Badapatra Online

मावि मरिण खयरसालले उचाल्यो छैठौं राष्ट्रपति रनिङ शिल्ड

Advertisement

सिन्धुली । सिन्धुलीको मरिण गाउँपालिकामा आयोजित छैठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको शिल्ड मरिण गाउँपालिका ४ मा रहेको श्री माध्यमिक विद्यालय मरिण खयरसालले जितेको छ ।
गत बिहिबारबाट आयोजना भएको मरिण गाउँपालिका स्तरीय छैठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा समेत प्रथम हुँदै खयरसालले चौथो पटक शिल्ड उचालेको हो ।
विद्यालयले प्रतियोगितामा ६ स्वर्ण, ४ रजत र ५ काश्य सहित कुल १५ पदक सहित रनिङ लागातार चौथो पटक शिल्ड चुम्न पाएको विद्यालयका प्रधानाध्यापक मानध्वज बम्जनले जानकारी दिनुभयो ।

विद्यालयले यस अघि गाउँपालिकाद्धारा आयोजित तेस्रो, चौथो र पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता जितेर शिल्ड आफ्नो कब्जामा पारिसकेको छ । यो छैठौं प्रतियोगिता जितेसंगै विद्यालयले दोस्रो शिल्ड पाएको हो ।
प्रतियोगितामा लागतार तिनपटक विजयी भए विद्यालयले सँधैका लागि शिल्ड राख्न पाउने व्यवस्था छ ।
यस पटक छात्रा चार सय मिटर दौड, छात्रा ज्याबलिङ थ्रो, छात्र सटफुट, छात्र ८ सय मिटर, १ हजार ५ सय मिटर दौड र छात्र कबड्डीमा मावि मरिण खयरसालले स्वर्ण पदक पाएको हो ।
यसैविच प्रतियोगितामा ५ स्वर्ण, ४ रजत र २ काश्य सहित मावि कपिलाकोट द्धितिय भएको छ भने २ स्वर्ण, ३ रजत र ४ काश्य सहित मावि तल्लो खन्जनी तृतिय भएको छ । द्धितिय भएको मावि कपिलाकोट प्रतियोगिताको आयोजक विद्यालय हो ।

प्रतियोगिताका विजयी विद्यालय तथा विद्यार्थी टिमलाई मरिण गाउँपालिकाका अध्यक्ष विमर्श मोक्तान (प्रख्यात) ले एक समारोहका विच नगद, शिल्ड, मेडल र प्रमाण पत्र वितरण गर्नुभएको थियो ।
स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने मुल नाराका साथ आयोजना गरिएको प्रतियोगितामा मरिण गाउँपालिका भित्रका १३ वटा माध्यमिक विद्यालयहरुको सहभागिता रहेको आयोजक विद्यालय माविक कपिलाकोटका प्रधानाध्यापक अमृतसिं घिसिङले जानकारी दिनुभयो ।
प्रतियोगितामा छात्र–छात्रा भलिबल, कबड्डी, एथलेष्टिक, १ सय देखि तिन हजारसम्म दौड, हाइजम्प, त्रिपलजम्प, सर्टफुट, ज्याब्लीङथ्रो लगायतमा प्रतिस्पर्धा भएको थियो ।
पाँच दिनसम्म संचालन भएको प्रतियोगितामा प्रथम भएको मावि मरिण खयरसालले १० हजार नगद, शिल्ड, मेडल र प्रमाण, द्धितिय हुन सफल मावि कपिलाकोटले ७ हजार नगद, शिल्ड, मेडल र प्रमाण र तृतिय हुन सफल प्रस्तावित मावि तल्लो खन्जनीले ५ हजार नगद, शिल्ड, मेडल र प्रमाण प्राप्त गरेका हुन् ।

विद्यालयले पढाइका अलवा अतिरिक्त कृयाकलापमा समेत अब्बल प्रदर्शन गर्न सक्दा लागतार चौथो पटक राष्ट्रपति रनिङ शिल्ड हातपार्दै इतिहास रचेको मावि मरिण खयरसालका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टिका तामाङ स्याङ्तानले बताउनु भयो । उहाँले भन्नुभयो, ‘लागतार चौथो पटकसम्म प्रतियोगितामा शिल्ड प्राप्त गर्ने खयरसाल जस्तो विद्यालयहरु सायदै होलान । यसले विद्यालय र विद्यार्थीहरु प्रति खेलकुदका क्षेत्रमा थप लगानी र हौसला प्रदान गर्नुपर्ने अवसर सिर्जना भएको छ । हामी अत्यन्तै खुसी छौं ।’
कपिलाकोट माध्यमिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष राजकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको प्रतियोगिताको उद्घाटन भने प्रतिनिधि सभा सदस्य राजन दाहालले एक भव्य समारोहका विच गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सिन्धुलीमा ५३ दशमलव ५८ प्रतिशत मतदान, मतपेटीका संकलन हुँदै, शुक्रबारबाट मात्रै मतगणना

सिन्धुलीमा ५३ दशमलव ५८ प्रतिशत मतदान, मतपेटीका संकलन हुँदै, शुक्रबारबाट मात्रै मतगणना

सिन्धुली । बिहिबार सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा सिन्धुलीको दुबै क्षेत्रमा गरि जम्मा ५३ दशमलव ५८ प्रतिशत मत खसेको छ । कुल २ ला...
सिन्धुलीमा निर्वाचन अवधिभरि मदिरा बिक्री वितरणमा रोक

सिन्धुलीमा निर्वाचन अवधिभरि मदिरा बिक्री वितरणमा रोक

सिन्धुली  । सिन्धुलीमा निर्वाचन अवधिभरि मदिरा बिक्री वितरण एवं सेवनमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय सिन्धुलीले बिहिबार ...
सिन्धुलीको मरिणमा शुक्रबार सार्वजनिक विदा (सूचना सहित)

सिन्धुलीको मरिणमा शुक्रबार सार्वजनिक विदा (सूचना सहित)

सिन्धुली । फागुन १५ गते शुक्रबार सिन्धुलीको मरिण गाउँपालिकाले सार्वजनिक विदा दिने निर्णय गरेको छ । गाउँपालिकाको निर्णय अनुसार राष...
सिन्धुलीको गोलन्जोरमा सुमोले ठक्करदिँदा बालकको मृत्यु, मध्यपहाडी लोकमार्ग अवरुद्ध

सिन्धुलीको गोलन्जोरमा सुमोले ठक्करदिँदा बालकको मृत्यु, मध्यपहाडी लोकमार्ग अवरुद्ध

सिन्धुली । मध्यपहाडी लोकमार्गको खुर्कोट–घुर्मी खण्ड अन्तरगत सिन्धुलीको गोलन्जोर गाउँपालिका ३ लामसोती सुमोले ठक्कर दिँदा एक जना बाल...