Badapatra Online

प्रेस सेन्टर नेपाल सिन्धुलीमा नयाँ नेतृत्व चयन

Advertisement

सिन्धुली । प्रेस सेन्टर नेपाल सिन्धुलीको आठौं साधारण सभा तथा पाँचौ जिल्ला अधिवेशन शनिवार सिन्धुलीमाढीमा सम्पन्न भएको छ । प्रतिनिधिसभा सदस्य लेखनाथ दाहाल (राजन) को प्रमुख आतिथ्यतामा भएको अधिवेशनले संगठनको नयाँ कार्य समिति गठन गरेको छ ।

अधिवेशनबाट सर्वसम्मत रुपमा बुद्ध नेपालीको अध्यक्षतामा १३ सदस्यीय जिल्ला कार्यसमिति चयन गरिएको हो । कार्यसमितिको उपाध्यक्षमा संगिता डिम्दोङ र प्रतिमा विसी, सचिवमा मनोज दाहाल, सहसचिवमा महेश ठटाल र बिर्ख बहादुर वाईबा र कोषाध्यक्षमा विशाल सतशंकर चयन भएका हुन ।

सदस्यहरुमा आस्था विक, उर्मिला दियाली, मोतीलाल गोले, कविराज तामाङ, पवित्रा कुमारी श्रेष्ठ र जिवन दर्लामी चयन भएका हुन । अधिवेशनको उद्घाटन गर्दै प्रतिनिधिसभा सदस्य दाहालले विकसित भएका नयाँ प्रविधिहरुको अधिकतम प्रयोग गर्दै स्वच्छ र स्वतन्त्र पत्रकारीता अहिलेको आवश्यकता रहेको बताउनुभयो ।

उहाँले देशको विकासमा पत्रकारहरुले भ्रष्टचार विरुद्ध र सुशासनको पक्षमा आफ्नो कलमहरु चलाउनुपर्ने बताउनुभयो ।
अभिवेशनमा प्रेस सेन्टर नेपाल बागमती प्रदेश समितिका महासचिव ध्रुव अधिकारी, प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य तथा सिन्धुली इन्चार्ज मिनकुमार दाहाल, नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिका उपाध्यक्ष बिमला पाण्डे, प्रेस युनियन सिन्धुलीका सभापति बरुण लामिछाने, प्रेस चौतारीका अध्यक्ष विनय दाहाल, नेपाल पत्रकार महासंघ सिन्धुलीका सचिव नविनबाबु अधिकारी, फोनिज सिन्धुलीका अध्यक्ष रोहित गुरुङ लगायतले शुभकामना व्यक्त गर्नु भएको थियो ।

प्रेस सेन्टर नेपाल सिन्धुलीका अध्यक्ष नविन श्रेष्ठको अध्यक्षतामा भएको अधिबेशनले प्रदेश र संघिय समितिको अधिवेशनका लागि प्रतिनिधि समेत छनौट गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सिन्धुलीमा ५३ दशमलव ५८ प्रतिशत मतदान, मतपेटीका संकलन हुँदै, शुक्रबारबाट मात्रै मतगणना

सिन्धुलीमा ५३ दशमलव ५८ प्रतिशत मतदान, मतपेटीका संकलन हुँदै, शुक्रबारबाट मात्रै मतगणना

सिन्धुली । बिहिबार सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा सिन्धुलीको दुबै क्षेत्रमा गरि जम्मा ५३ दशमलव ५८ प्रतिशत मत खसेको छ । कुल २ ला...
सिन्धुलीमा निर्वाचन अवधिभरि मदिरा बिक्री वितरणमा रोक

सिन्धुलीमा निर्वाचन अवधिभरि मदिरा बिक्री वितरणमा रोक

सिन्धुली  । सिन्धुलीमा निर्वाचन अवधिभरि मदिरा बिक्री वितरण एवं सेवनमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय सिन्धुलीले बिहिबार ...
सिन्धुलीको मरिणमा शुक्रबार सार्वजनिक विदा (सूचना सहित)

सिन्धुलीको मरिणमा शुक्रबार सार्वजनिक विदा (सूचना सहित)

सिन्धुली । फागुन १५ गते शुक्रबार सिन्धुलीको मरिण गाउँपालिकाले सार्वजनिक विदा दिने निर्णय गरेको छ । गाउँपालिकाको निर्णय अनुसार राष...
सिन्धुलीको गोलन्जोरमा सुमोले ठक्करदिँदा बालकको मृत्यु, मध्यपहाडी लोकमार्ग अवरुद्ध

सिन्धुलीको गोलन्जोरमा सुमोले ठक्करदिँदा बालकको मृत्यु, मध्यपहाडी लोकमार्ग अवरुद्ध

सिन्धुली । मध्यपहाडी लोकमार्गको खुर्कोट–घुर्मी खण्ड अन्तरगत सिन्धुलीको गोलन्जोर गाउँपालिका ३ लामसोती सुमोले ठक्कर दिँदा एक जना बाल...