सिन्धुली । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) गोलन्जोर गाउँपालिकाको दोश्रो अधिबेशन सम्पन्न भएको छ ।
शनिवार ग्वाल्टारमा सम्पन्न सम्मेलनले पुनः रोशन श्रेष्ठको अध्यक्ष्तामा ४५ सदस्य नयाँ कार्य समिति चयन गरेको छ ।

पार्टीका केन्द्रिय सदस्य तथा प्रतिनिधि सभा सदस्य लेखनाथ दाहाल (राजन) को प्रमुख आतिथ्यतामा भएको गाउँ अधिवेशनबाट बरिष्ठ उपाध्यक्षमा अम्बरदिप थापा , उपाध्यक्षद्धय बिष्णुकुमारी कार्की र जुद्दबहादुर बिश्वकर्मालाई चयन गरेको छ ।
यस्तै सचिबमा देबकुमार श्रेष्ठ, कोषाध्यक्षमा देबराज आले, सह सचीवमा दिपेन्द्र न्यौपानेलाई सर्वसम्मत चयन गरेको हो ।
यस्तै अधिवेशनबाट ४५ सदस्यीय गाँउपालिका कमिटी सर्वसम्मत चयन गरिएको नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष अम्बरदीप थापाले जानकारी दिनुभयो ।

गोलन्जोर गाउँकमिटिका अध्यक्ष रोशन श्रेष्ठको अध्यक्षता तथा पार्टीका केन्द्रिय सदस्य तथा प्रतिनिधि सभा सदस्य लेखनाथ दाहाल (राजन) को प्रमुख आतिथ्यतामा आयोजित दोस्रो पालिका सम्मेलनमा बाग्मती प्रदेश कमिटीका सह–सचिब प्रकाश श्रेष्ठ, प्रदेश समितिको सचिवालय सदस्य तथा प्रदेश सभा सदस्य सुष्पा भुजेल, प्रदेश सचिवालय सदस्य तथा गोलन्जोर गाउँपालिकाका निर्वाचित उपाध्यक्ष ज्वाला प्रसाद न्यौपाने पुकार, पार्टीका कागमती प्रदेश सदस्य तथा गोलन्जोर गाउँ कमिटिका इन्चार्ज केशब लोहार (भिषण)ले सम्मेलन सफलताको शुभकामना व्यक्त गर्नु भएको थियो ।
यस्तै सम्मेलनमा नेपालीक कांग्रेस गोलन्जोर गाउँकमिटिका सभापति मोतिराज सापकोटा, नेकपा एमाले गोलन्जोर गाउँ कमिटिका अध्यक्ष पूर्ण बहादुर थापा लगायतले समेत शुभकामना मन्तव्य राख्नु भएको थियो ।

उक्त सम्मेलनमा विभिन्न पार्टी परित्याग गरि नेकपा (माओवादी केन्द्र ) मा प्रवेश गर्नुहुने आधादर्जनबढीलाई कार्यक्रमका प्रमुख अतिथि तथा पार्टीका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य राजन दाहालले खादा, माला लगाएर स्वागत गर्नुभएको थियो ।
सम्मेलनमा चार सयबढीको सहभागिता रहेको थियो ।


