सिन्धुली। राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसियसन नेपाल (नेशनल प्याब्सन) जिल्ला समिती सिन्धुलीको आठौँ वार्षिक साधारण सभा तथा दोस्रो जिल्ला अधिवेशन सम्पन्न भएको छ ।
शनिवार सम्पन्न अधिवेशनबाट तीन बर्षे नयाँ कार्यकालका लागि अध्यक्षमा पुनः सोनाम बज्यू निर्विरोध चयन हुनुभएको छ । बज्युको अध्यक्षतामा १३ सदस्यिय नयाँ कार्यसमिति चयन गरिएको हो ।
नेशनल प्याब्सनका केन्द्रिय सचिव कृष्णकुमार उप्रेतीको प्रमुख आतिथ्यतामा सिन्धुलीको भिमानमा आयोजित अधिवेशनबाट कार्यसमितीको उपाध्यक्षमा प्रल्हाद हमाल, सचिवमा निराजन श्रेष्ठ, कोषाध्यक्षमा हेम विक्रम थापा, सदस्यहरुमा ज्ञानेन्द्र भट्टराई, बेनुप उप्रेती, पदम बहादुर खड्का, दिनेश बुढाथोकी, पूर्ण प्रसाद भण्डारी, चन्द्रबहादुर श्रेष्ठ, शिवकुमारी खत्री कार्की, मणी काफ्ले र दीपा कुमारी कार्की सर्वसम्मत चयन हुनुभएको छ ।
अधिवेशनमा पूूर्व अध्यक्ष रविन प्रसाद पौडेल, नेसनल प्याब्सन बागमती प्रदेश सदस्य लील बहादुर शाही, आधुनिक नमुना एकेडेमीका प्र. अ. चन्द्रबहादुर श्रेष्ठ, दुधौली विलिवर्सका प्र. अ. रितेश बल, भागवती मा. वि. को फाइनान्स डाइरेक्क्टर रमाकान्त सुवेदी, गाइड इ. बो. को संस्थापक हेम विक्रम थापा, हिमालयन इ. बो. को प्र. अ. मणी काफ्ले, जाल्पादेवी इ. बो. को संस्थापक राम कुमार कटवाल, जनक केयर बो. को प्र. अ. टीकाराम भट्टराई, कमलामाई इ. बो. को प्र. अ. प्रल्हाद हमाल, मधुगंगा बो. को प्र. अ. दिनेश बुढाथोकी, मरीण एकेडेमीको प्र. अ. बेनुप उप्रेती, न्यु लिटल फ्लावर्सको प्र. अ. विजय शाही, न्यु प्याराडाइज एकेडेमीको प्र. अ. दीपक हमाल, न्यु राइजिङ स्टारको प्र. अ. सरोज श्रेष्ठ, न्यु स्टार एकेडेमीको प्र. अ. पदम बहादुर खड्का, परिवर्तन बो. स्कुलको प्र. अ. पूर्ण प्रसाद भण्डारी, सिन्धुली पाठशालाको निर्देशक वसन्तराज श्रेष्ठ, सिन्धुली सनराइजको प्र. अ. ज्ञानेन्द्र भट्टराई, सिन्धुलीगढी पब्लिक स्कुलको संस्थापक जगदिश विक्रम कार्की, सूर्योदय इ. बो. को सहायक प्र. अ. उदय पाण्डे र गौरीशंकर इ. बो.को प्र. अ. लक्ष्मण कुमार मानन्धर लगायतको उपस्थिती रहेको थियो ।

निराजन श्रेष्ठले संचालन गर्नुभएको कार्यक्रममा वक्ताहरुले कार्यक्रम सफलताको साथै नव गठित समितीको सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो ।
उक्त अवसरमा नव प्रवेशी जिल्लाका दुई निजी विद्यालयलाई स्वागत तथा सदस्यता वितरण गरिएको थियो । यस संगै नेसनल प्याब्सन सिन्धुलीमा आबद्घ निजी विद्यालयको संख्या पच्चिस पुगेको छ ।


