सिन्धुली । सिन्धुलीमा प्रहरीले अबैध रुपमा लगाईएको ३५ हजार गाँजाको बोट नष्ट गरेको छ ।
जिल्लाको मरिण गाउँपालिका ७ स्थित बडला, खन्जनी लगायतका स्थानहरुमा इलाका प्रहरी कार्यालय कपिलाकोटका प्रहरी निरिक्षक बेनु कार्कीको कमाण्डमा खटिएको प्रहरी टोलीले उक्त संख्यामा गाँजाको बोट नष्ट गरेको हो ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी निरिक्षक बाबुराम कार्कीका अुनसार प्रहरीले बडला, खन्जनी लगायतका स्थानहरुमा अन्दाजी ३ विगाह १० कठ्ठा (४५ रोपनी) क्षेत्रफलमा अवैध रुपमा लगाईएको ३५ हजार गाँजाको बोट फडानी गरी नष्ट समेत गरिएको हो ।
‘मंगलबार दिउँसो प्रहरी निरिक्षक बेनु कार्कीको कमाण्डमा खटिएको १५ जनाको प्रहरी टोलीले उक्त गाँजाको बोट नष्ट गरेको हो,’ उनले भने ।


