Badapatra Online

गाउँपालिका अध्यक्ष वाइवाद्धारा भुमि आयोगका अध्यक्षलाई हरिहरपुरगढीमा स्वागत

Advertisement

सिन्धुली । हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष बज्रध्वज वाइबाले भूमि समस्या समाधान आयोग सिन्धुलीका अध्यक्ष कौशल कोइराला लगायतलाई गाउँपालिकामा स्वागत तथा सम्मान गर्नु भएको छ ।

मंगलबार गाउँपालिकामा आयोजित एक कार्यक्रमका विच अध्यक्ष बाइवा, प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्रकुमार पैकराले भर्खरै नियुक्ति हुनुभएका भूमि समस्या समाधान आयोग सिन्धुलीका अध्यक्ष कौशल कोइराला लगायत जिल्ला मालपोत कार्यालय सिन्धुलीका प्रमुख नीर बहादुर दाहाल, नापी कार्यालय सिन्धुलीका प्रमुख आशिष चालिसे लगायतलाई गाउँपालिकामा स्वागत गर्नुभएको हो ।

गाउँपालिकाका अध्यक्ष बज्रध्वज वाइबाको अध्यक्षतामा भएको स्वागत तथा अन्र्तक्रिया कार्यक्रममा भूमि समस्या समाधान आयोग सिन्धुलीका अध्यक्ष कौशल कोइरालाले अघिल्लो समिति विघटन हुँदा यथावत रहेको कामबाटै पुनः काम सुचारु गरिने बताउनुभयो ।

सरकारले भूमिहीन, दलित, सुकुमवासीलाई जग्गा उपलब्ध गराउन तथा अव्यवस्थित बसोबासीलाई व्यवस्थापन गर्नका लागि भूमि समस्या समाधान आयोग गठन गरिएको बताउँहुँदै उहाँले आफ्नो ३ बर्षको कार्यकाल पश्चात अर्को समिति बनाउन नपर्ने गरी काम गर्ने बताउनुभयो । त्यसका लागि गाउँपालिका,वडा लगायत सुकुमवासीहरु आफैले पनि तदारुकता देखाउन जरुरी रहेको धारणा राख्नुभयो ।

उहाँले जिल्लाको नौ वटै पालिकाकोे रिपोर्ट संकलन तथा अध्ययन गरिने बताउनुभयो । जसका लागि हरिहरपुरगढी गाउँपालिकाबाट नयाँ सुरुवात भएको भएको भन्दै खुसी व्यक्त गर्नुभयो ।

हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष बज्रध्वज वाइबाज्यूले भूमिहीन दलित, सुकुमबासी र अव्यवस्थित बसोबासीको समस्या समाधान गर्न बनेको आयोगले कुनैपनि किसिमको प्रतिसोध नराखि तथा प्रश्न उठाउन नपर्ने गरी काम अगाडि बढाउन आग्रह गर्नुभयो । जसका लागि गाउँपालिकाले आवश्यक सहयोग गरिने बताउनुभयो ।

कार्यक्रममा भूमि समस्या समाधान सेवा केन्द्र हरिहरपुरगढीको तर्फबाट राजु उप्रेतीले भूमिहीन दलित, सुकुमबासी र अव्यवस्थित बसोबासीको तथ्याङ्क सहित प्रस्तुतीकरण गर्नुभएको थियो । कार्यक्रममा वडाअध्यक्षहरु,कार्यपालिका सदस्य, राजनितिकदल तथा गाउँपालिकाका शाखागत कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

सिन्धुलीमा ५३ दशमलव ५८ प्रतिशत मतदान, मतपेटीका संकलन हुँदै, शुक्रबारबाट मात्रै मतगणना

सिन्धुलीमा ५३ दशमलव ५८ प्रतिशत मतदान, मतपेटीका संकलन हुँदै, शुक्रबारबाट मात्रै मतगणना

सिन्धुली । बिहिबार सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा सिन्धुलीको दुबै क्षेत्रमा गरि जम्मा ५३ दशमलव ५८ प्रतिशत मत खसेको छ । कुल २ ला...
सिन्धुलीमा निर्वाचन अवधिभरि मदिरा बिक्री वितरणमा रोक

सिन्धुलीमा निर्वाचन अवधिभरि मदिरा बिक्री वितरणमा रोक

सिन्धुली  । सिन्धुलीमा निर्वाचन अवधिभरि मदिरा बिक्री वितरण एवं सेवनमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय सिन्धुलीले बिहिबार ...
सिन्धुलीको मरिणमा शुक्रबार सार्वजनिक विदा (सूचना सहित)

सिन्धुलीको मरिणमा शुक्रबार सार्वजनिक विदा (सूचना सहित)

सिन्धुली । फागुन १५ गते शुक्रबार सिन्धुलीको मरिण गाउँपालिकाले सार्वजनिक विदा दिने निर्णय गरेको छ । गाउँपालिकाको निर्णय अनुसार राष...
सिन्धुलीको गोलन्जोरमा सुमोले ठक्करदिँदा बालकको मृत्यु, मध्यपहाडी लोकमार्ग अवरुद्ध

सिन्धुलीको गोलन्जोरमा सुमोले ठक्करदिँदा बालकको मृत्यु, मध्यपहाडी लोकमार्ग अवरुद्ध

सिन्धुली । मध्यपहाडी लोकमार्गको खुर्कोट–घुर्मी खण्ड अन्तरगत सिन्धुलीको गोलन्जोर गाउँपालिका ३ लामसोती सुमोले ठक्कर दिँदा एक जना बाल...