सिन्धुली। नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) सिन्धुलीको अध्यक्षमा पुनः रोहित गुरुङ चयन हुनुभएको छ ।
शनिवास सिनधुलीमाढीमा सम्पन्न पाँचौं जिल्ला अधिबेशनबाट गुरुङको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन गरिएको हो ।
अधिवेशनबाट फोनिज सिन्धुलीको उपाध्यक्षमा सरला सुनुवार, सचिवमा कल्पना भुजेल, सह–सचिवमा संगिता डिम्दोङ र कोषाध्यक्षमा जीवि श्रेष्ठ चयन हुनु भएको छ ।
यस्तै सदस्यहरुमा गोमा श्रेष्ठ, विमला रजन मगर, आदित्य लामा, गुणमाया मगर, पुनम सुनुवार, राजकुमार श्रेष्ठ, कृष्णकुमारि श्रेष्ठ र नानुका तामाङ सर्वसम्मत चयन हुनुभएको बताइएको छ ।


