनिक विदा (सूचना सहित)

सिन्धुली । फागुन १५ गते शुक्रबार सिन्धुलीको मरिण गाउँपालिकाले सार्वजनिक विदा दिने निर्णय गरेको छ । गाउँपालिकाको निर्णय अनुसार राष...
सिन्धुलीको गोलन्जोरमा सुमोले ठक्करदिँदा बालकको मृत्यु, मध्यपहाडी लोकमार्ग अवरुद्ध

सिन्धुलीको गोलन्जोरमा सुमोले ठक्करदिँदा बालकको मृत्यु, मध्यपहाडी लोकमार्ग अवरुद्ध

सिन्धुली । मध्यपहाडी लोकमार्गको खुर्कोट–घुर्मी खण्ड अन्तरगत सिन्धुलीको गोलन्जोर गाउँपालिका ३ लामसोती सुमोले ठक्कर दिँदा एक जना बाल...