Badapatra Online

क्यान्सर पिडितलाई हरिहरपुरगढी गाउँपालिकाको आर्थिक सहयोग

Advertisement

सिन्धुली । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकाले आफ्नो क्यान्सरपिडित कर्मचारीलाई आर्थिक सहयोग गरेको छ ।
गाउँपालिकामा कार्यरत सवराी चालक सरोज कुमार राईलाई गाउँपालिकाले आर्थिक सहयोग प्रदान गरेको हो ।

लामो समयदेखि क्यान्सर रोग पिडित गाउँपालिकाका सवारी साधन चालक राईको स्वास्थ्य अवस्थाबारे जानकारी लिन झनझने स्थित पोलिक्लिनिकमा पुग्नु भएका गाउँपालिकाका अध्यक्ष बज्रध्वज वाइबाले मंगलबार आर्थिक सहयोग समेत प्रदान गर्नु भएको हो ।

उहाँले गाउँपालिकामा कार्यरत कर्मचारीद्धारा संकलित १ लाख १ हजार पाँचसय रुपैयाँ नगद आर्थिक सहयोग हस्तानतरण गर्नु भएको हो ।

गाउँपालिकाले विरामीको उपचारको लागि गाउँपालिकाले थप १ लाख रकम उपलब्ध गराउने निर्णय गरेको समेत अध्यक्ष वाईवाले बताउनुभयो । गाउँपालिकाले यसअघि पनि विरामीलाई उपचारको लागि गाउँपालिकाले ५० हजार आर्थिक सहयोग गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सिन्धुलीमा ५३ दशमलव ५८ प्रतिशत मतदान, मतपेटीका संकलन हुँदै, शुक्रबारबाट मात्रै मतगणना

सिन्धुलीमा ५३ दशमलव ५८ प्रतिशत मतदान, मतपेटीका संकलन हुँदै, शुक्रबारबाट मात्रै मतगणना

सिन्धुली । बिहिबार सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा सिन्धुलीको दुबै क्षेत्रमा गरि जम्मा ५३ दशमलव ५८ प्रतिशत मत खसेको छ । कुल २ ला...
सिन्धुलीमा निर्वाचन अवधिभरि मदिरा बिक्री वितरणमा रोक

सिन्धुलीमा निर्वाचन अवधिभरि मदिरा बिक्री वितरणमा रोक

सिन्धुली  । सिन्धुलीमा निर्वाचन अवधिभरि मदिरा बिक्री वितरण एवं सेवनमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय सिन्धुलीले बिहिबार ...
सिन्धुलीको मरिणमा शुक्रबार सार्वजनिक विदा (सूचना सहित)

सिन्धुलीको मरिणमा शुक्रबार सार्वजनिक विदा (सूचना सहित)

सिन्धुली । फागुन १५ गते शुक्रबार सिन्धुलीको मरिण गाउँपालिकाले सार्वजनिक विदा दिने निर्णय गरेको छ । गाउँपालिकाको निर्णय अनुसार राष...
सिन्धुलीको गोलन्जोरमा सुमोले ठक्करदिँदा बालकको मृत्यु, मध्यपहाडी लोकमार्ग अवरुद्ध

सिन्धुलीको गोलन्जोरमा सुमोले ठक्करदिँदा बालकको मृत्यु, मध्यपहाडी लोकमार्ग अवरुद्ध

सिन्धुली । मध्यपहाडी लोकमार्गको खुर्कोट–घुर्मी खण्ड अन्तरगत सिन्धुलीको गोलन्जोर गाउँपालिका ३ लामसोती सुमोले ठक्कर दिँदा एक जना बाल...