सिन्धुली । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाले आफ्नो क्यान्सरपिडित कर्मचारीलाई आर्थिक सहयोग गरेको छ ।
गाउँपालिकामा कार्यरत सवराी चालक सरोज कुमार राईलाई गाउँपालिकाले आर्थिक सहयोग प्रदान गरेको हो ।
लामो समयदेखि क्यान्सर रोग पिडित गाउँपालिकाका सवारी साधन चालक राईको स्वास्थ्य अवस्थाबारे जानकारी लिन झनझने स्थित पोलिक्लिनिकमा पुग्नु भएका गाउँपालिकाका अध्यक्ष बज्रध्वज वाइबाले मंगलबार आर्थिक सहयोग समेत प्रदान गर्नु भएको हो ।
उहाँले गाउँपालिकामा कार्यरत कर्मचारीद्धारा संकलित १ लाख १ हजार पाँचसय रुपैयाँ नगद आर्थिक सहयोग हस्तानतरण गर्नु भएको हो ।
गाउँपालिकाले विरामीको उपचारको लागि गाउँपालिकाले थप १ लाख रकम उपलब्ध गराउने निर्णय गरेको समेत अध्यक्ष वाईवाले बताउनुभयो । गाउँपालिकाले यसअघि पनि विरामीलाई उपचारको लागि गाउँपालिकाले ५० हजार आर्थिक सहयोग गरेको थियो ।