Badapatra Online

अर्जुन ट्रफी क्रिकेट प्रतियोगिता आजदेखि

Advertisement

काठमाण्डौ – कैलालीको धनगढीमा आजदेखि अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता शुरू हुँदैछ । फाप्ला क्रिकेट मैदानमा हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक गो ड्रिमर्सले जनाएको छ ।

उद्घाटन खेलमा आज धनगढी र डडेलधुरा खेल्दैछन् । खेल दिउँसो सवा १२ बजे शुरू हुनेछ । प्रतियोगितामा देशभरका आठ वटा क्लब सहभागी छन् ।

समूह ‘ए’ मा धनगढी,डडेलधुरा, घोडाघोडी–११ सुख्खड र बोष्टन क्रिकेट झापा रहेका छन् । यस्तै समूह ‘बी’ मा सिवाईसी अत्तरिया, क्रिकेट एक्सिलेन्स सेन्टर काठमाण्डौ, न्यू होराईजन बुटवल र दशरथ चन्द एकेडेमी बैतडी रहेका छन् ।

अर्जुन ट्रफीको विजेताले नगद १० लाख र उपविजेताले नगद ५ लाख रुपैयाँसहित ट्रफी पाउनेछन् । अर्जुन ट्रफीमा नेपाली क्रिकेट टोलीका खेलाडीहरुले पनि विभिन्न क्लबबाट खेल्दैछन् ।

नेपाल क्रिकेट सङ्घको वार्षिक क्यालेण्डरमा समावेश यो प्रतियोगिता यही माघ २८ गतेसम्म चल्नेछ । धनगढी र सुदूरपश्चिम प्रदेशको क्रिकेटमा योगदान पुर्‍याएका स्वर्गीय अर्जुन खड्कालाई समर्पित गर्दै प्रतियोगिता आयोजना गरिएको गो ड्रिमर्सका अध्यक्ष सुवास बी शाहीले जानकारी दिनुभयो ।

प्रतियोगिताका लागि भीआईपीतर्फ दुई सय र साधारण तर्फ एक सय रुपैयाँ टिकट दर तोकिएको छ । प्रतियोगितामा पहिलो क्याच गर्ने दर्शकले नगद एक लाख रुपैयाँ पुरस्कार पाउने भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सिन्धुलीमा ५३ दशमलव ५८ प्रतिशत मतदान, मतपेटीका संकलन हुँदै, शुक्रबारबाट मात्रै मतगणना

सिन्धुलीमा ५३ दशमलव ५८ प्रतिशत मतदान, मतपेटीका संकलन हुँदै, शुक्रबारबाट मात्रै मतगणना

सिन्धुली । बिहिबार सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा सिन्धुलीको दुबै क्षेत्रमा गरि जम्मा ५३ दशमलव ५८ प्रतिशत मत खसेको छ । कुल २ ला...
सिन्धुलीमा निर्वाचन अवधिभरि मदिरा बिक्री वितरणमा रोक

सिन्धुलीमा निर्वाचन अवधिभरि मदिरा बिक्री वितरणमा रोक

सिन्धुली  । सिन्धुलीमा निर्वाचन अवधिभरि मदिरा बिक्री वितरण एवं सेवनमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय सिन्धुलीले बिहिबार ...
सिन्धुलीको मरिणमा शुक्रबार सार्वजनिक विदा (सूचना सहित)

सिन्धुलीको मरिणमा शुक्रबार सार्वजनिक विदा (सूचना सहित)

सिन्धुली । फागुन १५ गते शुक्रबार सिन्धुलीको मरिण गाउँपालिकाले सार्वजनिक विदा दिने निर्णय गरेको छ । गाउँपालिकाको निर्णय अनुसार राष...
सिन्धुलीको गोलन्जोरमा सुमोले ठक्करदिँदा बालकको मृत्यु, मध्यपहाडी लोकमार्ग अवरुद्ध

सिन्धुलीको गोलन्जोरमा सुमोले ठक्करदिँदा बालकको मृत्यु, मध्यपहाडी लोकमार्ग अवरुद्ध

सिन्धुली । मध्यपहाडी लोकमार्गको खुर्कोट–घुर्मी खण्ड अन्तरगत सिन्धुलीको गोलन्जोर गाउँपालिका ३ लामसोती सुमोले ठक्कर दिँदा एक जना बाल...