Badapatra Online

सूर्यविनायक–धुलिखेल सडक यसरी बन्दै छ ६ लेनको

Advertisement

काठमाडौँ । अरनिको राजमार्ग खण्डअन्तर्गत सूर्यविनायकबाट धुलिखेलसम्मको १६ किलोमिटर सडक ६ लेन विस्तार कार्यले गति लिन थालेको छ । भक्तपुर सूर्यविनायकबाट साँगासम्म र साँगाबाट धुलिखेलसम्म गरी सो सडक दुई खण्डमा विभाजन गरी विस्तार भइरहेको छ ।
वि।सं। २०७९ पुस २४ बाट सुरु गरिएको यो सडक ३६ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएपनि अहिलेसम्म करिब ३० प्रतिशतमात्रै प्रगति भएको आयोजनाले जनाएको छ ।
सडक विस्तारका लागि ७.५ किमी लामो सूर्यविनायक–साँगा सडकखण्ड ३ अर्ब ८८ करोड ९३ लाख रुपैयाँ र साँगा–धुलिखेल ८.४ किमी सडकखण्ड विस्तारका लागि ४ अर्ब पाँच करोड ६४ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो।
सूर्यविनायक–धुलिखेल, सिन्धुली–बर्दिबास सडक आयोजना कार्यालयका अनुसार धुलिखेलसम्मको मुख्य सडक र सर्भिस लेन गरी छ लेनको सडक विस्तारको कार्य बजेट अभावका कारणले ढिलाइ भएको आयोजनाले बताएको छ ।
अहिले सो सडकको दायाँबायाँ टेवा पर्खाल लगाउने, नाली निर्माण गर्ने र ‘कलभर्ट’ निर्माण अन्तिम चरणमा पुगेको छ त्यसै गरी सडक निर्माणका क्रममा साँगा क्षेत्रमा ठुलो घुम्ती, तल ठुलो भिर भएकाले काम गर्न केही अफ्ट्यारो परेको छ ।

आठ अर्बभन्दा बढीको लागतमा ठेक्का सम्झौता भएको यो सडकखण्डमा यस वर्ष सरकारले ५४ करोड रुपैयाँ अर्थात् सात प्रतिशतमात्रै बजेट निकासा गरेको छ। यस्तो अवस्थामा काम गर्न गाह्रो, मजदुर थप्न समस्या, सामान खरिदमा समस्या हुने भएकाले पनि काममा ढिलाइ हुन गएको छ । सरकारले सम्झौताअनुसार बजेट निकासा गरिदिए अझै पनि निर्धारित समयमा सडक निर्माण सम्पन्न गर्न सक्ने आयोजनाको दाबी छ ।
यो सडकमा पुलहरू थप निर्माण गर्न आवश्यक पर्ने भएकाले पुलका लागि एक अर्ब रुपैयाँ लाग्ने आयोजनाले अनुमान गरेको छ । अध्ययन प्रतिवेदनअनुसार यस आयोजनामा २०–२० मिटरको तीन पुल, जगाती र महादेवखोला पेट्रोल पम्पनजिक निर्माण गरिने भएको छ। यसका लागि प्रतिमिटर रु १५ लाख लाग्ने अनुमान गरिएको छ।

साँगामा समस्या रहेको डेढदेखि दुई किलोमिटर सडकमा जाने–आउने लेन तल–माथि हुने भए पनि ‘सर्भिस लेन’ भने निर्माण गर्न नसकिने देखिएको डिपिआर अध्ययनले देखाएको छ। उक्त दूरीमा सडक विस्तार गर्न भौगोलिक बनावट कमजोर भएकाले सुरुङ निर्माण योजनालाई रोकेर यो योजना अघि बढाइने जनाइएको हो। यस्तै प्रतिवेदनले यो सडक विस्तारका लागि आवश्यक पर्ने १७ रोपनी जग्गाका लागि करिब रु एक अर्ब मुआब्जा दिनुपर्ने छ ।
विसं २०१७ मा राजमार्ग बन्दा सडक दायाँबायाँ २५–२५ गज अर्थात् २२ दशमलव ८६ मिटर कायम गरिएको थियो। यस्तै २०२१ सालमा सरकारले कानुन बनाएर यो मार्गमा त्यही नियमलाई यथावत् कायम गरेको थियो र सोही आधारमा सडकका दायाँ–बायाँमा घर बनेको थिए।
सडक विस्तार भएपछि चीनसँगको छोटो दूरीको नाका सिन्धुपाल्चोकको तातोपानी खुला भए यो सडकखण्डमा अझै सवारी चाप बढ्ने छ। यो सडकमा हाल कोटेश्वरबाट लामा दूरीका सवारीमात्र दैनिक एक हजारभन्दा बढी छुट्ने गरेको जनाइएको छ।
संघीय राजधानी काठमाडौँबाट बागमती प्रदेशअन्तर्गत मध्यपहाडीका बिपी र पुष्पलाल रार्जमार्ग हुँदै पूर्वसम्मको दूरी यही सडकबाट पार गरिन्छ भने यो सडकबाट अरनिको राजमार्ग हुँदै कोशी र मधेस प्रदेशका नागरिकसमेत काठमाडौँ आवतजावत गर्दै आएका छन् । तस्बिर ः नेपाल फोटो लाइब्रेरी । सेतोपाटीबाट साभार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सिन्धुलीमा ५३ दशमलव ५८ प्रतिशत मतदान, मतपेटीका संकलन हुँदै, शुक्रबारबाट मात्रै मतगणना

सिन्धुलीमा ५३ दशमलव ५८ प्रतिशत मतदान, मतपेटीका संकलन हुँदै, शुक्रबारबाट मात्रै मतगणना

सिन्धुली । बिहिबार सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा सिन्धुलीको दुबै क्षेत्रमा गरि जम्मा ५३ दशमलव ५८ प्रतिशत मत खसेको छ । कुल २ ला...
सिन्धुलीमा निर्वाचन अवधिभरि मदिरा बिक्री वितरणमा रोक

सिन्धुलीमा निर्वाचन अवधिभरि मदिरा बिक्री वितरणमा रोक

सिन्धुली  । सिन्धुलीमा निर्वाचन अवधिभरि मदिरा बिक्री वितरण एवं सेवनमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय सिन्धुलीले बिहिबार ...
सिन्धुलीको मरिणमा शुक्रबार सार्वजनिक विदा (सूचना सहित)

सिन्धुलीको मरिणमा शुक्रबार सार्वजनिक विदा (सूचना सहित)

सिन्धुली । फागुन १५ गते शुक्रबार सिन्धुलीको मरिण गाउँपालिकाले सार्वजनिक विदा दिने निर्णय गरेको छ । गाउँपालिकाको निर्णय अनुसार राष...
सिन्धुलीको गोलन्जोरमा सुमोले ठक्करदिँदा बालकको मृत्यु, मध्यपहाडी लोकमार्ग अवरुद्ध

सिन्धुलीको गोलन्जोरमा सुमोले ठक्करदिँदा बालकको मृत्यु, मध्यपहाडी लोकमार्ग अवरुद्ध

सिन्धुली । मध्यपहाडी लोकमार्गको खुर्कोट–घुर्मी खण्ड अन्तरगत सिन्धुलीको गोलन्जोर गाउँपालिका ३ लामसोती सुमोले ठक्कर दिँदा एक जना बाल...