Badapatra Online

मरिणमा पालिका स्तरीय पाँचौं अध्यक्षकप रनिङ शिल्ड प्रतियोगिता सुरु

Advertisement

सिन्धुली । सिन्धुलीको मरिण गाउँपालिकामा पाँचौ अध्यक्षकप रनिङ शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ ।
मरिण गाउँपालिका युवा तथा खेलकुद विकास समितिद्वारा आयोजित प्रतियोगिताको सोमबार गाउँपालिकाका अध्यक्ष विमर्श मोक्तान (प्रख्यात) को प्रमुख आतिथ्यतामा एक भव्य कार्यक्रमका विच उद्घाटन गरिएको हो ।

‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ र ‘मरिण गाउँपालिकाको सान, खेलकुद हाम्रो पहिचान’ भन्ने मुलनाराका साथ आयोजित प्रतियोगिता सोमबारबाट मरिण गाउँपालिका ५ को बढिमुहानमा सुरु भएको हो ।
प्रतियोगितामा मरिण गाउँपालिकाका ७ वटै वडाका विभिन्न टोली सहभागिता रहेको छ । प्रतियोगितामा महिला भलिवल, पुरुष भलिवल, तथा पुरुष फुटवल र महिला फुटवल प्रतियोगिता हुने छ ।

प्रतियोगिताका विजेताले शिल्ड, मेडल, प्रमाण पत्र र नगद पुरस्कार प्राप्त गर्नेछन् ।
प्रतियोगिताको उद्घाटनमा जनप्रतिनिधि र कर्मचारीहरुविच मैत्रीपूर्ण फुटवल म्याच भएको थियो ।

प्रतियोगिताको फाइनल प्रतिस्पर्धा आगामी १२ गते शनिवार हुनेछ । प्रतियोगिताको उद्घाटन समारोहमा मरिण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विकास सुन्दास, वडाअध्यक्षहरु, नेकपा माओवादी केन्द्र मरिण अध्यक्ष काजिमान थिङ लगायत राजनितिक दलका प्रतिनिधि, कर्मचारी, शिक्षक, विद्यार्थी लगायतको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सिन्धुलीमा ५३ दशमलव ५८ प्रतिशत मतदान, मतपेटीका संकलन हुँदै, शुक्रबारबाट मात्रै मतगणना

सिन्धुलीमा ५३ दशमलव ५८ प्रतिशत मतदान, मतपेटीका संकलन हुँदै, शुक्रबारबाट मात्रै मतगणना

सिन्धुली । बिहिबार सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा सिन्धुलीको दुबै क्षेत्रमा गरि जम्मा ५३ दशमलव ५८ प्रतिशत मत खसेको छ । कुल २ ला...
सिन्धुलीमा निर्वाचन अवधिभरि मदिरा बिक्री वितरणमा रोक

सिन्धुलीमा निर्वाचन अवधिभरि मदिरा बिक्री वितरणमा रोक

सिन्धुली  । सिन्धुलीमा निर्वाचन अवधिभरि मदिरा बिक्री वितरण एवं सेवनमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय सिन्धुलीले बिहिबार ...
सिन्धुलीको मरिणमा शुक्रबार सार्वजनिक विदा (सूचना सहित)

सिन्धुलीको मरिणमा शुक्रबार सार्वजनिक विदा (सूचना सहित)

सिन्धुली । फागुन १५ गते शुक्रबार सिन्धुलीको मरिण गाउँपालिकाले सार्वजनिक विदा दिने निर्णय गरेको छ । गाउँपालिकाको निर्णय अनुसार राष...
सिन्धुलीको गोलन्जोरमा सुमोले ठक्करदिँदा बालकको मृत्यु, मध्यपहाडी लोकमार्ग अवरुद्ध

सिन्धुलीको गोलन्जोरमा सुमोले ठक्करदिँदा बालकको मृत्यु, मध्यपहाडी लोकमार्ग अवरुद्ध

सिन्धुली । मध्यपहाडी लोकमार्गको खुर्कोट–घुर्मी खण्ड अन्तरगत सिन्धुलीको गोलन्जोर गाउँपालिका ३ लामसोती सुमोले ठक्कर दिँदा एक जना बाल...